Logo
  • मुख्य समाचार
  • समाचार
  • फिचर स्टोरी
  • समाज
  • पालिका न्युज
  • परदेश
  • आर्थिक
  • शिक्षा
  • स्वास्थ्य / जीवनशैली
  • खेलकुद
  • मनाेरञ्जन
  • कृषि
  • सूचना-प्रविधि
  • अन्तर्वार्ता
  • विचार/ब्लग
  • विश्व
  • साहित्य
  • स्थानीय
  • पत्रपत्रिका
  • हरप्रहर टि.भी.
  • जानकारी
  • विविध
२०८२ जेष्ठ ५, आईतबार

    ट्रेन्डीङ्ग

Logo
  • गृह
  • समाचार
  • समाज
  • पालिका न्युज
  • परदेश
  • आर्थिक
  • विश्व
  • खेलकुद
  • हरप्रहर टि.भी.
  • अन्य
    • फिचर स्टोरी
    • विचार/ब्लग
    • साहित्य
    • कृषि
    • शिक्षा
    • मनाेरञ्जन
    • अन्तर्वार्ता
    • स्थानीय
    • विविध
    • सूचना-प्रविधि
    • स्वास्थ्य / जीवनशैली
    • जानकारी
    • पत्रपत्रिका
  • ताजा१२
  • रुचाईएका

ताजा अपडेट

१

नेपाल पत्रकार महासंघ काठमाडौं शाखाको सूचना अधिकारीमा गणेश विक

५ घण्टा अघि
२

कांग्रेस र एमालेले दुई जना गभर्नर नियुक्त गरोस : हरि ढकाल

३ दिन अघि
३

सुनचाँदीको मूल्य घट्यो

३ दिन अघि
४

सरकार पूरा अवधि टिक्छ, फोन र भेटघाटले गठबन्धन तलमाथि हुँदैन् : गृहमन्त्री लेखक

५ दिन अघि
५

विद्युतको शुल्क बुझाउने विषयमा विवाद आउनु लज्जास्पद : मन्त्री खड्का

१ हफ्ता अघि
६

आज १३६औँ अन्तरराष्ट्रिय श्रमिक दिवस

२ हफ्ता अघि
७

समयसँगै बदलिँदो पत्रकारिता : प्रविधि, पोस्ट ट्रुथ र नागरिक पत्रकारिता

२ हफ्ता अघि
८

एमाले सिध्याउँछु भन्नेहरुकै अगाडि एमाले देशकै लोकप्रिय बन्यो : ओली

३ हफ्ता अघि
९

सुनको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार

३ हफ्ता अघि
१०

गुडिरहेको जीपमा विजुलीको तार खस्दा चालकसहित ४ जनाको मृत्यु

३ हफ्ता अघि
११

अध्यक्ष लिङदेनसहित तीन सांसद प्रहरी नियन्त्रणमा

४ हफ्ता अघि
१२

‘देश खत्तम छ’ भन्ने भाष्य नेताहरुले नै निर्माण गरे : डा.आरजु राणा

१ महिना अघि

धेरै पढिएका

१

सुनको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार

३ हफ्ता अघि
२

समयसँगै बदलिँदो पत्रकारिता : प्रविधि, पोस्ट ट्रुथ र नागरिक पत्रकारिता

२ हफ्ता अघि
३

गुडिरहेको जीपमा विजुलीको तार खस्दा चालकसहित ४ जनाको मृत्यु

३ हफ्ता अघि
४

अध्यक्ष लिङदेनसहित तीन सांसद प्रहरी नियन्त्रणमा

४ हफ्ता अघि
५

एमाले सिध्याउँछु भन्नेहरुकै अगाडि एमाले देशकै लोकप्रिय बन्यो : ओली

३ हफ्ता अघि
६

विद्युतको शुल्क बुझाउने विषयमा विवाद आउनु लज्जास्पद : मन्त्री खड्का

१ हफ्ता अघि
७

नेपाल पत्रकार महासंघ काठमाडौं शाखाको सूचना अधिकारीमा गणेश विक

५ घण्टा अघि
८

आज १३६औँ अन्तरराष्ट्रिय श्रमिक दिवस

२ हफ्ता अघि
९

सुनचाँदीको मूल्य घट्यो

३ दिन अघि
१०

सरकार पूरा अवधि टिक्छ, फोन र भेटघाटले गठबन्धन तलमाथि हुँदैन् : गृहमन्त्री लेखक

५ दिन अघि
११

कांग्रेस र एमालेले दुई जना गभर्नर नियुक्त गरोस : हरि ढकाल

३ दिन अघि

राज्यको सिंगो संरचना परिचालन नगरे सडक सुचारु हुन सक्दैन : अध्यक्ष स्वाँर (अन्तर्वार्ता)

हरप्रहर डेस्क काठमाडौँ प्रकाशित मिति: २०८१ आश्विन १५, मंगलबार (७ महिना अघि)

  • २०३ पटक पढिएको
  • दशैंका लागि यातायातको टिकट बुकिङ धमाधम भइरहेको छ । तर बुकिङ खुलेलगत्तै आएको अविरल बर्षाका कारण दर्जनौं राजमार्ग एवम सडकहरु अवरुद्ध भएका छन् । पुलहरु बाढीले बगाएको छ । तर तत्कालै सबै सडकहरु पूर्ण रुपले संचालनमा आउन सक्ने अवस्था देखिदैन । यस्तो संवेदनशिल परिस्थितिमा यातायात व्यवसायीहरुले कस्तो भूमिका निर्वाह गर्छन र गाडी व्यवस्थापन गरी सहज रुपमा यात्रुहरुलाई कसरी गन्तब्यमा पुर्याउँछन् भन्ने विषयमा नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका अध्यक्ष विजय बहादुर स्वाँरसँगको कुराकानी :

    चाडपर्व नजिकिएको छ, टिकटको व्यवस्थापन एवम यात्रुहरुको सहजीकरणका लागि के गरिरहनुभएको छ ?

    चाडवाडको बेला विगतको भन्दा अलि फरक तरिकाबाट अघि बढौं भन्ने प्रयास थियो । त्यसका लागि नेपाल सरकार, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयसँग बसेर सात बुँदे निर्णय पनि गरेका छौं । विभागमा बसेर असोज १२ गतेबाट अग्रिम टिकट बुकिङ खोल्ने निर्णय गरेका हौं । तर, मिडियाहरुमा महासंघले अग्रिम टिकट बुकिङमा ढिलाई गरेको भन्दै समाचारहरु आइरहेका थिए । टिकट वितरण गर्नुलाई मात्र महत्वका साथ हेरेका थिएनौं । सडक दुरअवस्थामा थियो । त्यसमाथि पनि मौसमविद्हरुले मौसम पूर्वानुमान गरेकै थिए । दुई तीन दिन लगातार वर्षा भइरहन्छ भन्ने कुरा नै थियो । यस्तो समयमा सडक व्यवस्थापन कसरी गर्ने भन्ने विषय महत्वपुर्ण थियो । अहिले हामी अन्तरवार्ता गर्दैगर्दा सवारी साधन नचलेको तीन दिन भयो । उपत्यकाबाट बाहिर जाने वा भित्रिने कुनैपनि नाका पूर्णरुपमा सञ्चालन भइसकेका छैनन् । गाडी बुक गरेर गाडी उपलब्ध भयो भने बुकिङको कुनै अर्थ नै रहेन । यस विषयमा चुनौति बढेको महसुस भएको छ । सरकारसँग कुरा पनि गरेका थियौं । घटस्थापनासम्म सडकका खाल्डाखुल्डी पुर्ने, सडकलाई राम्रो बनाउने भन्ने कुराहरु भएको थियो । तर अविरल वर्षाले सही भएका सडकहरु समेत बगाएको अवस्था छ । पुलपुलेसा बगाएको अवस्था छ । अब सरकारसँग बसेर अगाडि कसरी बढ्ने भन्ने विषयमा संवाद हुन्छ, छिटोभन्दा छिटो सडकहरु कसरी सुचारु हुन सक्छन् भनेर सरकार र सडक विभागसँग समन्वय र सहकार्य गर्नेछौं । धेरै दुःखद घटनाहरु घटेका छन् ति घटनाहरु घाइते भएकाहरुमा शिघ्र स्वास्थ्य लाभको कामना गर्दछौं ।

    बाढी पहिरोले जताततै सडक अवरुद्ध छन् । काठमाडौं जोड्ने प्राय सडकहरु एकतर्फी मात्र चलेका छन् । यसमा व्यवसायीले ठूलो क्षति व्यहोरेका छन् । महासंघले यस सम्बन्धमा के गर्दैछ ?

    गृहका प्रवक्तासँग कुरा भएको छ । बाटोमा अलपत्र परेका यात्रुहरुलाई पानी र खानाको व्यवस्थापन गर्न र वीपी राजमार्ग खुलाउने विषयमा पनि छलफल भएको छ । सरकारले सर्वदलीय बैठकबाट पनि केही निर्णयहरु गरेको छ । अब गृह मन्त्रालयले नीजि क्षेत्रहरुको पनि बैठक डाकेर सडक खुलाउने विषयमा छलफल गर्ला । प्राकृतिक प्रकोपबाट सृजित पीडाको बेलामा सरोकारवाला सबै एक ठाउँमा आएर राष्ट्रिय शोकका बेला थप दुःखद घटनाहरुलाई न्यूनीकरण गर्ने भन्ने विषयमा छलफल गरिरहेका छौं । अहिले पनि महासंघका तर्फबाट विज्ञप्ति जारी गर्नेदेखि लिएर अन्यहरुसँग पनि सहकार्य गरेर अगाडि बढ्ने भन्ने विषयमा छलफल गरिरहेका छौं । चाँडै नै यो प्राकृतिक प्रकोपले निम्त्याएको क्षतिबाट निस्कन सकिन्छ भन्ने आश गरौं ।

    असोज १२ गतेदेखि अग्रिम बुकिङ खुला गर्नुभयो । भौतिक रुपमा र अनलाइमार्फत टिकट बुक गरेका तर गन्तव्यसम्म पुग्न नसकेको यात्रुहरुको लागि अब के गर्नुहुन्छ ? अहिलेसम्म कतिले बुकिङ गरे ?

    राजमार्ग सुचारु नहुञ्जेल केही भन्ने अवस्था छैन । बुकिङमा रहनुभएका यात्रुहरुलाई समेत यात्रा गर्नुभन्दा एकदिन पहिले सम्पर्क गरेर बाटोको स्थितिबारे बुझ्न आग्रह गर्नु भनेका छौं । बाहिरबाट सवारी साधन उपत्यका आइपुगेपछि मात्र गाडी सञ्चालन गर्न सक्छौं । अहिले नियमित रुपमै चल्ने लामो दुरीका गाडी समेत दुईदिनदेखि ठप्प छन् । अब विस्तारै चाप बढ्दै जान्छ । यस्तो अवस्थामा कसरी अगाडि बढ्ने भन्ने विषयमा अनुमान मात्र गरेर भएन । यस विषयमा सरकारी संयन्त्रसँग छलफल गर्नुपर्ने देखिन्छ । बुकिङ खुलाएको पहिलो दिन यात्रुहरुको जस्तो भीड थियो, आज त्यस्तो छैन । बाटो नखुलिकन बुकिङ मात्र गरेर भएन । जब राजमार्ग सुचारु हुन आउँछ । त्यसपछि टिकटको विषय सहजीकरण गर्दै जाने छौं । अहिलेसम्म कति जनाले टिकट बुक गरे भन्ने यकिन तथ्यांक उपलब्ध छैन । धेरै ठाउँहरुबाट टिकट बुक भइरहेको छ । सबैभन्दा बढी सुदूरपश्चिम तिरको टिकट बुकिङ भयो भन्ने कुरा आएको छ । बुटबल जाने यात्रुको समेत भीड देखिएको छ ।

    तर, चाडपर्वको समयमा व्यवसायीहरुले टिकट लुकाउने, कालोबजारी गर्ने जस्ता गुनासाहरु पनि आइरहेका छन् । यसमा महासंघले के गरिरहेको छ ?

    यस्तो गुनासो र आरोप विगतदेखि नै लाग्ने गरेको छ । यसमा प्रहरी, ट्राफिक प्रहरी र सरकारसँग बसेर उपत्यकामा हेल्प डेस्क स्थापना गर्ने भनेका छौं । भाडादर त सरकारले तोकेको भन्दा बढी लिने कुरा पनि भएन । सरकारले तोकेको अधिकतम मूल्यभन्दा बढी नलिन यातायात व्यवसायीहरुलाई निर्देशन नै दिइरहेका छौं । अनि टिकट काट्ने यात्रुलाई समेत पोसाक लगाएका र गलामा परिचय पत्र राखेका आधिकारिक मान्छेसँग मात्र टिकट काटिदिन हुन अनुरोध गर्दछौं । टिकटमा अनिवार्य रुपमा भाडादर उल्लेख गर्न लगाउन भनेका छौं । त्यसो गर्न सकियो भने सरकारले तोकेकोभन्दा बढी भाडा दर लियो भने कारबाहीको घेराभित्र आइहाल्ने हुन्छ । यसमा सबै सचेत हुनुपर्छ । तर अहिले यात्रुहरु सचेत हुँदा पहिलेको भन्दा यात्रुहरु ठगिने क्रम कम हुँदै गइरहेको छ । यसका अलवा गाडीहरुमा अनुगमन गर्ने गरेका छौं । बिक्रेता संघसँग समेत यसबारेमा कुराकानी गरिरहेका छौं । गाडी बिग्रिन नदिनका लागि बाटोमा समेत प्राविधिकहरु खटाउनका लागि पनि अनुरोध गरेका छौं । यी सबै गरेर नागरिकको सुरक्षित यात्राका लागि प्रतिबद्ध छौं ।

    पछिल्लो समय सवारी दुर्घटनाका घटनाहरु बढीरहेका छन् । चाडवाडका बेला क्षमताभन्दा बढी यात्रु राख्ने, सडकमा चलाउन अयोग्य सवारी चलाउने र चालकको लापरवाही प्रमुख कारण भनिन्छ नि ?

    तपाईले भनेको सत्य हो । यसरी हुने दुर्घटना न्यूनीकरणका लागि विगतदेखि नै काम गरिरहेका छौं । गत वर्षपनि राजमार्गका विभिन्न ठाउँमा विश्रामस्थल राखेर त्यसलाई चेकजाँच गराउने, केही देखिए कारबाही गर्ने काम पनि गर्दै आइरहेका हौं । त्यसकारण सार्वजनिक यातायात गत वर्ष चाडवाडको बेला दुर्घटना भएन । केही साना सवारी दुर्घटनामा परेपनि सार्वजनिक यातायात कहीं पनि दुर्घटनामा परेन । त्यसकाण पोहोरभन्दा अझ राम्रो तयारी गरेर अगाडि बढ्ने सोचेका छौं । यो मौसमका कारण आएको प्रतिकुलतामा कतिको सहज यात्रा दिलाउन सकिन्छ त्यो बारेमा त हामी छलफल गर्ने नै छौं ।

    बाढी र पहिरोका कारण अवरुद्ध राजमार्ग खुलाउन ढिलाइ भएर दशैं मनाउन घर जान नपाइने पो हो कि भन्ने आम जनमानसमा छ । सडक तत्काल खुलाउन सरकारले के गर्नुपर्दछ जस्तो लाग्छ ?

    भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयसँग बसेर जसरी पनि घटस्थापनासम्म सडकलाई स्मुथ बनाउने र त्यसपछि धमाधम यात्रुलाई सहज सेवा दिने भन्न थियो । त्यो सम्भावना अब रहेन । पहिरो खुलाएपछि पनि ढुक्कले यात्रा गरिहाल्नुपर्ने अवस्था छैन । अझै घाम लागेपछि सुक्खा पहिरो त जान्छ जान्छ । तर, सरकारको संयन्त्र र सडकमा काम गरिरहेकाहरुसँग भएको स्रोत र साधनलाई पुरै परिचालन हुने गरेर रातदिन नभनी दशैंभरी परिचालन गर्नुपर्ने स्थिति छ ।

    समग्रमा नेपालमा सडक यातायात त्यति सुरक्षित मानिदैन । वर्षनी सडक दुर्घटनामा मात्रै हजारौं जनाले ज्यान गुमाइरहेका हुन्छन् । सडक दुर्घटना न्यूनीकरणका लागि सरकारको नीति कस्तो हुनुपर्दछ ? अन्य सरोकारवाला निकायहरुले के भूमिका खेल्नुपर्दछ ?

    यो गम्भीर र गहिरो प्रश्न हो । साच्चै नै सडकहरु बेहाल अवस्थामा छन् । पहिले चालकलाई दोष दिएर सबै निकायहरु पन्छिने अवस्था थियो, अहिले त्यस्तो छैन । अहिले दुर्घटना न्यूनीकरणका लागि विभिन्न आयोगहरु पनि बनेका छन् । ति आयोगका प्रतिवेदनहरुले सडकको अवस्था दुर अवस्थामा रहेको प्रतिवेदनहरु छन् । यसका सन्दर्भमा अहिले दुई तीनवटा प्रश्नहरु उठेका छन् । एक त सडक निर्माणका लागि गर्ने टेण्डर प्रथा नै गलत हो कि भन्ने कुरा छ । रकम घटाएर टेण्डर दिनेको टेण्डर पर्ने गरेको छ । यो वैज्ञानिक कुरा होइन कि भन्ने छ । टेण्डर दिँदा त्यसको गुणस्तरलाई हेरिनुपथ्र्यो, त्यसो भएको छैन । अर्को कुरा, टेण्डर लिने कम्पनीले कति समयमा प्रोजेक्टलाई पुरा गर्छ भन्ने कुरा हो । वैज्ञानिक तरिकाले पनि यति समयभित्रमा गुणस्तरीय रुपमा ममंत गर्ने भन्ने कुरा हो तर पूरा गरेको पाइँदैन । ८० रुपैयाँमा बन्ने चिजलाई ३० रुपैयाँमा बनाउँछु भन्दा हुन्छ त ? त्यसको गुणस्तर त समयअनुसार कमजोर हँुदै जाने विषय हो नि । टेण्डरमा लगाउने प्रक्रियालाई नीतिगत रुपमा पुनरावलोकन गर्नुपर्ने छ । तेस्रो, उपलब्ध संयन्त्रलाई कसरी परिचालन गर्ने, सडक कालोपत्रे गर्ने तरिकालाई नै परिवर्तन गर्ने हो कि । प्राकृतिक प्रकोपहरु बाढी र पहिरोले पार्ने क्षतिलाई मध्यनजर गर्दै काम गर्नुपर्छ भन्ने लाग्छ । यसका लागि मेजर सडकहरुमा ढलानको व्यवस्था गर्नुपर्दछ जस्तो लाग्छ । सडक र यातायात त पब्लिकको ज्यानसँग सम्बन्धित कुरा भएको हिसाबले ध्यान दिनुपर्छ । हामीले कुन सडकमा गुडाउनका लागि कस्तो किसिमका सवारी साधनहरु भित्र्यायौं त ? धेरै यस्ता धेरै प्राविधिक कुराहरु हुन्छन् । जसको बारेमा त्यति ध्यान दिएको पाइँदैन । नेपाल भित्रिने सवारीहरु प्राविधिक रुपमा कति सक्षम छन् भन्ने विषयमा जाँच्नुपर्ने बेला पनि भएको छ । समग्र यातायात सेवा र नेपालका सडकका बारेमा व्यापक अध्ययनको जरुरी छ । मुलुकमा पहाडी क्षेत्रहरु धेरै भएका कारणले पनि यातायात सेवा जोखिमयुक्त छ । जोखिमलाई न्यूनीकरण गर्नको लागि के गर्न सकिन्छ भन्ने विषयमा सरकारले पनि सबै निकायसँग समन्वय र सहकार्य गरेर अगाडि बढ्ने भन्ने विषयमा सोच्नुपर्ने बेला भएको छ । सवारी र सवारी चालकको फिटनेस जाँज्ने संयन्त्र कमजोर छ । सातवटै प्रदेशमा यस्तो संयन्त्र बनाउन अति आवश्यक छ ।

    यातायात सुधार सुझाव कार्यदलको प्रतिवेदनले दिएको सुझावमा केछ र कार्यान्वयनको अवस्था कस्तो छ ?

    त्यस प्रतिवेदनका बारेमा धेरै कुरा त म भन्न सक्दिन तर, कार्यदलले १३ महिना लगाएर सुझाव बुझाएको छ । त्यसमा काम पनि भइरहेको छ । प्रतिवेदन प्रतिवेदनका लागि मात्र बनेको छैन भन्ने महसुस गरेको छु । कार्यदलमा सदस्यको रुपमा म पनि थिए । प्रतिवेदनमा नेपालको यातायात क्षेत्रका समस्या, कमजोरी र यसको सुधारका लागि कुन निकायले के काम गर्नुपर्ने हो सबै स्पष्टसँग उल्लेख गरिएको छ । प्रतिवेदन अक्षरश पालना गरिदिने हो भने अहिले भएका समस्याहरुमध्ये ८० प्रतिशत समस्याहरु समाधान हुन्छन् । दुर्घटना न्यूनीकरण, सवारी आयात, चालकका लाइसेन्स र अनुभवदेखि लिएर सार्वजनिक यातायातमा भएका कमिकमजोरीका कुराहरु उक्त प्रतिवेदनले उजागर गरेको छ । प्रतिवेदनलाई कार्यान्वयन गर्ने भन्ने विषयमा समेत सबैले एक भएर सोच्नुपर्ने बेला भएको छ । आशा गरौं उक्त प्रतिवेदन कार्यान्वयन हुनेछ ।

    यातायात प्राधिकरण गठनको प्रक्रियाका बारेमा तपाईहरुले आवाज उठाउन थाल्नुभएको धेरै भइसक्यो । के भइरहेको छ गठनको प्रक्रिया ?

    यस विषयमा आजभन्दा १० वर्ष अगाडि नै आवाज उठाएका थियौं । अब सार्वजनिक यातायातलाई अनुगमन गर्न, नीति बनाउनका लागि प्रविधिमैत्री र जनसरोकारको विषय भएको हुनाले दिगो बनाउनका लागि विभागले काम गर्न सक्दैन भन्ने त प्रमाणित भइ नै सकेको छ । संघीयतामा गइसकेपछि त तीनै तहको सरकारको प्रतिनिधित्व प्राधिकरणले मात्र गर्नसक्छ । गठनका लागि सरकार एकदम उदासिन देखिन्छ । म अध्यक्ष भएर आएदेखि नै कति जना डिजी र मन्त्री नै परिवर्तन भइसक्नुभयो । तर अवस्था अझै उस्तै छ । काठमाडौं उपत्यकामा प्राधिकरण गठन भएको छ । हामी निरन्तर खबरदारी गरिरहेका छौं ।

    प्रतिक्रिया दिनुहोस
    अन्तर्वार्ता सम्बन्धि थप
  • एकै दिनमा १४ वटा गीत रेकर्ड गराएको स्मरण छ : लोक गायक खुमन अधिकारी
    हरप्रहर

    एकै दिनमा १४ वटा गीत रेकर्ड गराएको स्मरण छ : लोक गायक खुमन अधिकारी

  • एनआरएनएलाई सरकारले आवश्यकभन्दा बढि महत्त्व दिइरहेको छ : आरके शर्मा (अन्तर्वार्ता)
    हरप्रहर

    एनआरएनएलाई सरकारले आवश्यकभन्दा बढि महत्त्व दिइरहेको छ : आरके शर्मा (अन्तर्वार्ता)

  • ‘नियम मिच्नेका लागि म आतंक नै हुँ’ : राजु नाथ पाण्डे, काठमाडौं महानगर प्रहरी प्रमुख (अन्तर्वार्ता)
    हरप्रहर

    ‘नियम मिच्नेका लागि म आतंक नै हुँ’ : राजु नाथ पाण्डे, काठमाडौं महानगर प्रहरी प्रमुख (अन्तर्वार्ता)

  • अर्थतन्त्र थोरै सकारात्मक छ तर आशा गरेअनुसार छैन : डा. रघुवीर विष्ट (अन्तर्वार्ता)
    हरप्रहर

    अर्थतन्त्र थोरै सकारात्मक छ तर आशा गरेअनुसार छैन : डा. रघुवीर विष्ट (अन्तर्वार्ता)

  • ताजा खबर
  • १

    नेपाल पत्रकार महासंघ काठमाडौं शाखाको सूचना अधिकारीमा गणेश विक
    ५ घण्टा अघि

  • २

    कांग्रेस र एमालेले दुई जना गभर्नर नियुक्त गरोस : हरि ढकाल
    ३ दिन अघि

  • ३

    सुनचाँदीको मूल्य घट्यो
    ३ दिन अघि

  • ४

    सरकार पूरा अवधि टिक्छ, फोन र भेटघाटले गठबन्धन तलमाथि हुँदैन् : गृहमन्त्री लेखक
    ५ दिन अघि

  • ५

    विद्युतको शुल्क बुझाउने विषयमा विवाद आउनु लज्जास्पद : मन्त्री खड्का
    १ हफ्ता अघि

  • Logo

    www.harprahar.com
    हरप्रहर – निष्पक्ष खबर

    मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित

    सम्पादक : सुभद्रा लम्साल

    सातदोबाटो, ललितपुर, बागमती प्रदेश

    [email protected]

    ९८५११६८१२२

    सूचना विभाग दर्ता नम्बर: १९९२

    प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७

    सूचना-लेख-रचनाका लागि :

    [email protected]

    हाम्रो टीम  ||  हाम्रो बारे

    फेसबुक

    © २०७८ हरप्रहर मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution