२०८० मंसिर २५, सोमबार
इन्डियन आयल कर्पोरेशनले इन्धनको मूल्य घटाएर नयाँ मूल्यसूची पठाएको छ ।
कर्पोरेशनले आज पठाएको नयाँ मूल्यअनुसार पेट्रोलमा प्रतिलिटर २.५४ रुपैयाँ, डिजेलमा २.९५ रुपैयाँ, हवाई इन्धनमा ४.१३ रुपैयाँ र एलपी ग्यासमा प्रतिसिलिण्डर ७८.२२ रुपैयाँका दरले मूल्य घटेर आएको नेपाल आयल निगमले विज्ञप्तिमार्फत जानकारी दिएको छ । घटेको मूल्य आजै रातिबाट लागू हुनेछ ।
यद्यपी नेपालमा भने निगमले मूल्य नघट्ने जानकारी गराएको छ । हाल एलपी ग्यासमा प्रतिसिलिण्डर ३५९.५० रुपैयाँका दरले घाटा भएकाले पेट्रोल, डिजेल र मट्टितेलमा हुने केही नाफालाई गणना गर्दा निगमलाई १५ दिनमा अनुमानित ९९ करोड रुपैयाँ नाफा हुने निगमले जनाएको छ ।
तर हाल अन्तर्राष्ट्रिय बजारमा प्रशोधित इन्धनको मूल्य पुनः घटबढ हुने क्रममा रहेको, अझै इन्डियन कर्पोरेशनलाई १८ अर्ब रुपैयाँ ऋण तिन बाँकी रहेको र इन्धनको आपूर्ति सुचारु राख्न नेपालमा खुद्रा बिक्री मूल्य यथावत राखिएको निगमले जनाएको छ ।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सौगात मिश्र
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
०१५१५११९३, ९८५११६८१२३
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७
सूचना-लेख-रचनाका लागि :
विज्ञापनका लागि : ०१-५१५११९३, ९८०१०६८१२३