बागलुङ – बागलुङ नगरपालिका-१३ स्थित त्रिभुवन माध्यमिक विद्यालयका २८ विद्यार्थी र शिक्षकमा काेराेना भाइरसकाे संक्रमण पुष्टि भएकाे छ । ८२ जनाकाे पिसिआर परीक्षण गर्दा २६ विद्यार्थी र दुई शिक्षकमा काेराेना पुष्टि भएकाे नगर स्वास्थ्य अधिकृत रामप्रसाद खनालले जानकारी दिए ।
दुई शिक्षक र एक विद्यार्थीमा काेराेना पुष्टि भएपछि थप विद्यार्थीकाे पिसिआर परीक्षण गरिएकाे थियाे ।
विद्यार्थी र शिक्षकमा काेराेना संक्रमण पुष्टि भएपछि विद्यालय बन्द गरिएकाे स्वास्थ्य कार्यालयले जनाएको छ । बलेवा क्षेत्रका विद्यालय केही दिन बन्द गरेर एन्टिजिन परीक्षण गर्न नगर शिक्षा शाखालाई अनुराेध गरिएकाे खनालले बताए ।
बलेवा क्षेत्रमा बागलुङ नगरपालिका १२, १३ र १४ नम्बर वडा पर्छन् ।
बिहीबार थप तीन स्थानीय बासिन्दामा पनि कोरोना पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय बागलुङले जनाएको छ । काेराेना संक्रमण पाइएपछि स्वास्थ्य कार्यालयको टोली आज जान लागेकाे स्वास्थ्य कार्यालय बागलुङका जनस्वास्थ्य निरीक्षक देवप्रकाश घिमिरेले बताए ।
बागलुङमा बुधबारसम्म जम्मा १३ सक्रिय संक्रमित रहेकामा बिहीबारमात्रै थप संक्रमित थपिएपछि संख्या ४१ पुगेको छ । दुई जना संक्रमित धाैलागिरि अस्पतालकाे आइसोलेशनमा छन् ।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सौगात मिश्र
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
०१५१५११९३, ९८५११६८१२३
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७
सूचना-लेख-रचनाका लागि :
विज्ञापनका लागि : ०१-५१५११९३, ९८०१०६८१२३