ललितपुर – ललितपुर महानगरपालिकाले विद्यालय संचालन गर्ने जिम्मेवारी विद्यालयलाई दिने भएको छ । महानगरीय शिक्षा समितिको सोमबार बसेको बैठकले आगामी असोज १ गतेदेखि भौतिक रुपमा विद्यालय संचालन गर्ने जिम्मेवारी बिद्यालयलाई दिने निर्णय गरेको हो ।
महानगरले नेपाल सरकारबाट स्वास्थ्य मापदण्डको पुर्ण पालना गरी, विद्यालय संचालन सम्बन्धि कार्यढाचा, २०७७ ले निर्धारण गरेका सबै प्रक्रियाहरु अबलम्बन गर्दै असोज १ गतेबाट पठनपाठन गराउन आग्रह छ । पठन पाठन सम्बन्धि कार्य संचालन गर्न विद्यालयहरुलाई जिम्मवारी प्रदान गरेको महानगरले जनाएको छ ।
विद्यालय संचालन गर्नुपुर्व पुर्वतयारी गरी अनिवार्य रुपमा कार्यढाँचा अन्ुसार अभिभावक, शिक्षक, विद्यार्थी तथा अन्य सरोकारवालाहरुलाई अभिमुखिकरण गराउन समेत महानगरले निर्देशन बिद्यालयलाई दिएको छ ।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सौगात मिश्र
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
०१५१५११९३, ९८५११६८१२३
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७
सूचना-लेख-रचनाका लागि :
विज्ञापनका लागि : ०१-५१५११९३, ९८०१०६८१२३