Logo
  • मुख्य समाचार
  • समाचार
  • फिचर स्टोरी
  • समाज
  • पालिका न्युज
  • परदेश
  • आर्थिक
  • शिक्षा
  • स्वास्थ्य / जीवनशैली
  • खेलकुद
  • मनाेरञ्जन
  • कृषि
  • सूचना-प्रविधि
  • अन्तर्वार्ता
  • विचार/ब्लग
  • विश्व
  • साहित्य
  • स्थानीय
  • पत्रपत्रिका
  • हरप्रहर टि.भी.
  • जानकारी
  • विविध
२०८२ कार्तिक २५, सोमबार

    ट्रेन्डीङ्ग

Logo
  • गृह
  • समाचार
  • समाज
  • पालिका न्युज
  • परदेश
  • आर्थिक
  • विश्व
  • खेलकुद
  • हरप्रहर टि.भी.
  • अन्य
    • फिचर स्टोरी
    • विचार/ब्लग
    • साहित्य
    • कृषि
    • शिक्षा
    • मनाेरञ्जन
    • अन्तर्वार्ता
    • स्थानीय
    • विविध
    • सूचना-प्रविधि
    • स्वास्थ्य / जीवनशैली
    • जानकारी
    • पत्रपत्रिका
  • ताजा१२
  • रुचाईएका

ताजा अपडेट

१

दक्षिण कोरियामा ट्रम्प–सी वार्ता : व्यापार समझदारीतर्फ सकरात्मक संकेत

१ हफ्ता अघि
२

जेनेरेशन जेडको आवाज हाम्रो पनि आवाज हो : प्रचण्ड

३ हफ्ता अघि
३

हेटौंडामा खसी–बोकाको कारोबार सुस्त, मूल्य भने उकालो

१ महिना अघि
४

भक्तपुरमा खसी–बोका र च्याङ्ग्राको व्यापार : ग्राहक कम भएपनि व्यापारी उत्साहित

१ महिना अघि
५

राष्ट्रपति र प्रधानमन्त्रीबीच भेटवार्ता

१ महिना अघि
६

सिराहामा १५ वर्षीय किशोरको अपहरणपछि हत्या, क्षतविक्षत अवस्थामा शव फेला

१ महिना अघि
७

६ महिनामा केही काम गर्न सकिन्छ तर कायापलट गर्न सकिन्न : मन्त्री खरेल

१ महिना अघि
८

जेनजी पुस्ताको आन्दोलन सफल भएको गृहमन्त्रीको दाबी

१ महिना अघि
९

आगजनी गरिएका सवारी साधनका नम्बर प्लेट किन जल्दैनन् ?

१ महिना अघि
१०

यस वर्षको दशैंको टीकाको उत्तम साइत ११ बजेर ५३ मा

१ महिना अघि
११

डेडिकेटेड ट्रंकलाइनको बक्यौता रकम असुल्ने मन्त्री घिसिङको पहिलो निर्णय 

१ महिना अघि
१२

जेनजी आन्दोलनमा मारिएकाहरुलाई शहीद घोषणा गरिने

१ महिना अघि

धेरै पढिएका

१

जेनेरेशन जेडको आवाज हाम्रो पनि आवाज हो : प्रचण्ड

३ हफ्ता अघि
२

दक्षिण कोरियामा ट्रम्प–सी वार्ता : व्यापार समझदारीतर्फ सकरात्मक संकेत

१ हफ्ता अघि

बेनी पुगेर प्रचण्डले भने : गल्ती भएकै हो, अब सच्याउँछौं

हरप्रहर डेस्क काठमाडौँ प्रकाशित मिति: २०८१ माघ २२, मंगलबार (९ महिना अघि)

  • २१५ पटक पढिएको
  • नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टीलाई आफ्नै वर्ग र समुदायतर्फ फर्काएर जनताको सेवामा जुट्ने अभियान सुरु गरिएको बताएका छन् ।
    माओवादी केन्द्र म्याग्दीले मंगलबार बेनीमा आयोजना गरेको खबरदारी सभालाई सम्बोधन गर्दै उनले नेपालको राजनीतिक परिवर्तनमार्फत जनतालाई अधिकार सम्पन्न बनाउन माओवादीले निर्णायक र ऐतिहासिक आन्दोलनको अगुवाई गरे पनि पछिल्लो समय पार्टीले केही त्रुटि गरेको स्वीकार गरे ।

    उनले भने, ‘हामीले पार्टी एकता कायम राख्न सकेनौं, आफ्नो वर्ग र समुदायबाट केही टाढा हुनपुग्यौं । म अन्तरआत्माका साथ भन्न चाहन्छु, गल्ती भएकै हो । अब फेरि आफ्नै वर्ग र समुदायमा फर्कने सङ्कल्पका साथ अघि बढेका छौं ।’

    यस्तै, उनले पार्टीले के के राम्रा काम गर्यो, कहाँ चुकियो र अब के गर्छ भनेर खुलस्तरुपमा जनताको बीचमा जाने अभियान सुरु गरिएको उल्लेख गर्दै अब फेरि पनि जनताको तागतका साथ अघि बढ्ने बताए ।

    उनले भने, ‘हिजो क्रान्तिको बेलामा जंगलमा होइन जनताको काखमा थियौं बरु पछि गएर दलाल र बिचौलियाको घेरामा पर्दा जंगलमा फसेजस्तो भयो । फेरि अब हामीले त्यो घेरा तोडेका छौं । अब जनतासँगै रहेर सुशासन, सामाजिक न्याय र समृद्धिको एजेण्डाका साथ अघि बढ्ने छौं । अहिले प्राप्त भएको चेतना र जिम्मेवारीबोध अनि २०६४ को जनमतबीच तालमेल हुने हो भने देशलाई नयाँ ठाउँमा उठाइनेछ । ०८४ मा ६४ भन्दा राम्रो जनमत प्राप्त गर्ने हो भने देशबाट भ्रष्टाचारको जरोकिलो उखेलेर फालिने छ । म अहिले यही अपिलका साथ देशब्यापी अभियानमा हिडेको छु र अब चाँडै सिंगो पार्टीपंक्ति देशव्यापी अभियानमा जुट्ने छ ।’

    आफूले तेस्रोपटक सरकारको नेतृत्व गर्दा भ्रष्टाचारका विरुद्ध र सुशासनका पक्षमा ऐतिहासिक अभियानको सुरुवात गरेको उल्लेख गर्दै अध्यक्ष प्रचण्डले सेटिङमा देश चलाउनेहरुका विरुद्ध धावा बोलिएको बताए ।

    आफू चीन भ्रमणमा गएको बेलामा परम्परागत आठवटा नाका खोल्ने समझदारीमा हस्ताक्षर गरिएको र यसले उत्तरी छिमेकीसँगको आवागमन थप सहज बन्ने प्रक्रियाको थालनी गरिएको उल्लेख गर्दै अध्यक्ष प्रचण्डले त्यसक्रममा आफूले चीनसँग पनि विद्युत ब्यापारको बाटो खोल्ने समझदारीमा हस्ताक्षर गरेको स्मरण गराए ।
    उनले आफ्नो नेतृत्वको सरकारले राष्ट्रिय र अन्तर्राष्ट्रियरुपमा गरेका यी ऐतिहासिक कामबाट तर्सेर नै भ्रष्टाचारी, बिचौलिया र दलालहरुले सरकार ढालेको नेपाली जनताले छोटै अवधिमा स्पष्टसँग बुझेको बताए ।

    उनले भने, ‘संविधान मिच्न, भ्रष्टाचारीलाई जोगाउन, जनतामाथि निरंकुशता लाद्न र सुशासन विरोधी अभियान अवरुद्ध पार्न नै यो सरकार बनेको हो भन्ने अब घामजस्तै स्पष्ट भइसकेको छ ।’

    आफूले पहिलो कार्यकालमा राष्ट्रिय एकता कायम गर्दै संविधान कार्यान्वायन गरिएको, गरिब किसानलाई ऋणमुक्त गरिएको र मध्यपहाडी लोकमार्गलगायत महत्वपूर्ण पूर्वाधारको थालनी गरिएको उल्लेख गर्दै अध्यक्ष प्रचण्डले दोस्रोपटक प्रधानमन्त्री भएको बेलामा १८ घण्टासम्मको लोडसेडिङ अन्त्य गरेको स्मरण गराए ।

    यसको साथै, उनले माओवादीले जनताको बलमा सरकार सञ्चालन गर्ने अवसर पाउँदा नमूना काम गर्ने गरेको उल्लेख गर्दै देशभरिका स्थानीय तहमा २५ उत्कृष्ट पालिकामध्ये पहिलो, दोस्रो र तेस्रो स्थानसहित ११ वटा माओवादीले नेतृत्व गरेका पालिका आएको बताए ।

    प्रतिक्रिया दिनुहोस
    मुख्य समाचार सम्बन्धि थप
  • दक्षिण कोरियामा ट्रम्प–सी वार्ता : व्यापार समझदारीतर्फ सकरात्मक संकेत
    हरप्रहर

    दक्षिण कोरियामा ट्रम्प–सी वार्ता : व्यापार समझदारीतर्फ सकरात्मक संकेत

  • जेनेरेशन जेडको आवाज हाम्रो पनि आवाज हो : प्रचण्ड
    हरप्रहर

    जेनेरेशन जेडको आवाज हाम्रो पनि आवाज हो : प्रचण्ड

  • हेटौंडामा खसी–बोकाको कारोबार सुस्त, मूल्य भने उकालो
    हरप्रहर

    हेटौंडामा खसी–बोकाको कारोबार सुस्त, मूल्य भने उकालो

  • भक्तपुरमा खसी–बोका र च्याङ्ग्राको व्यापार : ग्राहक कम भएपनि व्यापारी उत्साहित
    हरप्रहर

    भक्तपुरमा खसी–बोका र च्याङ्ग्राको व्यापार : ग्राहक कम भएपनि व्यापारी उत्साहित

  • ताजा खबर
  • १

    दक्षिण कोरियामा ट्रम्प–सी वार्ता : व्यापार समझदारीतर्फ सकरात्मक संकेत
    १ हफ्ता अघि

  • २

    जेनेरेशन जेडको आवाज हाम्रो पनि आवाज हो : प्रचण्ड
    ३ हफ्ता अघि

  • ३

    हेटौंडामा खसी–बोकाको कारोबार सुस्त, मूल्य भने उकालो
    १ महिना अघि

  • ४

    भक्तपुरमा खसी–बोका र च्याङ्ग्राको व्यापार : ग्राहक कम भएपनि व्यापारी उत्साहित
    १ महिना अघि

  • ५

    राष्ट्रपति र प्रधानमन्त्रीबीच भेटवार्ता
    १ महिना अघि

  • Logo

    www.harprahar.com
    हरप्रहर – निष्पक्ष खबर

    मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित

    सम्पादक : सुभद्रा लम्साल

    सातदोबाटो, ललितपुर, बागमती प्रदेश

    [email protected]

    ९८५११६८१२२

    सूचना विभाग दर्ता नम्बर: १९९२

    प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७

    सूचना-लेख-रचनाका लागि :

    [email protected]

    हाम्रो टीम  ||  हाम्रो बारे

    फेसबुक

    © २०७८ हरप्रहर मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution