नेकपा माओवादी केन्द्रले, जाजरकोट भूकम्प पीडितलाई ६० लाख रुपैयाँ सहयोग गर्ने भएको छ ।
माओवादी केन्द्रका प्रवक्ता अग्नी सापकोटाले, केन्द्रबाट ५० लाख र प्रदेश कमिटिबाट एक एक लाखसमेत गरी ६० लाख नगद भूकम्प पीडितलाई उपलब्ध गराउने निर्णय भएको जानकारी दिए ।
त्यस्तै यो दुखको घडिमा गणतन्त्र र संघीयता विरोधीहरूको विरुद्ध २२ मंसिरका लागि घोषणा गरेको काठमाडौंको जनप्रदर्शन स्थगित गर्ने निर्णय गरिएको उनले बताए ।
उनले भने ‘ यो दुखद क्षणमा पूर्व निर्धारित काठमाडौंको प्रर्दशन तत्कालका लागि स्थगित गर्ने र सम्पूर्ण शक्ति भूकम्प पीडितको राहत तथा पुर्नवासमा लगाउने निर्णय भएको छ । ’
काठमाडौं बाहेक अन्य स्थानमा पूर्व निर्धारित कार्यक्रम यथावत रहेको बताएका उनले कर्णाली प्रदेशमा सम्पूर्ण नेता कार्यकता पीडितको राहत तथा पुर्नवासका आवश्यक अस्थायी संरचना निर्माणमा खटिने बताए ।
उनले भने कर्णालीका सम्पूर्ण नेता कार्यकर्ता भूकम्प पीडितको राहतमा केन्द्रित हुनुहुनेछ । अस्थायी आवास निर्माण र राहत तत्कालको महत्वपूर्ण अभियान हो । सबै त्यसमा लाग्नु हुनेछ । हामी सबै पार्टीका नेता, कार्यकर्ता र शुभचिन्तकलाई भूकम्प पीडितको राहत तथा वासस्थान निर्माणमा खटिन अपिल गर्दछौँ ।’
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सौगात मिश्र
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
०१५१५११९३, ९८५११६८१२३
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७
सूचना-लेख-रचनाका लागि :
विज्ञापनका लागि : ०१-५१५११९३, ९८०१०६८१२३