काठमाडौं -पछिल्लो २४ घण्टामा देशभर एक हजार ५५८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा गरिएको १२ हजार ३८५ जनाको पिसिआर र एन्टीजेन परीक्षणमा एक हजार ५५८ जनामा संक्रमण पुष्टि भएको हो।
स्वास्थ्य मन्त्रालयका अनुसार आठ हजार ६६५ जनाको पिअिसार परीक्षण गर्दा एक हजार ८६ र तीन हजार ७२० जनाको एन्टीजेन परीक्षण गर्दा ४७२ जनामा संक्रमण पुष्टि भएको हो।
आज देशभर एक हजार ३५१ जना संक्रमित निको भई डिस्चार्ज भएका छन्। पछिल्लो २४ घण्टामा १० एक जना संक्रमितको मृत्यु भएको छ।
देशभर २५ हजार ४९७ जना सक्रिय संक्रमित रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ। तीमध्ये २३ हजार ९५० होम आइसोलेसनमा रहेका छन्। संस्थागत आइसोलेसनमा एक हजार ५४७ संक्रमित छन् भने ३८६ जना आइसियुमा र ११७ जनाको भेन्टिलेटरमा राखि उपचार भईरहेको छ। देशभर २२६ जना क्वारेन्टाइनमा रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सौगात मिश्र
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
०१५१५११९३, ९८५११६८१२३
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७
सूचना-लेख-रचनाका लागि :
विज्ञापनका लागि : ०१-५१५११९३, ९८०१०६८१२३