काठमाडौँ – मुक्तिनाथ विकास बैंक लिमिटेडले सार्वजनिक गरेको गत आर्थिक वर्ष २०७७/७८ को चौथो त्रैमासको अपरिष्कृत वित्तीय विवरण अनुसार बैंकको खुद मुनाफामा उल्लेख्य बृद्धि गरेको छ ।
गत आर्थिक वर्षको यसै अवधिमा ७० करोड ७४ रुपैयाँ खुद नाफा आर्जन गरेको बैंकले चौथो त्रैमाससम्मको विवरण अनुसार बैंकले १ अर्ब १५ करोड ९ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । प्रतिशतमा हेर्दा चौथो त्रैमाससम्मको नाफा रकम गत वर्षको सोही अवधिको तुलनामा ६२.७० प्रतिशतले बढि हो ।
तेस्रो त्रैमाससम्मको वित्तिय विवरण अनुसार नेपालको इतिहासमै एक अर्ब भन्दा बढि मुनाफा कमाउने पहिलो विकास बैंक बनेको मुक्तिनाथ अहिलेसम्म वित्तिय विवरण प्रकाशन गर्ने विकास बैंकहरुमा यो नै सबैभन्दा बढि मुनाफा हो ।
चुक्ता पूँजी ४ अर्ब ८१ करोड १५ लाख रुपैयाँ पुगेको बैंकको प्रतिसेयर आम्दानी २३ रुपैयाँ ९२ पैसा रहेको छ। अघिल्लो आर्थिक बर्षको तुलनामा प्रतिसेयर आम्दानी ७ रुपैयाँ ५६ पैसाले बढेको छ भने बैंकको प्रतिसेयर नेटवर्थ १४१ रुपैयाँ ४९ पैसा पुगेको छ। बैंकको पीई रेसियो २७.४७ गुणा रहेको छ । बैंकको जगेडा कोषमा १ अर्ब ९९ करोड ६४ लाख रुपैयाँ सञ्चित छ । अघिल्लो आर्थिक बर्षको यसै अवधिमा बैंकको जगेडाकोषको आकार १ अर्ब ४९ करोड ३४ लाख रुपैयाँमा सीमित थियो ।
बैंकको चुक्ता पुँजी र वितरण योग्य मुनाफालाई हेर्दा गत आर्थिक बर्षको मुनाफाबाट करिब १७ प्रतिशत भन्दा बढि लाभांश वितरण गर्ने क्षमता बैंकसंग देखिन्छ । बिगतका लाभांस वितरणको आवस्था हेर्दा बैंकले आफ्नो रिजर्भबाट समेत थप गरी लगानीकर्ताहरुलाई कम्तिमा २० प्रतिशत लाभांस वितरण गर्नसक्छ ।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सौगात मिश्र
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
०१५१५११९३, ९८५११६८१२३
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७
सूचना-लेख-रचनाका लागि :
विज्ञापनका लागि : ०१-५१५११९३, ९८०१०६८१२३