ट्राफिक प्रहरी स्थाई परवानीपुरले अवैध रुपले सवारीसाधनहरुसंग रकम असुल्ने गरेका छन् ।
ट्राफिक प्रहरी स्थाई कार्यालय परवानीपुरले विभिन्न चेकचाँजको बहानामा भारतीय नम्बरको सवारीसाधनहरुसंग रकम उठाउदै आएको नाम उल्लेख नगर्ने शर्तमा एक सवारी चालकले बताए ।
ट्राफिक प्रहरी स्थाई कार्यालय परावनीपुरका प्रहरी नायब निरीक्षक रामचन्द्र अर्यालले भारतीय सवारीसाधनहरुको चालकहरुसंग ट्राफिक कार्यालय २ नम्बर प्रदेश प्रमुख र ट्राफिक कार्यालय पर्साका प्रमुख प्रहरी निरीक्षक ध्रुब अधिकारीको नाममा विभिन्न किसीमको जरिवानाको बहाना देखाई प्रति गाडी १००० देखि २५०० सय रुपैया सम्म असुल्ने गरेका छन् ।
ट्राफिक प्रहरी सहायक निरिक्षक रामचन्द्र अर्यालले भारतीय सवारीसाधनहरु मालबाहक गाडीहरुलाई रोकी विभिन्न चेकजाच गर्ने बहानामा डर त्रास देखाई रकम उठाउने गरेको एक सवारी चालकले बताए ।
ट्राफिक प्रहरी नायब निरीक्षक अर्यालले विगत दश बर्ष देखि मधेश प्रदेशको बारा , पर्सा र रौटहत लगाएतको ठाऊमा पटकपटक माथिल्लो निकायका हाकिमहरुसंगको हिमचिमले बस्ने गरेको स्रोतले जनाएको छ।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सौगात मिश्र
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
०१५१५११९३, ९८५११६८१२३
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७
सूचना-लेख-रचनाका लागि :
विज्ञापनका लागि : ०१-५१५११९३, ९८०१०६८१२३