चितवन – नेकपा एमालेका नेता महेश बस्नेतले अहिलेको संसदले केही दिन नसक्ने बताएका छन् । उनले अर्ली इलेक्शन नै उत्तम विकल्प भएको तर्क गरे ।
‘यो संसदले केही दिन सक्दैन, विकृति र विसंगति मात्र जन्माउँछ,’ बस्नेतले पत्रकार भेटघाटमा भने, ‘अर्ली इलेक्सन उत्तम विकल्प हो ।’ संसदले विजनेश पनि दिन नसक्ने उनको भनाई थियो ।
बस्नेतले चुनावमा जान गठबन्धनका दलहरुलाई चुनौती दिए । उनले भने, ‘निर्वाचनमा आऊ सक्छौं भने एक्लै एक्लै आऊ सक्दैनौं भने मिलेर आऊ एमाले लड्न तयार छ ।’
अहिलेको सरकारमा नेतालाई मन्त्रीको आशा र कार्यकर्तालाई ठेक्काको आशा रहेको आरोप लगाए । कार्यकर्तालाई गठबन्धनका नेताहरुले प्रलोभनमा पारेको तर्क गरे ।
‘एमाले ज्युँदो बाघ हो मरेको बाघ सम्झेर जुँघा उखेल्न नआउनु,’ बस्नेतले चेतावनीका साथ भने । उनले धाँधली र सत्ता दुरुपयोग हुनसक्ने भएपनि आफूहरु नडराएको बताए ।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सौगात मिश्र
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
०१५१५११९३, ९८५११६८१२३
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७
सूचना-लेख-रचनाका लागि :
विज्ञापनका लागि : ०१-५१५११९३, ९८०१०६८१२३