काठमाडौँ – फेशन नेटवर्क नेपालले सामाजिक कार्यका लागि ‘नो शेभ नोभेम्बर’को आयोजना गरेको छ ।
आउदो शनिबार दिउसो ३ बजेदेखि ठमेलमा अवस्थित छाँया सेन्टरमा उक्त कार्यक्रम आयोजना हुने आयोजक प्रशान्त ताम्राकारले जानकारी दिए ।
हजार रुपैया प्रवेश शुल्क राखिएको उक्त कार्यक्रममा र्याम्प वक तथा सांगीतिक प्रस्तुतीको मजा लिन सकिने छ । सहभागीले टि शर्ट, खानाको कुपनलगायत धेरै कुरा उपहारको रुपमा पाउनेछन् ।
यस कार्यक्रमबाट उठेको रकम क्यान्सर पीडितहरुको लागि उपलब्ध गराइने पनि आयोजक प्रशान्त ताम्राकारले जानकारी दिए ।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सौगात मिश्र
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
०१५१५११९३, ९८५११६८१२३
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७
सूचना-लेख-रचनाका लागि :
विज्ञापनका लागि : ०१-५१५११९३, ९८०१०६८१२३