एजेन्सी – तालिवानले अफगानिस्तानको राजधानीलाई कब्जामा लिन सफल भएको छ । आइतबार तीन महत्त्वपूर्ण घटनाक्रमहरू भए । पहिलो – राष्ट्रपति अशरफ गनी र उपराष्ट्रपति अमीरुल्लाह सालेह आफ्ना निकटस्तहरुसँग देश छाडेर भागे । दोस्रो – तालिबानले राष्ट्रपति भवन (अर्ग) माथि कब्जा जमायो । तेस्रो – तालिबान नेता मुल्ला बरदारको बयान आयो ।
उनले भने, ‘सबै जनताको धनमालको सुरक्षा गरिनेछ । अगामी केही दिनमा सबै नियन्त्रणमा लिइने । हामीले सोचेकै थिएनौँ कि यति सजिलै र यति चाँडै जीत हासिल हुनेछ । आगामी केही दिनमा सबै सामान्य हुनेछ ।’
तालिवानका नेताहरू राष्ट्रपति भवनमा बसेर विभिन्न च्यानलहरूलाई अन्तरवार्ता दिइरहेका छन् । उनीहरूको दाबी छ कि राष्ट्रपति गनी देश छाडेर जाँदा ५० लाख डलर साथमा लिएर जाने प्रयासमा थिए । तर, उक्त रकम राष्ट्रपति भवनको हेलिप्याडमा नै छाडियो ।
केही मिडिया रिपोर्टमा राति काबुलमा केही विस्फोटको आवाजहरू पनि सुनिएका थिए । तर, तालिबान स्रोतहरूले यसबारे पुष्टि गरेको छैन । काबुल विमानस्थलबाट व्यावसायिक उडानमा रोक लगाइएको छ ।
यसबीच देशमा शान्ति बहाली गर्न एक समन्वय परिषद् बनाइएको छ । पूर्व राष्ट्रपति हामिद कारजईले यसको अगुवाइ गर्नेछन् । यसमा अब्दुल्ला अब्दुल्ला र जिहादी नेता गुलबुद्दीन हिकमतयार पनि रहनेछन् । समाचार एजेन्सीका अनुसार तालिवानले चाँडै राष्ट्रपति भवनबाट इस्लामिक इमिरेट्स अफ अफगानिस्तान घोषणा गर्ने तयारी गरेको छ ।
काबुलमा तीव्र गतिमा बदलिँदै परिस्थितिबीच अमेरिकाले स्केयूरिटी अलर्ट जारी गरेको छ । जसमा काबुल विमानस्थलमा सुरक्षाको अवस्था तीव्ररुपमा बदलिरहेको छ । केही मिडिया रिपोर्टमा विमानस्थलमा आगलागी भएको खबरसमेत आएको थियो । काबुलस्थित अमेरिकी दूतावास खाली भएको छ । अमेरिकी राजदूत अफगानिस्तान छाडेर भागिसकेका छन् ।
काबुल विमानस्थलमा कर्मचारीहरू भागेपछि कयौँ विमान बिना सबै यात्रु नै उडेको थियो । अहिले काबुलमा कुनै पनि यात्रुवाहक विमानहरू छैनन् । मात्र अमेरिकी सैन्य विमान रहेका छन् ।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सौगात मिश्र
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
०१५१५११९३, ९८५११६८१२३
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७
सूचना-लेख-रचनाका लागि :
विज्ञापनका लागि : ०१-५१५११९३, ९८०१०६८१२३