नयाँ दिल्ली – चीन र भारतबीचको वार्ता बिनानिस्कर्ष टुंगिएको छ । लद्दाखमा जारी तनाब अन्त्य गर्ने विषयमा दुई देशका सैन्य कमान्डरहरूबीच भएको वार्ता बिनानिस्कर्ष टुंगिएको हो । वार्ता बिफल भएसँगै दुबै देश आरोप–प्रत्यारोपमा उत्रिएका छन् । लद्दाखलाई लिएर दुई देश पछिल्लो १७ महिनादेखि तनाबमा छन् । सिमामा दुबै देशका सेना आमने–सामने अवस्थामा छन् ।
चीनले सिमामा आफ्ना सैन्य गतिविधि तीब्र पारेको भारतीय पक्षको आरोप छ, तर, भारतीय आरोपलाई चीनले अस्वीकार गर्दै आएको छ । वार्तामा आफूले दिएको रचनात्मक सुझाबलाई चीनले बेवास्ता गरेको भारतको रक्षा मन्त्रालयले जनाएको छ । वार्ताका क्रममा चीनले कुनै राम्रो प्रस्ताव ल्याउन नसकेको पनि भारतले आरोप लगाएको छ । तर, ती सबै आरोपको चीनले अस्वीकार गरेको छ ।
‘भारतको अस्वभाविक र जटिल मागका कारण वार्तामा समस्या आएको हो, ’ चिनियाँ पक्षले भनेको छ । करिब दुई महिनाको अन्तरालपछि दुबै देशका कमान्डरहरू चिनियाँ भूमि मोल्डोमा वार्तामा बसेका थिए ।
सिमामा दुबै देशका सेनाले दशौं हजार सेना परिचालन गर्नुका साथै अत्याधुनिक हतियार, ट्यांक, लडाकु विमान, आर्टिलरी तैनाथ गरेका छन् ।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सौगात मिश्र
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
०१५१५११९३, ९८५११६८१२३
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७
सूचना-लेख-रचनाका लागि :
विज्ञापनका लागि : ०१-५१५११९३, ९८०१०६८१२३