Logo
  • मुख्य समाचार
  • समाचार
  • फिचर स्टोरी
  • समाज
  • पालिका न्युज
  • परदेश
  • आर्थिक
  • शिक्षा
  • स्वास्थ्य / जीवनशैली
  • खेलकुद
  • मनाेरञ्जन
  • कृषि
  • सूचना-प्रविधि
  • अन्तर्वार्ता
  • विचार/ब्लग
  • विश्व
  • साहित्य
  • स्थानीय
  • पत्रपत्रिका
  • हरप्रहर टि.भी.
  • जानकारी
  • विविध
२०८२ जेष्ठ ४, शनिबार

    ट्रेन्डीङ्ग

Logo
  • गृह
  • समाचार
  • समाज
  • पालिका न्युज
  • परदेश
  • आर्थिक
  • विश्व
  • खेलकुद
  • हरप्रहर टि.भी.
  • अन्य
    • फिचर स्टोरी
    • विचार/ब्लग
    • साहित्य
    • कृषि
    • शिक्षा
    • मनाेरञ्जन
    • अन्तर्वार्ता
    • स्थानीय
    • विविध
    • सूचना-प्रविधि
    • स्वास्थ्य / जीवनशैली
    • जानकारी
    • पत्रपत्रिका
  • ताजा१२
  • रुचाईएका

ताजा अपडेट

१

कांग्रेस र एमालेले दुई जना गभर्नर नियुक्त गरोस : हरि ढकाल

१ दिन अघि
२

सुनचाँदीको मूल्य घट्यो

१ दिन अघि
३

सरकार पूरा अवधि टिक्छ, फोन र भेटघाटले गठबन्धन तलमाथि हुँदैन् : गृहमन्त्री लेखक

३ दिन अघि
४

विद्युतको शुल्क बुझाउने विषयमा विवाद आउनु लज्जास्पद : मन्त्री खड्का

१ हफ्ता अघि
५

आज १३६औँ अन्तरराष्ट्रिय श्रमिक दिवस

२ हफ्ता अघि
६

समयसँगै बदलिँदो पत्रकारिता : प्रविधि, पोस्ट ट्रुथ र नागरिक पत्रकारिता

२ हफ्ता अघि
७

एमाले सिध्याउँछु भन्नेहरुकै अगाडि एमाले देशकै लोकप्रिय बन्यो : ओली

३ हफ्ता अघि
८

सुनको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार

३ हफ्ता अघि
९

गुडिरहेको जीपमा विजुलीको तार खस्दा चालकसहित ४ जनाको मृत्यु

३ हफ्ता अघि
१०

अध्यक्ष लिङदेनसहित तीन सांसद प्रहरी नियन्त्रणमा

३ हफ्ता अघि
११

‘देश खत्तम छ’ भन्ने भाष्य नेताहरुले नै निर्माण गरे : डा.आरजु राणा

४ हफ्ता अघि
१२

घट्यो पेट्रोलियम पदार्थको मुल्य, यस्तो छ मुल्य सूचि

१ महिना अघि

धेरै पढिएका

१

सुनको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार

३ हफ्ता अघि
२

समयसँगै बदलिँदो पत्रकारिता : प्रविधि, पोस्ट ट्रुथ र नागरिक पत्रकारिता

२ हफ्ता अघि
३

गुडिरहेको जीपमा विजुलीको तार खस्दा चालकसहित ४ जनाको मृत्यु

३ हफ्ता अघि
४

अध्यक्ष लिङदेनसहित तीन सांसद प्रहरी नियन्त्रणमा

३ हफ्ता अघि
५

एमाले सिध्याउँछु भन्नेहरुकै अगाडि एमाले देशकै लोकप्रिय बन्यो : ओली

३ हफ्ता अघि
६

‘देश खत्तम छ’ भन्ने भाष्य नेताहरुले नै निर्माण गरे : डा.आरजु राणा

४ हफ्ता अघि
७

विद्युतको शुल्क बुझाउने विषयमा विवाद आउनु लज्जास्पद : मन्त्री खड्का

१ हफ्ता अघि
८

आज १३६औँ अन्तरराष्ट्रिय श्रमिक दिवस

२ हफ्ता अघि
९

सुनचाँदीको मूल्य घट्यो

१ दिन अघि
१०

सरकार पूरा अवधि टिक्छ, फोन र भेटघाटले गठबन्धन तलमाथि हुँदैन् : गृहमन्त्री लेखक

३ दिन अघि
११

कांग्रेस र एमालेले दुई जना गभर्नर नियुक्त गरोस : हरि ढकाल

१ दिन अघि

सुकुम्बासी बस्तीमा राज्य पक्षबाट नै डोजर आतंक फैल्याउने काम गरियो : ओली

हरप्रहर डेस्क काठमाडौँ प्रकाशित मिति: २०७९ मंसिर १३, मंगलबार (२ साल अघि)

  • ३६१ पटक पढिएको
  • नेकपा (एमाले)का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले बागमती किनारामा रहेको सुकुम्बासी बस्तीमा राज्य पक्षबाट नै डोजर आतंक फैल्याउने काम गरिएको भन्दै आपत्ति जनाएका छन् । अध्यक्ष ओलीले बल प्रयोग गरेर सुकुम्बासी बस्तीमा रहेका गरिव नागरिकलाई शत्रुको रुपमा व्यवहार गर्दै बल प्रयोग गरेर उनीहरुलाई पराजित गर्ने तमासा नदेखाउन पनि राज्य पक्षलाई सचेत गराए ।

    ललितपुरस्थित पार्टीको केन्द्रीय कार्यालयमा मंगलबार आयोजित एक कार्यक्रममा बोल्दै उनले सुकुम्बासी समस्या समाधानका लागि गठन गरिएको आयोगले त्यो समस्या समाधान गर्नुपर्नेमा अन्यथा किन गरिएको पनि प्रश्न समेत गरे । ओलीले सो बस्तीको समस्या समाधानका लागि लोकतान्त्रिक संस्कार अनुसार अघि बढन पनि काठमाडौं महानगरपालिका र सरकारको गम्भिर ध्यानाकर्षण गराए ।

    उनले भने, ‘नकारात्मक ढंगले देश बन्दैन । हिजो बेलुका टिभीमा तपाईहरुले हेर्नु भयो होला सुकुम्बासी बस्तीमा तमासा । त्यहाँ तमासा गर्ने हाकिमहरुको भनाई–पुलिसले अभि मद्दत नै गरेन नत्र हामी जित्थ्यौं । तिनीहरुलाई पराजित गथ्र्यौं हामी । तिनीहरुलाई पराजित गरेर हामी त्यो बस्तीलाई ध्वस्त बनाउथ्यौं । शुत्र देशसँगको भाषा, शैली । त्यहाँ कुन शत्रु बसेका छन ? गरिव, गुरुवा बसेका छन । ती कुनै शत्रु त होइनन् । सरकारले पूरा मद्दत गरिदिएन । पुलिस समयमा आइदिएन । पुलिस समयमा आएको भए ठीक लाइन्थ्यो, सोझ्याइन्थ्यो । के भनेको त्यो ? चुप लागेर खोलाको किनारामा बसेका जनतालाई ठीक लगाएर कुन बहादुर पाइन्छ ? समस्याको समाधान गर्ने तरिका के हो ? के गरीब जनतालाई पराजित गरेर को विजयी हुने । यो जित–हारको प्रश्न होइन । यो समस्या समाधानको प्रश्न हो ।’

    उनले थपे, ‘बलबाट डेमोक्रेसीमा समस्या समाधान गरिदैन । लोकतन्त्रमा समस्या समाधानको तरिका बल प्रयोग होइन । उचित समाधान दिनु र कुनै पनि कुरालाई तर्कपूर्ण ढंगले समाधानमा पु¥याउनु पर्दछ । तर, त्यहाँ त सुकुम्बासी र राज्यका बीचमा हारजित जस्तो । आज नराम्रोसँग हार खानु प¥यो । सरकारका सबै अंगले साथ नदिएको हुनाले आज पराजित हुनुप¥यो । राम्ररी साथ दिएको भए हामी जित्थ्यौं । के भनेको त्यो ? हामी उडाई दिन्थ्यौं, भत्काइदिन्थ्यौं । तोडफोड गरिदिन्थ्यौं । तिनीहरुलाई हामी पराजित गरिहाल्थ्यौ नि हामी । तिनीहरुका ढुंगामुडाले के हुन्थ्यो गोली हानेको भए । अर्थ यिनै छन है । शब्द फरक भएपनि । भाव त्यही छ । अनि सरकारको आदेश अनुसार तिनीहरुलाई पराजित गरेर खाली गराउन डटेर लागेको छु । एउटा सुःख, सयलम बसेको मान्छेले गरीबका भावना र पीडाहरुलाई बुझ्न कठिन हुन्छ । उन्माद छ । त्यसले देशको समस्या समाधान हुँदैन । त्यो समस्या अर्को रुपमा फेरी बल्झिने छ । त्यसकारण सुकुम्बासी हाम्रा दाजुभाई, दिदीबहिनी हुन । अलि गरबि भए ।’

    ओलीले फेरि भने, ‘त्यसो भएर शत्रु घोषणा गरेर तिनीहरुलाई ठोक्नुपर्ने, मानुपर्ने, पराजित गर्नुपर्ने भन्ने कुरा होइन । समस्याको समाधान गर्नु पर्छ । सुकुम्बासी समस्या समाधान गर्न आयोग बनाएर तयार भइसकेको बेलामा सरकार तत्काल फेर्नुपर्ने, आयोग भंग गर्नुपर्ने, अनि त्यो सुकुम्बासी समस्या समाधान आयोग चाँही कहाँ गयो नि । सुकुम्बासी समस्या समाधानका लागि आयोग छ । अर्कोतिर डोजर लगाएर सुकुम्बासीलाई पेलेको छ । अनि किन बनाएको आयोग ? डोजर लिएर जाने हो भने आयोग किन बनाएको, उनीहरुलाई तनाखा खुवाएर किन राखेको ? डोजर किने भयो नि १०/२० वटा । ड्राईभरलाई तालिम दिएभयो डोजर चलाउन । छाप्रा भत्काउन डोजर । अचम्म त के भने–फुसका छाप्रा भत्काउन डोजर । कुनै पक्की बिल्डिङ भत्काउन हो र डोजर ? छाप्रा भत्काउन । मान्छे पेल्न डोजर । त्यहाँ त छाप्रा छन, मान्छे छन ।’

    अध्यक्ष ओलीले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन निर्वाचन जस्तो नभएको जिकिर समेत गरे । निर्वाचनमा शान्तिपूर्ण वातावरणमा जनताले आफनो मत दिनुपर्नेमा सरकारले आतंकको वातावरण सृजना गरी जनताको अभिमतलाई आफ्नो पक्षमा पारेको उनको आरोप थियो । बाजुरामा आफ्ना पार्टीका एक कार्यकर्ता मारिएको भन्दै अध्यक्ष ओलीले त्यस्ता घटनामा संलग्न अपराधीहरुलाई कारबाहीको दायरामा ल्याउन साटो स्थानीय प्रशासनले संरक्षण दिने काम गरेको बताए ।

    उनले निर्वाचनमा खटिएका कर्मचारीहरुले सत्ता पक्षको आदेशको प्रवाह नगरी तटस्थ भूमिका निर्वाह गरेको भन्दै धन्यवाद समेत दिए । उनले भने, ‘असक्त र केटाकेटीलाई पराजित गर्न त गएको होला सरकार । यो बेठीक भइराखेको छ । उन्माद सरकारको लोकतान्त्रिक आचरण, संस्कार छैन । त्यो आफ्नो ठाउँमा छ । यो निर्वाचन नै निर्वाचन जस्तो भएन । निर्वाचन निर्वाचन जस्तो नै भएन । निर्वाचन भनेको निर्भय वातावरणमा, शान्तिपूर्ण वातावरणमा जनताले आफ्नो अभिमत प्रकट गर्न पाउनुपर्छ । त्यो अभिमत प्रकट गर्न जनताले पाएन । बुथ कब्जा गरियो । मान्छे मारिए । गोली फायरिङ भयो । प्रहरीलाई गोली हान्न लगाइएको छ । हवाई फायरिङ गर्न लगाइएको छ ।’

    उनले थप भने, ‘आतंकको वातावरण सृजना गर्ने र बुथ कब्जा गर्ने त्यत्ति हो । राज्यको काम शान्ति सुरक्षा कायम गर्ने हो, शान्ति खल्बल्याउने होइन । राज्यको काम जनताको जीउधनको सुरक्षा गर्ने हो । उसको अधिकारको सुरक्षा गर्ने हो । तर, राज्य एउटा लुटेराको रुपमा प्रस्तुत भएको छ । लोकतन्त्रमा यस्तो हुनु हुन्न । एउटा विद्यार्थीलाई कुटेर मार्दा पनि प्रशासन सुरक्षा दिन सक्दैन । अहिले बाजुरामा विरोध प्रर्दशन गरेवापत मार्ने अपराधीहरुलाई कमसेक गिरफ्तारी त गर कारबाही चलाउन भनेर विरोध प्रर्दशन गर्नेहरु २२ जनालाई गिरफदार गरिएको छ । अरुलाई खोज्दै छ । सिडिओले काम गर्न नसक्ने भनेपछि यसो गरेको भनेर सरकारको स्पष्टीकरण छ । यो दुःखद् लोकतन्त्रको नाममा गरिएको तमासा यो गठबन्धन सरकारले गरिराखेको छ ।’

    उनले फेरि भने, ‘एमाले प्रमुख पार्टीमा त सजिलोसँग आउन सक्थ्यो । तपाईको खल्तीमा मेरोभन्दा बढि पैसा हुन सक्दछ । तर मैले लुटे भनेत तपाईको भन्दा मेरो बढि भईहाल्छ । अव अहिलेको गठबन्धनले त लुटेको छ । लुटे पछि त । पैसा बाँडे नकि । प्रहरी, प्रशासन राज्य संयन्त्रको दूरुपयोग गरे नकि । निर्वाचन आयोगका कर्मचारी नै पोलिटिकल्ली खटाउने काम गरियो । यो सबैलाई थाहा छ । सबैले सुनेको छ । पत्रपत्रिकाले पनि अलिअलि लेखेका छन । बोल्ने काम भएको छ । विरोध गर्ने काम भएको छ । अन्तिम निर्वाचनमा पनि सरकारले कर्मचारी फेरेको फेरेकै छ । आफ्ना भनेर पठाएको पठाएकै छ । सरकारका लागि सबै कर्मचारी आफ्ना हुन् । म सेना, कर्मचारी, प्रहरी राष्ट्र सेवकहरु सबैलाई धन्यवाद भन्न चाहन्छु । यस्तो तथानामका बाबजुद राष्ट्र सेवकहरु तटस्थ रहन इच्छा गरे । र, त्यो दृढता देखाए । तटस्थ रहेर निर्वाचन गराए धेरै ठाउँमा । म उहाँहरुलाई धन्यवाद भन्न चाहन्छु ।’

    प्रतिक्रिया दिनुहोस
    मुख्य समाचार सम्बन्धि थप
  • कांग्रेस र एमालेले दुई जना गभर्नर नियुक्त गरोस : हरि ढकाल
    हरप्रहर

    कांग्रेस र एमालेले दुई जना गभर्नर नियुक्त गरोस : हरि ढकाल

  • सरकार पूरा अवधि टिक्छ, फोन र भेटघाटले गठबन्धन तलमाथि हुँदैन् : गृहमन्त्री लेखक
    हरप्रहर

    सरकार पूरा अवधि टिक्छ, फोन र भेटघाटले गठबन्धन तलमाथि हुँदैन् : गृहमन्त्री लेखक

  • विद्युतको शुल्क बुझाउने विषयमा विवाद आउनु लज्जास्पद : मन्त्री खड्का
    हरप्रहर

    विद्युतको शुल्क बुझाउने विषयमा विवाद आउनु लज्जास्पद : मन्त्री खड्का

  • एमाले सिध्याउँछु भन्नेहरुकै अगाडि एमाले देशकै लोकप्रिय बन्यो : ओली
    हरप्रहर

    एमाले सिध्याउँछु भन्नेहरुकै अगाडि एमाले देशकै लोकप्रिय बन्यो : ओली

  • ताजा खबर
  • १

    कांग्रेस र एमालेले दुई जना गभर्नर नियुक्त गरोस : हरि ढकाल
    १ दिन अघि

  • २

    सुनचाँदीको मूल्य घट्यो
    १ दिन अघि

  • ३

    सरकार पूरा अवधि टिक्छ, फोन र भेटघाटले गठबन्धन तलमाथि हुँदैन् : गृहमन्त्री लेखक
    ३ दिन अघि

  • ४

    विद्युतको शुल्क बुझाउने विषयमा विवाद आउनु लज्जास्पद : मन्त्री खड्का
    १ हफ्ता अघि

  • ५

    आज १३६औँ अन्तरराष्ट्रिय श्रमिक दिवस
    २ हफ्ता अघि

  • Logo

    www.harprahar.com
    हरप्रहर – निष्पक्ष खबर

    मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित

    सम्पादक : सुभद्रा लम्साल

    सातदोबाटो, ललितपुर, बागमती प्रदेश

    [email protected]

    ९८५११६८१२२

    सूचना विभाग दर्ता नम्बर: १९९२

    प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७

    सूचना-लेख-रचनाका लागि :

    [email protected]

    हाम्रो टीम  ||  हाम्रो बारे

    फेसबुक

    © २०७८ हरप्रहर मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution