नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले भावी राष्ट्रपतिमा आफ्नो सशक्त दाबी रहने बताएका छन् ।
सत्ता गठबन्धनमा समझदारी बनाउँदा एकीकृत समाजवादीबाट आफ्नो राष्ट्रपतिमा दाबी रहने बताएका छन । राष्ट्रपति राष्ट्रको अभिभावक भएको बताउँदै उनले राष्ट्रपति राजनीतिक इतिहास र पृष्ठभूमि भएको व्यक्तिलाई बनाउनुपर्ने बताएका छन ।
सत्ता गठबन्धनमा समझदारी बनाउँदा एकीकृत समाजवादीको राष्ट्रपतिको दाबी रहन्छ । पार्टीको तर्फबाट उनको दाबी रहेने बताएका छन । एकीकृत समाजवादीले प्रधानमन्त्री र सभामुख दाबी नगरेकाले राष्ट्रपति पाउनुपर्ने भन्दै लागेको हो ।
विगतदेखि सत्ता गठबन्धनमा भावी राष्ट्रपतिको रुपमा खनालको चर्चा हुँदै आएको थियो । त्यस्तै पार्टीको संसदीय दलको बैठकमा समेत अध्यक्ष माधवकुमार नेपालले पार्टीको तर्फबाट राष्ट्रपतिको दाबी रहने ब्रिफिङ गरेका छन् ।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सौगात मिश्र
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
०१५१५११९३, ९८५११६८१२३
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७
सूचना-लेख-रचनाका लागि :
विज्ञापनका लागि : ०१-५१५११९३, ९८०१०६८१२३