Logo
  • मुख्य समाचार
  • समाचार
  • फिचर स्टोरी
  • समाज
  • पालिका न्युज
  • परदेश
  • आर्थिक
  • शिक्षा
  • स्वास्थ्य / जीवनशैली
  • खेलकुद
  • मनाेरञ्जन
  • कृषि
  • सूचना-प्रविधि
  • अन्तर्वार्ता
  • विचार/ब्लग
  • विश्व
  • साहित्य
  • स्थानीय
  • पत्रपत्रिका
  • हरप्रहर टि.भी.
  • जानकारी
  • विविध
२०८० आश्विन ९, मंगलबार

    ट्रेन्डीङ्ग

  • शिक्षक आन्दोलन
  • भारत–क्यानडा तनाव
  • नेम्वाङको निधन
  • डेंगु संक्रमण
  • गोलभेडाको मूल्य वृद्धि
  • आङ सान सुकी
  • कोशी प्रदेश
  • सुन प्रकरण
Logo
  • गृह
  • समाचार
  • समाज
  • पालिका न्युज
  • परदेश
  • आर्थिक
  • विश्व
  • खेलकुद
  • हरप्रहर टि.भी.
  • अन्य
    • फिचर स्टोरी
    • विचार/ब्लग
    • साहित्य
    • कृषि
    • शिक्षा
    • मनाेरञ्जन
    • अन्तर्वार्ता
    • स्थानीय
    • विविध
    • सूचना-प्रविधि
    • स्वास्थ्य / जीवनशैली
    • जानकारी
    • पत्रपत्रिका
  • ताजा१२
  • रुचाईएका

ताजा अपडेट

१

एमालेमा प्यानल बनाएर चुनाव लडे कारबाही गर्ने ओलीको चेतावनी

१६ घण्टा अघि
२

फार्मेसीभन्दा फार्मासिस्ट कम हुनु दुर्भाग्य : स्वास्थ्यमन्त्री बस्नेत

१८ घण्टा अघि
३

आज सुनचाँदीको मूल्य स्थिर

२0 घण्टा अघि
४

नेपाल र चीनबीच १२ सम्झौता र एक समझदारी

२१ घण्टा अघि
५

राहत र पेन्सन बन्चित शिक्षकहरूको आन्दोलन आजदेखि थप शसक्त बन्दै

२ दिन अघि
६

शिक्षक र सरकारबीच ७ बुँदे सहमति, आन्दोलनका सम्पूर्ण कार्यक्रम फिर्ता

३ दिन अघि
७

शिक्षण संस्थाहरूलाई अशान्त हुन नदिने कुरामा सरकार गम्भीर छ : गृहमन्त्री श्रेष्ठ

४ दिन अघि
८

भारत–क्यानडा तनाव : पश्चिमी देशहरूमा फैलिएको डर

४ दिन अघि
९

बोल्ड एण्ड ड्यासिङ होण्डा एलिभेट सार्वजनिक, यस्तो छ मूल्य

५ दिन अघि
१०

जहा सरुवा त्यही जग्गा जोड्ने टोखा नगरपालिकाका पूर्व कार्यकारी अधिकृत अर्याल भ्रष्टाचारी ठहर

५ दिन अघि
११

सूर्यविनायक–रत्नपार्क द्रुत बस सञ्चालन, धुलिखेलसम्म विस्तार गर्ने मन्त्री ज्वालाको प्रतिबद्धता

५ दिन अघि
१२

संविधान दिवस विशेष : सम हराएको संविधान र स्वराजमा रमाएको राजनीति

६ दिन अघि

धेरै पढिएका

१

लागुऔषध दुरव्यसनीको उपचार केन्द्र ‘मुक्तिदाय सेवा’ ले मनायो १०औं वार्षिक उत्सव

३ हफ्ता अघि
२

४५ सेकेण्ड श्रीमतीकाे गाडी राेकिदा बालेनले दिए सिंहदरवार जलाउने धम्की

३ हफ्ता अघि
३

निर्मल बाटिकाले सम्पन्न गर्यो ह्याकाथुन, योङ इन्नोभेटर अवार्ड बेदब्यास र साहारालाई

२ हफ्ता अघि
४

घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

२ हफ्ता अघि
५

घट्यो सुनचाँदीको मूल्य, कतिमा हुँदै छ कारोबार ?

१ हफ्ता अघि
६

एसिया कप क्रिकेटको उद्घाटन खेलमा पाकिस्तानसंग नेपाल फराकिलो रनको अन्तरले पराजित

३ हफ्ता अघि
७

काठमाडौं ट्रान्जिट गरेर भैरहवाबाट हङकङ र नयाँ दिल्लीमा उडान गर्दै निगम

४ हफ्ता अघि
८

राजस्व चुहावट गरी भ्रष्टाचार गरेको आरोपमा पूर्व मेयरसहित १० जना विरुद्ध अख्तियारद्वारा मुद्दा दायर

३ हफ्ता अघि
९

बोल्ड एण्ड ड्यासिङ होण्डा एलिभेट सार्वजनिक, यस्तो छ मूल्य

५ दिन अघि
१०

हिक्मत कार्कीलाई मुख्यमन्त्री नियुक्त गर्न सर्वोच्चको परमादेश

२ हफ्ता अघि
११

ललितपुर उद्योग वाणिज्य संघको अध्यक्षमा ताम्रकारको उम्मेदवारी घोषणा

३ हफ्ता अघि
१२

मारवाडी सेवा समितिले २० वर्षदेखि कब्जा गरेको गौशाला धर्मशाला अब मुक्त हुने

१ हफ्ता अघि

वैदेशिक रोजगारी रोक्ने स्वरोजगार, युवाहरू गाउँमै कमाउँदैछन् लाखौं

हरप्रहर डेस्क प्रकाशित मिति: २०७८ पौष १७, शनिबार (१ साल अघि)

  • ५७२ पटक पढिएको
  • इलाम – विदेशबाट कमाएर ल्याएको रेमिट्यान्स उत्पादनमुलुक क्षेत्रमा लगानी नगर्दा अहिले पनि धेरै युवा उमेर रहुन्जेल रोजगारीको लागि विभिन्न मुलुकमा भौँतारिन्छन् । वैदेशिक रोजगारीको कमाइ भइन्जेल फुर्मास गर्ने र पैसा सकिएपछि फेरि विदेशीभूमि चाहर्नेको संख्या कम हुन सकेको छैन । तर, इलामका केही युवा भने वैदेशिक रोजगारीबाट फर्किएपछि मुलुकमा नै स्वरोजगार बन्न थालेका छन् ।

    यस्तै मध्येका एक हुन् इलाम माई नगरपालिका–८ का सविन राई । उनी सात वर्षको वैदेशिक रोजगारीबाट फर्किएर बंगुर पालनमा लागेका छन् । वैदेशिक रोजगारीको क्रममा बिरामी परेका राई बिदामा घर आएका थिए । विदेशबाट आउँदा उनले खासै पैसा ल्याउन सकेनन्, अलिअलि भएको पैसा पनि उपचारमा खर्च भयो । फेरि रोजगारीको लागि विदेशै जाने सोचमा रहेका उनले युवा सशक्तीकरण समूहमार्फत स्वरोजगारको लागि सीप विकास तालिम सञ्चालन हुन लागेको थाहा पाए । उद्यमशील विकास तालिममा सहभागी भए । उद्यमशीलता तालिममा सहभागी भएका राईले बंगुर पालनसम्बन्धी सीप विकास तालिम पनि लिए । सीप विकास तालिमपछि उनले व्यवसाय गर्नको लागि १२ हजार रुपैयाँ सहयोग पनि पाए । १२ हजार रुपैयाँमा दुई वटा बंगुरको पाठा किनेर व्यवसाय सुरु गरे । । त्यसमा इष्टमित्र आफन्तसँग केही रकम ऋण लिएर व्यवसाय बढाए । दुई वर्षअघि व्यवसाय सुरु गरेका राईसँग अहिले ३० वटा बंगुर छन् । उनी मुख्यतया बच्चा उत्पादनको लागि माऊ पाल्छन् । छिटपुट मासुको लागि समेत बंगुर पाल्छन् । लामो समय वैदेशिक रोजगारीमा भौँतारिएका राई अहिले गाउँर्मा स्वरोजगार भएका छन् । विदेशभन्दा गाउँमै बैगुर पालन गर्दा राईलाई आनन्द छ  । ‘विदेशमा बिरामी हुँदा पनि बिदा नपाइने, दिएजति काम गर्नै पर्ने त्यो भन्दा त गाउँमा बंगुर पाल्दै आनन्द छ,’ राईले भने, ‘वर्षको ५–६ लाख रुपैयाँ कमाइ भइहाल्छ, आफ्नो काम ग¥यो यही ठिक छ ।’

    ताप्लेजुङ सिदिङवा गाउँपालिकाकी रञ्जना राईले अहिले इलामको माई नगरपालिका–९ चिसापानीमा बंगुर पालन गरेर बसेकी छिन् । जग्गा भाडामा लिएर उनले बंगुर पालन व्यवसाय थालेकी हुन् । रञ्जनाका श्रीमान दिलबहादुर राईले दुई पटक गरेर सात वर्ष वैदेशिक रोजगारीको लागि कतारमा बिताए । वैदेशिक रोजगारीमा राम्रो कमाइ नभएपछि दिलकुमार स्वदेश फर्किए । श्रीमान विदेशमा हुँदा घरायसी काममा नै समय बिताएकी रञ्जनाले पनि युवा सशक्तीकरण समूहमा आबद्ध भएर सीपमूलक तालिम पाएपछि बंगुर पालन सुरु गरेकी हुन् । सामाजिक रूपान्तरणको लागि युवा कार्यक्रममार्फत १२ हजार रुपैयाँ सहयोग पाएपछि रञ्जनाले बंगुर पालन सुरु गरिन् । त्यसमा वित्तीय संस्थाबाट तीन लाख ५० हजार रुपैयाँ ऋण लिएर उनले व्यवसाय बढाइन् । एक वर्षअघि व्यवसाय थालेकी रञ्जनाले १२ वटा बंगुर बेचिसकिन । त्यसबाट दुई लाख रुपैयाँ आम्दानी भएको उनले बताइन । बंगुर पालनबाट भएको आम्दानीले व्यवसाय गर्दा लिएको ऋण घटाउँदैछिन् । सुरुमा मासुको लागि बंगुर पाल्न थालेकी उनले अहिले बच्चा उत्पादनको लागि माऊ पाल्न थालेकी छिन् । ‘मासुभन्दा पाठाको बजार राम्रो रहेछ, त्यसैले अहिले माउm पाल्न थालेका हौ,’ रञ्जनाले भनिन्, ‘गर्न सक्दा बंगुर पालनबाट ठिकै आम्दानी हुँदो रहेछ ।’

    सविन र दिलकुमार उदाहरण मात्रै हुन् । वैदेशिक रोजगारीबाट आएपछि मुलुकमा नै उद्यम गर्ने क्रम बढ्न थालेको छ । मानव अधिकार मञ्चले वैदेशिक रोजगारीबाट फर्किएकाहरूलाई यही स्वरोजगार बन्नको लागि सीप विकास र सहयोग गर्दै आएको छ । सीप सिकेपछि युवाहरू स्वरोजगार बन्न थालेका हुन् ।

    मञ्चले जर्मन सरकार र एडब्लुओको साझेदारीमा सामाजिक रूपान्तरणको लागि युवा कार्यक्रम सञ्चालन गरिरहेको छ । सुरुमा इलामको माई नगरपालिका र रोङ गाउँपालिकामा सञ्चालित कार्यक्रम अहिले माइजोगमाई र चुलाचुली गाउँपालिकामा समेत विस्तार गरिएको छ । तीन वर्षदेखि सञ्चालित कार्यक्रममा तीन सय ५६ जनाले सीप विकास तालिम लिएर उद्यम गरिरहेको कार्यक्रम संयोजक सन्तोष मगरले जानकारी दिए । कार्यक्रमअन्तर्गत ६ सय ६४ जनालाई उद्यमशीलता तालिम गराइएको थियो ।
    सीप विकास तालिम लिएकामध्ये धेरै जनाले उद्यम गरिरहेको मगरले बताए । ‘तालिम लिएकामध्ये अधिकांशले तालिम अनुसारको व्यवसाय सञ्चालन गरिरहेका छन्,’ मगरले भने, ‘कसै कसैले मात्रै व्यवसाय गरेनन् ।’ मञ्चले सीप विकास तालिम गराएर व्यवसाय गर्न इच्छुकलाई पालिकाहरूले समेत सहयोग गरेको मानव अधिकार मञ्चका कार्यकारी निर्देशक देवेन्द्र विश्वकर्मा बताउँछन् । ‘इलामको माई नगरपालिकामा हामीले लिएको लक्ष्यभन्दा बढीले सीप विकास तालिम लिए, व्यवसाय गर्न चाहाने आधालाई हामीले सहयोग गर्यौ, आधालाई माई नगरपालिकाले सहयोग ग¥यो,’ कार्यकारी निर्देशक विश्वकर्माले भने, ‘त्यहाँ हाम्रो लक्ष्यभन्दा दोब्बरलाई सीप विकास तालिम र सहयोग मिलेको छ ।’ कार्यक्रमअन्तर्गत युवाहरूलाई वेमौसमी तरकारी खेती, बाख्रा बंगु्र, गाईभैसी पालनसम्बन्धी सीपपमुलक तालिम गराइन्छ । व्यवसाय गर्न चाहानेलाई युवालाई १२ हजार चार सय रुपैयाँ सहयोग उपलब्ध गराइन्छ ।

    वैदेशिक रोजगारीबाट फर्किएका वा जाने सम्भावना भएका युवाहरूको सशक्तीकरण समूह गठन गरिन्छ । पालिकास्तरमा सशक्तीकरण समूहकै प्रतिनिधि रहेको युवा सशक्तीकरण सञ्जाल गठन हुने गरेको छ । सोही सञ्जाल र सशक्तीकरण समूहमार्फत युवाहरूलाई सीप सिकाएर उद्यम गर्न अभिप्रेरित गर्ने गरेको मानव अधिकार मञ्च इलामका कार्यकारी निर्देशक देवेन्द्र विश्वकर्माले जानकारी दिए । उनीहरूले गाउँगाउँमा सुरक्षित आप्रवासन, मानव बेचबिखन  र स्वरोजगार बन्नको लागि यु्वरामा सचेतना फैलाउँछन् । कतिपय ठाउँमा सशक्तीकरण समूहले सामाजिक कुरीतिविरुद्ध पनि काम गर्दै आएको विश्वकर्माले बताए ।

  • आर्थिक
  • कृषि
  • रोजगार
  • प्रतिक्रिया दिनुहोस
    फिचर स्टोरी सम्बन्धि थप
  • संविधान दिवस विशेष : सम हराएको संविधान र स्वराजमा रमाएको राजनीति
    हरप्रहर

    संविधान दिवस विशेष : सम हराएको संविधान र स्वराजमा रमाएको राजनीति

  • विद्यार्थीको सारथी बन्दै ‘विद्यालय नर्स कार्यक्रम’
    हरप्रहर

    विद्यार्थीको सारथी बन्दै ‘विद्यालय नर्स कार्यक्रम’

  • खोकनाको पर्यायवाची – शुद्ध तोरीको तेल
    हरप्रहर

    खोकनाको पर्यायवाची – शुद्ध तोरीको तेल

  • नेपाली बोल्ने रोबर्ट बनाएका जुम्ल्याहा दाजुभाईले बनाए स्वचालित चिया बेच्ने मेसिन
    सम्भव नेपाल मै छ

    नेपाली बोल्ने रोबर्ट बनाएका जुम्ल्याहा दाजुभाईले बनाए स्वचालित चिया बेच्ने मेसिन

  • ताजा खबर
  • १

    एमालेमा प्यानल बनाएर चुनाव लडे कारबाही गर्ने ओलीको चेतावनी
    १६ घण्टा अघि

  • २

    फार्मेसीभन्दा फार्मासिस्ट कम हुनु दुर्भाग्य : स्वास्थ्यमन्त्री बस्नेत
    १८ घण्टा अघि

  • ३

    आज सुनचाँदीको मूल्य स्थिर
    २0 घण्टा अघि

  • ४

    नेपाल र चीनबीच १२ सम्झौता र एक समझदारी
    २१ घण्टा अघि

  • ५

    राहत र पेन्सन बन्चित शिक्षकहरूको आन्दोलन आजदेखि थप शसक्त बन्दै
    २ दिन अघि

  • Logo

    www.harprahar.com
    हरप्रहर – निष्पक्ष खबर

    मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित

    सम्पादक : सौगात मिश्र

    सातदोबाटो, ललितपुर, बागमती प्रदेश

    [email protected]

    ०१५१५११९३, ९८५११६८१२३

    सूचना विभाग दर्ता नम्बर: १९९२

    प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७

    सूचना-लेख-रचनाका लागि :

    [email protected]

    विज्ञापनका लागि :

    ०१-५१५११९३, ९८०१०६८१२३

    हाम्रो टीम  ||  हाम्रो बारे

    फेसबुक

    © २०७८ हरप्रहर मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution