नेपाली काँग्रेसको इतर समूहबाट महामन्त्री गगन कुमार थापाले संसदीय दलको नेताका लागि उम्मेदवारी दिने भएका छन् ।
आज बिहानदेखि शेखर कोइरालासँग भएको छलफलले गगन कुमार थापालाई संसदीय दलको नेताका लागि उम्मेदवारी दिन लगाउने सहमति भएको हो ।
काँग्रेसको संस्थापन पक्षबाट संसदीय दलको नेतामा पार्टी सभापति शेरबहादुर देउवाले उम्मेदवारी दिने छ । देउवा र थापा दुई जनाको उम्मेदवारी पछि भोलि संसदीय दलको निर्वाचन हुने छ ।
काँग्रेसको इतर समूहबाट डा. शेखर कोइरालाले पनि संसदीय दलको नेताका लागि आफूलाई अघि सारेका थिए ।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सौगात मिश्र
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
०१५१५११९३, ९८५११६८१२३
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७
सूचना-लेख-रचनाका लागि :
विज्ञापनका लागि : ०१-५१५११९३, ९८०१०६८१२३