Logo
  • मुख्य समाचार
  • समाचार
  • फिचर स्टोरी
  • समाज
  • पालिका न्युज
  • परदेश
  • आर्थिक
  • शिक्षा
  • स्वास्थ्य / जीवनशैली
  • खेलकुद
  • मनाेरञ्जन
  • कृषि
  • सूचना-प्रविधि
  • अन्तर्वार्ता
  • विचार/ब्लग
  • विश्व
  • साहित्य
  • स्थानीय
  • पत्रपत्रिका
  • हरप्रहर टि.भी.
  • जानकारी
  • विविध
२०८२ जेष्ठ ४, शनिबार

    ट्रेन्डीङ्ग

Logo
  • गृह
  • समाचार
  • समाज
  • पालिका न्युज
  • परदेश
  • आर्थिक
  • विश्व
  • खेलकुद
  • हरप्रहर टि.भी.
  • अन्य
    • फिचर स्टोरी
    • विचार/ब्लग
    • साहित्य
    • कृषि
    • शिक्षा
    • मनाेरञ्जन
    • अन्तर्वार्ता
    • स्थानीय
    • विविध
    • सूचना-प्रविधि
    • स्वास्थ्य / जीवनशैली
    • जानकारी
    • पत्रपत्रिका
  • ताजा१२
  • रुचाईएका

ताजा अपडेट

१

कांग्रेस र एमालेले दुई जना गभर्नर नियुक्त गरोस : हरि ढकाल

१ दिन अघि
२

सुनचाँदीको मूल्य घट्यो

१ दिन अघि
३

सरकार पूरा अवधि टिक्छ, फोन र भेटघाटले गठबन्धन तलमाथि हुँदैन् : गृहमन्त्री लेखक

३ दिन अघि
४

विद्युतको शुल्क बुझाउने विषयमा विवाद आउनु लज्जास्पद : मन्त्री खड्का

१ हफ्ता अघि
५

आज १३६औँ अन्तरराष्ट्रिय श्रमिक दिवस

२ हफ्ता अघि
६

समयसँगै बदलिँदो पत्रकारिता : प्रविधि, पोस्ट ट्रुथ र नागरिक पत्रकारिता

२ हफ्ता अघि
७

एमाले सिध्याउँछु भन्नेहरुकै अगाडि एमाले देशकै लोकप्रिय बन्यो : ओली

३ हफ्ता अघि
८

सुनको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार

३ हफ्ता अघि
९

गुडिरहेको जीपमा विजुलीको तार खस्दा चालकसहित ४ जनाको मृत्यु

३ हफ्ता अघि
१०

अध्यक्ष लिङदेनसहित तीन सांसद प्रहरी नियन्त्रणमा

३ हफ्ता अघि
११

‘देश खत्तम छ’ भन्ने भाष्य नेताहरुले नै निर्माण गरे : डा.आरजु राणा

४ हफ्ता अघि
१२

घट्यो पेट्रोलियम पदार्थको मुल्य, यस्तो छ मुल्य सूचि

१ महिना अघि

धेरै पढिएका

१

सुनको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार

३ हफ्ता अघि
२

समयसँगै बदलिँदो पत्रकारिता : प्रविधि, पोस्ट ट्रुथ र नागरिक पत्रकारिता

२ हफ्ता अघि
३

गुडिरहेको जीपमा विजुलीको तार खस्दा चालकसहित ४ जनाको मृत्यु

३ हफ्ता अघि
४

अध्यक्ष लिङदेनसहित तीन सांसद प्रहरी नियन्त्रणमा

३ हफ्ता अघि
५

एमाले सिध्याउँछु भन्नेहरुकै अगाडि एमाले देशकै लोकप्रिय बन्यो : ओली

३ हफ्ता अघि
६

‘देश खत्तम छ’ भन्ने भाष्य नेताहरुले नै निर्माण गरे : डा.आरजु राणा

४ हफ्ता अघि
७

विद्युतको शुल्क बुझाउने विषयमा विवाद आउनु लज्जास्पद : मन्त्री खड्का

१ हफ्ता अघि
८

आज १३६औँ अन्तरराष्ट्रिय श्रमिक दिवस

२ हफ्ता अघि
९

सुनचाँदीको मूल्य घट्यो

१ दिन अघि
१०

सरकार पूरा अवधि टिक्छ, फोन र भेटघाटले गठबन्धन तलमाथि हुँदैन् : गृहमन्त्री लेखक

३ दिन अघि
११

कांग्रेस र एमालेले दुई जना गभर्नर नियुक्त गरोस : हरि ढकाल

१ दिन अघि

यी हुन् मन्त्रिपरिषद् बैठकको निर्णय

हरप्रहर डेस्क काठमाडौँ प्रकाशित मिति: २०८० अषाढ २८, बिहिबार (१ साल अघि)

  • २८७ पटक पढिएको
  • सरकारले भारतको गुजरातमा भारतलगायत विश्वका अन्य विकसित र विकासशील मुलुकहरूको समूह (जी २०) को तेस्रो अर्थमन्त्रीस्तरीय बैठकमा भाग लिन अर्थमन्त्री डा प्रकाशशरण महत नेतृत्वको प्रतिनिधिमण्डललाई स्वीकृति दिने निर्णय गरेको छ । मन्त्रिपरिषद्को यही असार २६ गते बसेको बैठकले गरेको निर्णय सार्वजनिक गर्न आज सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा सञ्चारमन्त्री रेखा शर्माले सो जानकारी दिईन् ।

    बैठकले थाइल्यान्डले आयोजना गर्ने बिमस्टेक परराष्ट्रमन्त्रीहरूको रिट्रिटमा भाग लिन परराष्ट्रमन्त्री नारायणप्रकाश साउदको नेतृत्वमा प्रतिनिधिमण्डललाई स्वीकृति दिने निर्णय गरेको छ । मन्त्रिपरिषद्ले आर्थिक वर्ष २०८०/८१ का लागि मोटा धान प्रतिक्विन्टल रु तीन हजार एक सय ९८ र मध्यम धान प्रतिक्विन्टल रु तीन हजार तीन सय ६२ न्यूनतम समर्थन मूल्य तोक्ने निर्णय गरेको छ ।

    यस्तै नेपाल विद्युत् प्राधिकरण, चैनपुर सेती जलविद्युत् आयोजनाको विद्युत्गृहमा रहने संरचना निर्माण गर्नका लागि बझाङ जिल्ला तलकोट गाउँपालिका वडा नं २ र ३ स्थित करिब सात हजार तीन सय १९ वर्गमिटर जग्गा प्राप्ति गर्न स्वीकृति दिने बैठकले निर्णय गरेको छ । त्यसैगरी मन्त्रिपरिषद्  बैठकले अनुचित लेनदेन (मिटरब्याज)सम्बन्धी जाँचबुझ आयोगको म्याद २०८० भदौ २५ गतेसम्म थप्ने निर्णय पनि गरेको छ । सहकारी क्षेत्र सुधार सुझाव कार्यदल, २०८० को म्याद मिति २०८०/३/२६ गतेदेखि लागू हुने गरी एक महिना थप गर्ने निर्णय भएको छ ।

    बैठकले अत्याधुनिक चलचित्र छायाङ्कन, स्टुडियो निर्माण आयोजनाका लागि काभ्रेपलाञ्चोक जिल्लाको बनेपा नगरपालिका वडा नं १० र १३ अन्तर्गत रहेको बाहुनडाँडा सामुदायिक वनको कूल जम्मा दुई दशमलव ५०८५ हेक्टर जग्गा प्रयोग गर्न स्वीकृति दिने र नेपाल खुला विश्वविद्यालयको केन्द्रीय कार्यालय भक्तपुरको सानोठिमीमा तोक्ने निर्णय गरेको छ ।

    आव २०७८/७९ र २०७९/८० दुई वर्षमा वार्षिकरूपमा न्यूनतम एक सय जना नेपालीलाई वैदेशिक रोजगारीमा पठाउन नसकेका इजाजतपत्र प्राप्त संस्थाको इजाजतपत्र आव २०८०/८१ का लागि नवीकरण गर्न आएमा नवीकरण गरिदिने गरी बाधा अड्काउ फुकाउने आदेश जारी गर्ने मन्त्रिपरिषद् बैठकले निर्णय गरेको छ ।

    पर्यटन विधेयक तर्जुमाका लागि सैद्धान्तिक स्वीकृति प्रदान गर्ने निर्णय गरेको सरकारले थवाङ गाउँपालिका रोल्पालाई साविक थवाङ गाविस वडा नं २ स्थित आठ सय ९० वर्गमिटर जग्गा कृषि उपज सङ्कलन तथा बिक्री केन्द्र निर्माण गर्नका लागि प्राप्त गर्न स्वीकृति दिएको छ । निजामती सेवाको राजपत्राङ्कित विशिष्ट श्रेणीको पदमा सहसचिव लक्ष्मीकुमार बस्नेतलाई बढुवा गर्ने, वन्यजन्तुबाट क्षति भएवापतको राहत वितरण निर्देशिका, २०८० स्वीकृत गर्ने निर्णय गरेको सञ्चारमन्त्री शर्माले बताईन् ।

    यसैबीच यही असार २१ गते बसेको मन्त्रिपरिषद्को बैठकले सार्वजनिक खरिद नियमावली, २०६४ को नियम १२० (क) बमोजिम म्याद थप भई चालु रहेका वा म्याद सकिएका तर खरिद सम्झौताबमोजिमको काम चालु रहेका खरिद सम्झौताको सार्वजनिक निकायलाई कुनै प्रकारको दायित्व नपर्ने गरी उक्त कार्य सम्पन्न गर्न लाग्ने वास्तविक थप अवधि यकिन गरी सार्वजनिक निकायमा प्रमुखले म्याद थप गर्न सक्ने गरी सार्वजनिक खरिद ऐन, २०६३ को दफा ७४ बमोजिम बाधा अड्काउ फुकाउन आदेश जारी गर्ने निर्णय गरेको छ ।

    आर्थिक वर्ष २०७९/८० मा वित्तीय समानीकरण अनुदानतर्फ विनियोजित रकममध्ये स्थानीय तहलाई हस्तान्तरण गर्न बाँकी रहेको रकम रु १२ अर्ब ७३ करोड छ लाखको ४० प्रतिशतका दरले हुने रकम रु पाँच अर्ब नौ करोड २२ लाख स्थानीय तहहरूलाई वित्तीय हस्तान्तरण गर्ने निर्णय गरेको सञ्चारमन्त्री शर्माले बताईन् ।

    प्रतिक्रिया दिनुहोस
    मुख्य समाचार सम्बन्धि थप
  • कांग्रेस र एमालेले दुई जना गभर्नर नियुक्त गरोस : हरि ढकाल
    हरप्रहर

    कांग्रेस र एमालेले दुई जना गभर्नर नियुक्त गरोस : हरि ढकाल

  • सरकार पूरा अवधि टिक्छ, फोन र भेटघाटले गठबन्धन तलमाथि हुँदैन् : गृहमन्त्री लेखक
    हरप्रहर

    सरकार पूरा अवधि टिक्छ, फोन र भेटघाटले गठबन्धन तलमाथि हुँदैन् : गृहमन्त्री लेखक

  • विद्युतको शुल्क बुझाउने विषयमा विवाद आउनु लज्जास्पद : मन्त्री खड्का
    हरप्रहर

    विद्युतको शुल्क बुझाउने विषयमा विवाद आउनु लज्जास्पद : मन्त्री खड्का

  • एमाले सिध्याउँछु भन्नेहरुकै अगाडि एमाले देशकै लोकप्रिय बन्यो : ओली
    हरप्रहर

    एमाले सिध्याउँछु भन्नेहरुकै अगाडि एमाले देशकै लोकप्रिय बन्यो : ओली

  • ताजा खबर
  • १

    कांग्रेस र एमालेले दुई जना गभर्नर नियुक्त गरोस : हरि ढकाल
    १ दिन अघि

  • २

    सुनचाँदीको मूल्य घट्यो
    १ दिन अघि

  • ३

    सरकार पूरा अवधि टिक्छ, फोन र भेटघाटले गठबन्धन तलमाथि हुँदैन् : गृहमन्त्री लेखक
    ३ दिन अघि

  • ४

    विद्युतको शुल्क बुझाउने विषयमा विवाद आउनु लज्जास्पद : मन्त्री खड्का
    १ हफ्ता अघि

  • ५

    आज १३६औँ अन्तरराष्ट्रिय श्रमिक दिवस
    २ हफ्ता अघि

  • Logo

    www.harprahar.com
    हरप्रहर – निष्पक्ष खबर

    मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित

    सम्पादक : सुभद्रा लम्साल

    सातदोबाटो, ललितपुर, बागमती प्रदेश

    [email protected]

    ९८५११६८१२२

    सूचना विभाग दर्ता नम्बर: १९९२

    प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७

    सूचना-लेख-रचनाका लागि :

    [email protected]

    हाम्रो टीम  ||  हाम्रो बारे

    फेसबुक

    © २०७८ हरप्रहर मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution