काठमाडौं – उत्तर कोरियाली नेता किम जोङ उनले सन् २०२२ मा आणविक हतियार विस्तार गर्ने बताउनुभएको छ । ८ औं केन्द्रीय कमिटीको चौथो पूर्ण बैठकलाई सम्बोधन गर्दै नेता किमले आगामी दिनमा आणविक हतियारमा अमेरिका भन्दा शक्तिशाली हुने घोषणा गरेको अन्तर्राष्ट्रिय समाचार संस्थाहरुले जनाएका छन् ।
उहाँले दक्षिण कोरिया र अमेरिकासँगको कुटनीतिक संलग्नताहरुलाई पनि क्रमशः सुधार गर्दै लैजाने प्रतिवद्धता जनाएको बताइएको छ । नेता किमले नयाँ वर्षको पूवसन्ध्यामा भएका सार्वजनिक समारोहमा आगामी वर्ष आफ्नो मुलुकको आर्थिक समृद्धि र जनताको जीवनस्तर सुधारमा केन्द्रीत भएर अघि बढ्नेसमेत बताउनुभएको छ । तर, उत्तर कोरियाको सरकारी सञ्चारमाध्यममा प्रकाशित उहाँको भाषणको सारांशमा भने अमेरिकासँगको सम्बन्धका बारेमा कुनै उल्लेख नभएको बताइएको छ ।
मुलुकले सामना गर्नुपर्ने आधारभूत कार्यका लागि पञ्च वर्षिय योजनाहरु र आम नागरिकको जीनवस्तर उकास्न राज्यले गर्ने गतिविधिका बारेमा पनि नेता किमले उल्लेख गरेको समाचारमा जनाइएको छ । आफ्नो मन्तव्यका क्रममा किमले घरेलु मामिला र ग्रामीण विकासमा महत्वपूर्ण योजनासमेत सार्वजनिक गरेको अन्तर्राष्ट्रिय समाचार संस्थाहरुले जनाएका छन् ।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सौगात मिश्र
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
०१५१५११९३, ९८५११६८१२३
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७
सूचना-लेख-रचनाका लागि :
विज्ञापनका लागि : ०१-५१५११९३, ९८०१०६८१२३