नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान सन्दीप लामिछानेविरुद्ध बलात्कार मुद्दामा आज पनि सुनुवाइ हुने भएको छ । गत आइतबार हेर्दाहेर्दैमा राखिएको मुद्दामा सुनुवाईका लागि पेसी तोकिएको छ ।
गत आइतबार न्यायाधीश शिशिरराज ढकालको इजलासमा अन्तिम सुनुवाइ सुरु भएपछि बहस नसकिएपछि हेर्दाहेर्दैमा राखिएको थियो । सोमबार र मंगलबार सार्वजनिक बिदा भएकाले आज उक्त मुद्दाको छिनोफनो न्यायाधीश ढकालकै टेवलमा हुनेछ ।
आइतबार किशोरीको तर्फबाट सरकारी वकिल र कानुन व्यवसायीले बहस गरेका थिए । बसह गर्ने वकिलहरु धेरै भएकाले आज पनि अन्तिम फैसला आउने सम्भावना भने न्यून छ । सन्दीप दोषी ठहर भए उनी कम्तीमा १० वर्ष जेलमा बस्नु पर्नेछ । मुलुकी अपराध संहिताको दफा २१९ को उपदफा २ अनुसार १८ वर्षभन्दा कम उमेरकी किशोरीसँग सहमतिमै यौन सम्बन्ध राखे पनि त्यसलाई बलात्कार मानिने उल्लेख छ ।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सौगात मिश्र
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
०१५१५११९३, ९८५११६८१२३
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७
सूचना-लेख-रचनाका लागि :
विज्ञापनका लागि : ०१-५१५११९३, ९८०१०६८१२३