काठमाडौं – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले फेरि सडकमा जानुपर्ने हुनसक्ने बताएका छन् । उनले सडकमा जानुपरे आफ्नो दल र कार्यकर्ता सधै तयार हुनेगरेको समेत बताए ।
‘संविधान संशोधनका लागि सडकमा जानुपर्ने हुनसक्छ,’ प्रचण्डले माओवादीका दिवंगत नेता पोष्टबहादुर बोगटीको ७औं स्मृति दिवसमा भने । उनले संविधानमा आफूहरुको फरकमत रहेको भन्दै संशोधनमा जोड दिए । संविधान संशोधनका लागि आफूहरुको संघर्ष जारी रहेको बताए ।
आन्दोलन भनेपछि माओवादीका लाखौं कार्यकर्ता सडकमा उत्रन तयार हुने गरेको समेत बताउ । माओवादी देशको सबैभन्दा विशाल प्रभावशाली पार्टी भएको दाबी गरे । आन्दोलनमा जाने हो भने माओवादीकै सर्वाधिक कार्यकर्ता उत्रने गरेको बताए । उनले भने, ‘त्यस्तो शक्ति छ कि आन्दोलन भनेपछि लाखौं कार्यकर्ता तयार छन् ।’
देशलाई दुर्घटनाबाट जोगाउन आन्दोलनमा जाँदा माओवादीले सशक्त भूमिका खेलेको बताए । देशलाई प्रतिगमन र प्रतिक्रान्तिबाट जोगाएको उनको भनाई थियो ।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सौगात मिश्र
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
०१५१५११९३, ९८५११६८१२३
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७
सूचना-लेख-रचनाका लागि :
विज्ञापनका लागि : ०१-५१५११९३, ९८०१०६८१२३