प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले भ्रष्टाचारका फाईलहरु अझैं खुल्दै जाने बताएका छन् । समाजवादी विद्यार्थी मोर्चाको घोषणा कार्यक्रमलाई प्रमुख अतिथिको रुपमा सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले राज्यको सम्पत्ति दोहन गर्ने र तस्करीको विरद्ध लागिरहेने बताएका हु्न् ।
‘यो कुनै आवेगको कुरा होईन, यो कुनै स्टन्ट पनि होईन । यो नेपाली समाज र नेपाल राष्ट्रको, आम नेपाली जनताको वृहत्तर हित जो हिजो आन्दोलन र युद्दमा नेपाली जनताले त्याग र तपस्याको किर्तिमान कायम गरेका थिए । ती हजारौं सहिद, बेपत्ता योद्धा, घाईतेहरु र करोडौं जनताको सपना साकार पार्ने लडाईँ हो । यो लडाईँ सुरु भएको छ । आउने दिनमा हेर्दै जानु होला, अरु फाईल खुल्दै जानेवाला छन्,’– प्रधानमन्त्री प्रचण्डले भने ।
भ्रष्टाचार विरुद्धको अभियानमा युवाहरुको समर्थनका निकै ठूलो महत्व हुने उनले बताए । प्रधानमन्त्री प्रचण्डले युवाहरुको समर्थन पाएमात्रै सरकारले भ्रष्टाचारविरुद्धको व्याटल जित्नसक्ने बताए । भ्रष्टाचारविरुद्धको व्याटलमा लामबद्ध हुन पनि उनले सबैसमक्ष आग्रह गरे ।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सौगात मिश्र
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
०१५१५११९३, ९८५११६८१२३
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७
सूचना-लेख-रचनाका लागि :
विज्ञापनका लागि : ०१-५१५११९३, ९८०१०६८१२३