प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा साढे १२ हजार मतान्तरले प्रतिनिधि सभाका लागि विजयी भएका छन् । डडेलधुराबाट उनि सातौँपटक संसद सदस्यका लागि निर्वाचित भएका हुन् ।
यही मङ्सिर ४ गते सम्पन्न सङ्घीय निर्वाचनमा उनले कुल २५ हजार ५३४ मत लिएर विजय हासिल गरे । गुल्मीबाट डडेल्धुरा गएर उनलाई चुनौती दिएका स्वतन्त्र उम्मेदवार सागर ढकालले १३ हजार ४२ मत ल्याए । यसैगरी नेपाली कांग्रेस (बीपी)का कर्णबहादुर मल्लले ७ हजार ५३५ मत लिएर तेस्रो स्थानमा रहे ।
एक मात्र निर्वाचन क्षेत्र रहेको डडेल्धुरामा कुल ५१ हजार २०३ मत गणना भएको र त्यसमा ३ हजार १८७ मत बदर भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सौगात मिश्र
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
०१५१५११९३, ९८५११६८१२३
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७
सूचना-लेख-रचनाका लागि :
विज्ञापनका लागि : ०१-५१५११९३, ९८०१०६८१२३