कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज बुधबारको लागि मूल्य सार्वजनिक गरेको छ ।
जसअनुसार आज मुडेको आलु प्रतिकेजी न्यूनतम ८० रुपैयाँ पुगेको छ भने सुकेको प्याज १०३ रुपैयाँ कायम रहेको छ ।
त्यस्तै, स्थानीय काउलीको मूल्य प्रतिकेजी १०० रुपैयाँ पुगेको छ भने रातो मूला ३० रुपैयाँ रहेको छ । गोलभेडा ठूलो १४०, लोकल गोलभेडा सानो ५५ रुपैयाँ रहेको छ ।
रायोको साग प्रतिकेजी १३० रुपैयाँ, बरेला १०० रुपैयाँ, कन्य च्याउ १३० रुपैयाँ, ब्रोकाउली १४० रुपैयाँ रहेको छ ।
आज हरियो खुर्सानीको भाउ प्रतिकेजी २०० रुपैयाँ रहेको छ भने, सुकेको खुर्सानी ४२० रुपैयाँ रहेको छ । फूजी स्याउ २६० रुपैयाँ कायम भएको छ । केराको मूल्य १५० पुगेको छ । अनारको मूल्य ३८० रुपैयाँ तोकिएको छ ।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सौगात मिश्र
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
०१५१५११९३, ९८५११६८१२३
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७
सूचना-लेख-रचनाका लागि :
विज्ञापनका लागि : ०१-५१५११९३, ९८०१०६८१२३