काठमाडौं – डोल्पामा धर्म परिवर्तन गराएको अभियोगमा पाश्चर केशवराज आचार्यलाई अदालतले २ वर्ष कैद र २० हजार रुपैयाँ जरिवानाको फैसला गरेको छ ।
डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका–२ का महिलालाई जबर्जस्ती धर्म परिवर्तन गराएको ठहर गर्दै जिल्ला न्यायाधीश केशवराज चपाईंको इजलासले २ वर्ष कैद र २० हजार रुपैयाँ जरिवानाको फैसला गरेको हो ।
बिरामी भएका दुई महिलाको उपचार गर्ने भन्दै गत वर्ष आचार्यले ‘प्रभु येशुको नाममा हटिजा’ भनेको र ती महिलाहरुको फोटो भिडियो खिचेर प्रचार प्रसार गरेको भन्दै जिल्ला अदालत डोल्पामा मुद्दा परेको थियो ।
जिल्ला अदालत कास्कीमा पनि धर्मपरिवर्तनसम्बन्धी मुद्दा विचाराधीन अवस्थामा रहेका आचार्य पोखरा चिप्लेढुंगास्थित प्रशस्त कटनी मण्डलका पाश्चर हुन् ।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सौगात मिश्र
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
०१५१५११९३, ९८५११६८१२३
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७
सूचना-लेख-रचनाका लागि :
विज्ञापनका लागि : ०१-५१५११९३, ९८०१०६८१२३