Logo
  • मुख्य समाचार
  • समाचार
  • फिचर स्टोरी
  • समाज
  • पालिका न्युज
  • परदेश
  • आर्थिक
  • शिक्षा
  • स्वास्थ्य / जीवनशैली
  • खेलकुद
  • मनाेरञ्जन
  • कृषि
  • सूचना-प्रविधि
  • अन्तर्वार्ता
  • विचार/ब्लग
  • विश्व
  • साहित्य
  • स्थानीय
  • पत्रपत्रिका
  • हरप्रहर टि.भी.
  • जानकारी
  • विविध
२०८२ कार्तिक २५, सोमबार

    ट्रेन्डीङ्ग

Logo
  • गृह
  • समाचार
  • समाज
  • पालिका न्युज
  • परदेश
  • आर्थिक
  • विश्व
  • खेलकुद
  • हरप्रहर टि.भी.
  • अन्य
    • फिचर स्टोरी
    • विचार/ब्लग
    • साहित्य
    • कृषि
    • शिक्षा
    • मनाेरञ्जन
    • अन्तर्वार्ता
    • स्थानीय
    • विविध
    • सूचना-प्रविधि
    • स्वास्थ्य / जीवनशैली
    • जानकारी
    • पत्रपत्रिका
  • ताजा१२
  • रुचाईएका

ताजा अपडेट

१

दक्षिण कोरियामा ट्रम्प–सी वार्ता : व्यापार समझदारीतर्फ सकरात्मक संकेत

१ हफ्ता अघि
२

जेनेरेशन जेडको आवाज हाम्रो पनि आवाज हो : प्रचण्ड

३ हफ्ता अघि
३

हेटौंडामा खसी–बोकाको कारोबार सुस्त, मूल्य भने उकालो

१ महिना अघि
४

भक्तपुरमा खसी–बोका र च्याङ्ग्राको व्यापार : ग्राहक कम भएपनि व्यापारी उत्साहित

१ महिना अघि
५

राष्ट्रपति र प्रधानमन्त्रीबीच भेटवार्ता

१ महिना अघि
६

सिराहामा १५ वर्षीय किशोरको अपहरणपछि हत्या, क्षतविक्षत अवस्थामा शव फेला

१ महिना अघि
७

६ महिनामा केही काम गर्न सकिन्छ तर कायापलट गर्न सकिन्न : मन्त्री खरेल

१ महिना अघि
८

जेनजी पुस्ताको आन्दोलन सफल भएको गृहमन्त्रीको दाबी

१ महिना अघि
९

आगजनी गरिएका सवारी साधनका नम्बर प्लेट किन जल्दैनन् ?

१ महिना अघि
१०

यस वर्षको दशैंको टीकाको उत्तम साइत ११ बजेर ५३ मा

१ महिना अघि
११

डेडिकेटेड ट्रंकलाइनको बक्यौता रकम असुल्ने मन्त्री घिसिङको पहिलो निर्णय 

१ महिना अघि
१२

जेनजी आन्दोलनमा मारिएकाहरुलाई शहीद घोषणा गरिने

१ महिना अघि

धेरै पढिएका

१

जेनेरेशन जेडको आवाज हाम्रो पनि आवाज हो : प्रचण्ड

३ हफ्ता अघि
२

दक्षिण कोरियामा ट्रम्प–सी वार्ता : व्यापार समझदारीतर्फ सकरात्मक संकेत

१ हफ्ता अघि

बङ्गलादेशमा विद्युत व्यापारबाट पाँच महिनामा एक अर्ब २५ करोड आम्दानी हुन्छ : उर्जामन्त्री खड्का

हरप्रहर डेस्क काठमाडौँ प्रकाशित मिति: २०८२ अषाढ १, आईतबार (४ महिना अघि)

  • २६० पटक पढिएको
  • उर्जा, जलस्रोत तथा सिंचाईमन्त्री दिपक खड्काले बङ्गलादेशमा विद्युत व्यापारबाट पाँच महिनामा रु एक अर्ब २५ करोड बराबर आम्दानी हुने बताए ।

    यसवर्ष नेपालबाट बङ्गलादेश विद्युत निर्यात सुरु भएको अवसरमा आज उर्जा मन्त्रालयमा भएको पत्रकार सम्मेलनमा बोल्दै मन्त्री खड्काले नेपालबाट बङ्गलादेश दैनिक ४० मेगावाट विद्युत निर्यात गरेर मासिक २५ करोड बराबर र पाँच महिनामा रु एक अर्ब २५ करोड बराबर आम्दानी हुने बताए ।

    नेपाल विद्युत प्राधिकरणले गएराती १२ बजेबाट भारतीय प्रसारण लाईन हुँदै ४० मेगावाट विद्युत बङ्गलादेश विद्युत निर्यात गरेको थियो । गत वर्ष कात्तिक ३० (नोबेम्बर १५) मा पहिलोपटक ११ घण्टा ३० मीनेटका लागि भारतीय प्रसारण लाईन हुँदै बङ्गलादेश विद्युत निर्यात गरेको प्राधिकरणले यसवर्ष गएराती १२ बजेदेखि पुनः ४० मेगावाट विद्युत निर्यात सुरु गरेको हो ।

    गतवर्षको असोज १७ गते नेपाल विद्युत प्राधिकरण, बंगलादेश पावर डेभलपमेन्ट बोर्ड र एनटीपीसी विद्युत् व्यापार निगम लिमिटेड भारतबिच विद्युत विक्रि सम्झौतामा हस्ताक्षर भएसँगै अघिल्लो सिजनको अन्तिम दिन अर्थात् कात्तिक ३० गते दिउँसो १२ बजेदेखि राती १२ बजेसम्म विद्युत निर्यात भएको थियो ।

    उर्जामन्त्री खड्काले वर्षायाममा नेपाललाई बढी भएको विद्युत छिमेकी मुलुक भारतसँगै बङ्गलादेशमा निर्यात गर्दा नेपालको समृद्धिमा सहयोग पुगेको बताए । गत वर्षदेखि नेपालले विद्युत आयतभन्दा निर्यात धेरै गर्दै आएको मन्त्री खड्काको भनाई थियो ।

    उनले लुकको दिगो आर्थिक विकासका लागि उर्जा क्षेत्र भरपर्दो माध्याम भएकाले यस क्षेत्रमा सरकारले अझ बढी ध्यान दिएर काम गर्दै आएको बताए । “सरकारले आन्तरिक विद्युत खपतलाई भरपर्दो र सुरक्षित बनाउने गरी काम गरिरहेको छ,”– मन्त्री खड्काले बताए ।

    उनले विद्युत क्षेत्रको विकासलाई सरकारले उच्च प्राथमिकतामा राखेर साना आयोजनाका साथसाथै बुढिगण्डकी, अपर अरुणलगायतका ठूला आयोजनालाई अगाडि बढाउन लागिरहेको उल्लेख गरे । विद्युत व्यापारले नेपालको समृद्धिको आधारलाई झन् बलियो बनाउँदै लगेको मन्त्री खड्काको भनाई थियो ।

    उर्जामन्त्री खड्काले जलविद्युत क्षेत्रमार्फत गरिब तथा विपन्न नागरिकलाई सम्पन्न बनाउनका लागि सरकारले विनाधितो रु दुईलाखदेखि पाँच लाखसम्मको शेयर प्रदान गर्न लागिरहेको बताए । नेपालले हरेक वर्ष पाँच महिना बर्षाद्को समयमा बढी भएको बिजुली छिमेकी मुलुक भारतलाई निर्यात गर्दै आएको छ ।

    आजदेखि बङ्गलादेश निर्यात सुरु गरिएको विद्युत आगामी नोभेम्बर १५ सम्म निर्यात हुनेछ । पाँच महिनाको अवधिमा १४ करोड ६८ लाख ८० हजार युनिट विद्युत निर्यात हुनेछ । उक्त विद्युत नेपालको ४०० केभी ढल्केबर सबस्टेशनबाट भारतको मुजफरपुर, बेहरामपुर हुदै बङ्गलादेशको भेरमारा सबस्टेशनसम्म पुग्नेछ ।

    पत्रकार सम्मेलनमा उर्जा मन्त्रालयका सचिव सुरेश आचार्यले नेपाल भारत र बंगलादेशबीच भएको त्रिपक्षीय सम्झौताअनुसार नेपालबाट बंगलादेश विद्युत निर्यात गरिएको बताए । उहाँले आगामी दिनमा बढी भन्दा बढी विद्युत बंगलादेश निर्यात गर्नका लागि छलफल भइरहेको स्पष्ट पारे ।

    पत्रकार सम्मेलनमा नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले अब नेपाल उर्जा व्यापारको युगमा प्रवेश गरेको भन्दै भारत र वंगलादेशमा विजुली निर्यात गरि अर्बौ आम्दानी हुने बताए ।

    “अहिले लोडसेडिङ छैन र हुँदैन पनि, उत्पादित विजुली बढी भएरै बिक्री सुरु गरिएको छ, ट्रिपिङको समस्या कहिलेकाँही देखिएर झ्याप झ्याप बत्ति जाने गरेपनि यसलाई हटाउँदै लगिएको छ,“– उनले भने ।

    त्यस्तै, नेपालले जुन १ देखि हरियाणा राज्यमा १८५ मेगावाट विद्युत निर्यात गर्दै आएकोमा आइतबार अर्थात जून १५ बाट बढाएर २०० मेगावाट विक्रि गरेको छ । त्यस्तै विहारमा पनि ८० मेगावाट विद्युत आइतबारबाटै निर्यात हुन सुरु भएको छ ।

    प्रतिक्रिया दिनुहोस
    मुख्य समाचार सम्बन्धि थप
  • दक्षिण कोरियामा ट्रम्प–सी वार्ता : व्यापार समझदारीतर्फ सकरात्मक संकेत
    हरप्रहर

    दक्षिण कोरियामा ट्रम्प–सी वार्ता : व्यापार समझदारीतर्फ सकरात्मक संकेत

  • जेनेरेशन जेडको आवाज हाम्रो पनि आवाज हो : प्रचण्ड
    हरप्रहर

    जेनेरेशन जेडको आवाज हाम्रो पनि आवाज हो : प्रचण्ड

  • हेटौंडामा खसी–बोकाको कारोबार सुस्त, मूल्य भने उकालो
    हरप्रहर

    हेटौंडामा खसी–बोकाको कारोबार सुस्त, मूल्य भने उकालो

  • भक्तपुरमा खसी–बोका र च्याङ्ग्राको व्यापार : ग्राहक कम भएपनि व्यापारी उत्साहित
    हरप्रहर

    भक्तपुरमा खसी–बोका र च्याङ्ग्राको व्यापार : ग्राहक कम भएपनि व्यापारी उत्साहित

  • ताजा खबर
  • १

    दक्षिण कोरियामा ट्रम्प–सी वार्ता : व्यापार समझदारीतर्फ सकरात्मक संकेत
    १ हफ्ता अघि

  • २

    जेनेरेशन जेडको आवाज हाम्रो पनि आवाज हो : प्रचण्ड
    ३ हफ्ता अघि

  • ३

    हेटौंडामा खसी–बोकाको कारोबार सुस्त, मूल्य भने उकालो
    १ महिना अघि

  • ४

    भक्तपुरमा खसी–बोका र च्याङ्ग्राको व्यापार : ग्राहक कम भएपनि व्यापारी उत्साहित
    १ महिना अघि

  • ५

    राष्ट्रपति र प्रधानमन्त्रीबीच भेटवार्ता
    १ महिना अघि

  • Logo

    www.harprahar.com
    हरप्रहर – निष्पक्ष खबर

    मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित

    सम्पादक : सुभद्रा लम्साल

    सातदोबाटो, ललितपुर, बागमती प्रदेश

    [email protected]

    ९८५११६८१२२

    सूचना विभाग दर्ता नम्बर: १९९२

    प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७

    सूचना-लेख-रचनाका लागि :

    [email protected]

    हाम्रो टीम  ||  हाम्रो बारे

    फेसबुक

    © २०७८ हरप्रहर मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution