भक्तपुर – भक्तपुर नगरपालिकाले नगरभित्रका स्थानीयलाई गहुँ र आलुको बिउ वितरण गरेको छ । नगरपालिकाले वडागत रुपमा एक पाथी गहुँ र पाँच किलो आलु वितरण गरेको हो ।
पालिकाले किसानको उत्पादकत्व बढाउन र किसानलाई प्रोत्साहित गर्ने हेतुले उन्नत जातका बिउबिजन वितरण गरेको नगरपालिकाले जनाएको छ । नगरप्रमुख सुनिल प्रजापतिले गहुँ बालीका लागि रासायनिक मलको अभाव हुन नदिन नगरपालिकाले मलको सिफारिस दिन सुरू गरेको बताए । नेपालमा वर्षेनी अर्बौंको धानको बीउ आयात हुने क्रम जारी रहेको र देश परनिर्भरतातर्फ धकेलिँदै गएकोमा चिन्ता व्यक्त गरे ।
उनले आधुनिक प्रविधिको प्रयोग गरी कुहिने वस्तुहरूलाई कम्पोष्ट मल बनाई सस्तोमा किसानलाई विक्री वितरण गर्न तयारीमा रहेकोे जानकारी गराए । पालिकाले नगरभित्रका स्थानीयलाई वडागत रुपमा बीउ वितरण गरेको नगरपालिकाले जनाएको छ ।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सौगात मिश्र
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
०१५१५११९३, ९८५११६८१२३
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७
सूचना-लेख-रचनाका लागि :
विज्ञापनका लागि : ०१-५१५११९३, ९८०१०६८१२३