काठमाडौं – नेकपा (एमाले) का उपाध्यक्ष डा. भीम बहादुर रावलले आफूले माधव नेपाल नेतृत्वको पार्टीको विधान मस्यौदा तयार पारेको भनेर बाहिर भएको हल्लामा कुनै सत्यता नभएको स्पष्ट पारेका छन् । डोटीमा नेता तथा कार्यकर्ताहरुसँगको अन्तरक्रियामा उनले यस्तो बताएका हुन् ।
उनले आफू कहिल्यैपनि पार्टी विभाजनको पक्षमा नरहेको भन्दै बरु एकताको लागि अधिकतम प्रयास गरेको स्मरण गराए । उनले आफूले व्यक्तिगत स्वार्थ तथा पदका लागि राजनीति नगरेको पनि स्पष्ट पारे ।
आफूले पार्टी फुटाउन कहिल्यैपनि जोड नदिएको बरु एकता जोगाउनको लागि धेरै पहल गरेको रावलको भनाई छ । रावलले १० बुँदे सहमति कार्यान्वयन हुनेपनि बताएका छन् । पछिल्लो समय अध्यक्ष केपी शर्मा ओलीले दश बुँदे सहमति पालना नगरेको चर्चा चलिरहेको बेला रावलले भने १० बुँदे सहमति पालना हुने विश्वास व्यक्त गरेका छन् ।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सौगात मिश्र
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
०१५१५११९३, ९८५११६८१२३
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७
सूचना-लेख-रचनाका लागि :
विज्ञापनका लागि : ०१-५१५११९३, ९८०१०६८१२३