नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’ले ओलीमा देश र जनताप्रति घात गर्ने प्रवृत्ति रहेको बताएका छन ।
गोरखाको आहालेको चुनावी सभालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन । प्रचण्डले केपी ओली प्रवृत्ति सच्चिने खालको प्रवृत्ति नभएको बताएका छन ।
हामीले जसलाई प्रधानमन्त्रीको रूपमा अघि सारियौँ । जसलाई एक नम्बर अध्यक्ष भनियो । ती मान्छेले संविधान स्वीकार गरेका रहेन छन् । संविधान स्वीकार गरे भनेर संविधानमा हस्ताक्षर गरे ।
त्यो हस्ताक्षर नक्कली गरेका रहेछन्’उनले केपी ओली को मन गोरु गाडाको सिद्धान्त भएको बताएका छन । हामीले देशमा संविधान सभा हुनुप¥यो देशमा समान्ति राजतन्त्र फालेर गणतन्त्र ल्याउनुपर्छ भन्दा देशमा गणतन्त्र ल्याउनु भनेको गोरु गाडा लिएर अमेरिकाको वासिङ्टन पुगिन्छ भन्नु उस्तै हो भन्थे ।’
संविधानमा हस्ताक्षर गरेपछि गणतन्त्र मान्छु भनेपछि उनी बदलिए भन्ठानेको तर तीन वर्ष पुग्दानपुग्दै मौका कुरेर बसेको थाहा पाइएको प्रचण्डले बताएका छन ।
केपी ओली अहिले पनि गोरु गाडावाला सिद्धान्तबाट दायाँबायाँ नभएको उनले आरोप लगाएका छन । प्रचण्डले भने, केप ओली आफू बलियो भएपछि यो संविधान च्यात्दिन्छु ।
यो गणतन्त्र उल्ट्याई दिन्छु । महिलाले पाएको ३३ प्रतिशत उल्ट्यिाई दिन्छु यो देशका दलित, मधेसी, थारु, मुस्लिम, जनजातिले पाएको अधिकार उल्ट्याउने ताकमा रहे छन्’ । उनले त्यसका विरुद्ध सघर्ष गरेर यो गठबन्धन बनाएका बताएका छन ।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सौगात मिश्र
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
०१५१५११९३, ९८५११६८१२३
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७
सूचना-लेख-रचनाका लागि :
विज्ञापनका लागि : ०१-५१५११९३, ९८०१०६८१२३