काठमाडौं महानगरपालिकाको न्यूरोड क्षेत्रको फुटपाथ विस्तारको कार्यमा न्युरोडका स्थानीय बासीले फेरि अवरोध गरेका छन् । शुक्रबार न्यूरोडमा सडक घटाएर फुटपाथ बढाउन नहुने भन्दै उनीहरु सडक प्रर्दशनमा उत्रिएका हुन् । उच्च अदालत पाटनले न्यूरोडमा फुटपाथ विस्तार गर्न बाटो खोलिदिएपछि काठमाडौं महानगरले बुधबार बिहानदेखि न्यूरोडमा फुटपाथको काम र कालोपत्रे भत्काउन सुरु गरेको थियो । तर स्थानीय र व्यापारीहरुले न्यूरोडमा सडक घटाएर फुटपाथ बढाउन नहुने भन्दै विरोध प्रर्दशन गरेका हुन् ।
‘सयौं वर्ष पुरानो हो । यो त एउटा ईतिहास भइसकेको कुरा जनताले सरकारलाई कर तिरेर त्यहाँ बनाईसकेको घरलाई दखल गर्न पाईदैन्’, एक स्थानियले भने । यसअघि काठमाडौँ महानगरपालिकाले न्यूरोडको सडकको पार्किङ खाली गराएर फुटपाथ बढाउने प्रकिया अगाडि बढाएको थियो ।स्थानीय र व्यापारीको अवरोधकैबीच महानगर काम सुरु गरी कालोपत्रे समेत काटेर काम सुरु गरिसकेको थियो ।
फुटपाथ विस्तारका लागि सडकको कालोपत्रे समेत भत्काइसकेको अवस्थामा सडक डिभिजन कार्यालयले हस्तक्षेप गरेर काटेको कालोपत्रे पनि टालेको थियो ।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सौगात मिश्र
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
०१५१५११९३, ९८५११६८१२३
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७
सूचना-लेख-रचनाका लागि :
विज्ञापनका लागि : ०१-५१५११९३, ९८०१०६८१२३