नेकपा एकीकृत समाजवादी का अध्यक्ष माधवकुमार नेपालले सरकारलाई आत्मसमीक्षा गर्दै अघि बढ्न आग्रह गरेका छन् ।
आज (आइतबार) काठमाडौँमा आयोजित गाउँपालिका राष्ट्रिय महासंघ नेपालको तेस्रो राष्ट्रिय महाधिवेशनमा बोल्दै उनले यस्तो बताएका हुन । उनले कसैलाई दोष नदिई कमिकमजोरी हटाएर अघि बढन सरकारलाई सुझाव दिएका छन ।
उनले तीन वटै तहको सरकार मिलेर अघि बढे संघीय लोकतान्त्रिक गणतन्त्रलाई कसैले पनि समाप्त पार्न नसक्ने बताएका छन । उनले भने, ‘सरकारले आफूलाई समिक्षा गर्दै अघि बढनु पर्दछ । एकले अर्कालाई दोष दिएर मुलुक अघि बढ्न सक्दैन ।
गणतन्त्रलाई कसैले पनि समाप्त पार्न सक्दैन । संघीयतालाई कसैले पनि समाप्त पार्न सक्दैन । त्यो स्पष्ट छ । संविधानले प्रदत्त गरेको अधिकारहरु जनताले उपयोग गर्न सकुन ।
सबै पालिकामा जनताले के के न्यूनतम सुविधा पाउनुपर्ने हो, त्यो सबैले मनन गर्न जरुरी हुन्छ । महिला हिंसामुक्त पालिका होस । छुवाछुत मुक्त पालिका हुन । सबै जाति समुदायको माझमा सामाजिक सदभाव कायम राखेको पालिका होस् । त्यस रुपमा प्रत्येक पालिकाले आफूलाई दर्ज गर्न सक्ने हो गरी काम गर्नु पर्दछ ।’
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सौगात मिश्र
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
०१५१५११९३, ९८५११६८१२३
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७
सूचना-लेख-रचनाका लागि :
विज्ञापनका लागि : ०१-५१५११९३, ९८०१०६८१२३