काठमाडौं – नेकपा एमालेको विद्यार्थी संगठन अनेरास्ववियुले त्रिभुवन विश्वविद्यालयमा आंशिक शिक्षकलाई करारमा नियुक्त गर्ने तयारी भएको भन्दै आपत्ति जनाएको छ । प्रतिस्पर्धाबाट शिक्षक छनोट गर्ने मूल मार्ग बन्द गर्ने गरी आंशिकलाई करार र करारलाई स्वतः स्थायी प्रक्रियामा लैजाने गरी बाटो खोल्न लागेको भन्दै अनेरास्ववियुले आपत्ति जनाएको हो ।
अनेरास्ववियुका अध्यक्ष ऐन महरले शनिबार विज्ञप्ति जारी गरी आंशिक शिक्षकलाई करार गराउने कदम प्राज्ञिक उन्नयन र त्रिभुवन विश्वविद्यालयको संस्थागत विकासको विरुद्धमा रहेको बताए । ‘यो कदमले बजारमा स्वस्थ प्रतिस्पर्धाबाट प्राज्ञिक पेशामा लाग्न चाहने शैक्षिक युवाहरुको बाटोलाई बन्ध्याकरण गर्नेछ’ विज्ञप्तिमा भनिएको छ ।
विद्यार्थी संख्या घट्दै जाँदा पनि त्रिविमा पुराना दरबन्दी कायमै रहेका बेला दरबन्दी थप गर्ने कुरा व्यवहारिक नहुने महरको भनाइ छ । ‘यो विषयमा विश्वविद्यालय गम्भीर हुनुपर्छ कि पर्दैन ? कुनै अमुक संगठनमा आवद्ध भएको व्यक्तिको जागिर सुनिश्चित गर्नका लागि नेपाली जनताको भविष्यको कुर्वानी कदापी स्वीकार्य हुन सक्दैन’ विज्ञप्तिमा भनिएको छ ।
अनेरास्ववियुले आंशिक शिक्षकलाई करार गर्ने कदम तत्काल रोकी खुला प्रतिस्पर्धाबाट शिक्षक छनोट सञ्चालन गर्न आग्रह गरेको छ ।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सौगात मिश्र
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
०१५१५११९३, ९८५११६८१२३
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७
सूचना-लेख-रचनाका लागि :
विज्ञापनका लागि : ०१-५१५११९३, ९८०१०६८१२३