काठमाडौँ – नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधव कुमार नेपाल चैत्र २७ गते वृहत जनसभामा सहभागी हुन डोल्पा जाने भएका छन् । नेकपा (एकीकृत समाजवादी) जिल्ला कमिटी डोल्पाले आयोजना गरेको जनसभामा सहभागी हुन अध्यक्ष नेपाल डोल्पा जान लागेका हुन् ।
पछिल्लो समय जिल्ला कमिटी डोल्पाले स्थानीय तहको निर्वाचन लक्ष्ति कार्यक्रमहरु आयोजना गरिरहेको छ । ‘जनतामाझ जाऔँ, एकीकृत समाजवादी जिताऔँ’ भन्ने नारासहितको १५ दिने जनपरिचालन अभियान लगत्तै जनसभाको आयोजना गरेको हो ।
जनसभामा नेकपा (एकीकृत समाजवादी) कर्णाली प्रदेश कमिटीका इन्चार्ज प्रकाश ज्वाला, पर्यटन मन्त्री प्रेम आले, कर्णाली प्रदेश सहइन्चार्ज हंश बहादुर शाही, प्रतिनिधि सभा सदस्य तथा डोल्पा जिल्ला इन्चार्ज धन बहादुर बुढालगायतको उपस्थिती रहने छ ।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सुभद्रा लम्साल
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
९८५११६८१२२
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७