काठमाडौं – आज संसदमा आर्थिक अध्यादेश, राष्ट्र ऋण उठाउने अध्यादेश र विनियोजन अध्यादेश स्वीकृत गर्न प्रस्ताव पेश हुँदैछ ।प्रतिनिधिसभा बैठकमा बजेटसम्बन्धी तीन विधेयकमाथि छलफल शुरू भएको छ । यसमध्ये आर्थिक अध्यादेश, २०७८ बहुमतले पारित भएको सभामुख अग्निप्रसाद सापकोटाले घोषणा गरेका छन् ।
प्रतिपक्षी नेकपा (एमाले) का सांसदहरूले गरिरहेको अवरोधबीच सभामुख सापकोटाले प्रेम सुवाललाई आर्थिक अध्यादेश, २०७८ लाई अस्वीकार गरियोस् भन्ने प्रस्ताव राख्न दिएका थिए ।
सवालपछि अर्थमन्त्री जनार्दन शर्मा ‘प्रभाकर’ ले आर्थिक अध्यादेश, २०७८ लाई स्वीकार गरियोस् भन्ने प्रस्ताव पेश गरेका छन् ।
अघिल्लो सरकारले ल्याएको बजेट अध्यादेश विस्थापित गर्न वर्तमान सरकारले आर्थिक प्रतिस्थापन विधेयक ल्याउन लागेको हो ।
आज संसदमा आर्थिक अध्यादेश, राष्ट्र ऋण उठाउने अध्यादेश र विनियोजन अध्यादेश स्वीकृत गर्न प्रस्ताव पेश हुँदैछ ।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सौगात मिश्र
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
०१५१५११९३, ९८५११६८१२३
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७
सूचना-लेख-रचनाका लागि :
विज्ञापनका लागि : ०१-५१५११९३, ९८०१०६८१२३