काठमाडौं – नेकपा (एमाले) सांसदहरुले सभामुख अग्निप्रसाद सापकोटाको राजिनामा माग्नुपर्नेमा जोड दिएका छन् । बानेश्वरमा जारी संसदीय दलको बैठकमा सांसदहरुले सापकोटाको राजिनामा माग गर्नुपर्नेमा जोड दिएका हुन् ।
सांसदहरुले सभामुखले देखाएका चरित्र ठिक नभएको र गैरकानुनी भन्दै राजिनामा माग गर्नुपर्ने धारणा राखेका हुन् । एमसीसी पारित गर्न नहुने पनि उनीहरुले सुझाव दिएका छन् । सभामुखको विरोधमा आजको प्रतिनिधिसभाको बैठक अवरुद्ध गर्नुपर्ने समेत सांसदहरुले सुझाव दिएका छन् ।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सौगात मिश्र
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
०१५१५११९३, ९८५११६८१२३
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७
सूचना-लेख-रचनाका लागि :
विज्ञापनका लागि : ०१-५१५११९३, ९८०१०६८१२३