Logo
  • मुख्य समाचार
  • समाचार
  • फिचर स्टोरी
  • समाज
  • पालिका न्युज
  • परदेश
  • आर्थिक
  • शिक्षा
  • स्वास्थ्य / जीवनशैली
  • खेलकुद
  • मनाेरञ्जन
  • कृषि
  • सूचना-प्रविधि
  • अन्तर्वार्ता
  • विचार/ब्लग
  • विश्व
  • साहित्य
  • स्थानीय
  • पत्रपत्रिका
  • हरप्रहर टि.भी.
  • जानकारी
  • विविध
२०८२ पौष १, मंगलबार

    ट्रेन्डीङ्ग

Logo
  • गृह
  • समाचार
  • समाज
  • पालिका न्युज
  • परदेश
  • आर्थिक
  • विश्व
  • खेलकुद
  • हरप्रहर टि.भी.
  • अन्य
    • फिचर स्टोरी
    • विचार/ब्लग
    • साहित्य
    • कृषि
    • शिक्षा
    • मनाेरञ्जन
    • अन्तर्वार्ता
    • स्थानीय
    • विविध
    • सूचना-प्रविधि
    • स्वास्थ्य / जीवनशैली
    • जानकारी
    • पत्रपत्रिका
  • ताजा१२
  • रुचाईएका

ताजा अपडेट

१

काे हुन् एमाले महाधिवेशनमा सचिवका उम्मेद्वार ठाकुर गैरे ?

१ दिन अघि
२

जब ९८ वर्षीय नन्दबहादुरले टोपी झिकेर पुललाई ढोगे…

२ दिन अघि
३

सम्पदा प्रवर्द्धन सम्बन्धी फिचर लेखन तालिम सम्पन्न

२ दिन अघि
४

केपी ओलीले एमालेलाई बदनाम गराए : अरबिन्द्र सिंह

६ दिन अघि
५

‘केपी ओलीलाई महिलाहरुमाथि अपमान गर्ने अधिकार कसले दियो ?’

१ हफ्ता अघि
६

कांग्रेस १५ औँ महाधिवेशनको सम्पूर्ण प्रक्रिया द्रुत गतिमा अघि बढ्छ : डा.महत

२ हफ्ता अघि
७

दक्षिण कोरियामा ट्रम्प–सी वार्ता : व्यापार समझदारीतर्फ सकरात्मक संकेत

१ महिना अघि
८

जेनेरेशन जेडको आवाज हाम्रो पनि आवाज हो : प्रचण्ड

२ महिना अघि
९

हेटौंडामा खसी–बोकाको कारोबार सुस्त, मूल्य भने उकालो

२ महिना अघि
१०

भक्तपुरमा खसी–बोका र च्याङ्ग्राको व्यापार : ग्राहक कम भएपनि व्यापारी उत्साहित

२ महिना अघि
११

राष्ट्रपति र प्रधानमन्त्रीबीच भेटवार्ता

२ महिना अघि
१२

सिराहामा १५ वर्षीय किशोरको अपहरणपछि हत्या, क्षतविक्षत अवस्थामा शव फेला

२ महिना अघि

धेरै पढिएका

१

कांग्रेस १५ औँ महाधिवेशनको सम्पूर्ण प्रक्रिया द्रुत गतिमा अघि बढ्छ : डा.महत

२ हफ्ता अघि
२

केपी ओलीले एमालेलाई बदनाम गराए : अरबिन्द्र सिंह

६ दिन अघि
३

‘केपी ओलीलाई महिलाहरुमाथि अपमान गर्ने अधिकार कसले दियो ?’

१ हफ्ता अघि
४

काे हुन् एमाले महाधिवेशनमा सचिवका उम्मेद्वार ठाकुर गैरे ?

१ दिन अघि
५

सम्पदा प्रवर्द्धन सम्बन्धी फिचर लेखन तालिम सम्पन्न

२ दिन अघि
६

जब ९८ वर्षीय नन्दबहादुरले टोपी झिकेर पुललाई ढोगे…

२ दिन अघि

स्थानीय सरकारको सञ्चार नीति सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न

हरप्रहर डेस्क काठमाडौँ प्रकाशित मिति: २०८२ अषाढ २, सोमबार (६ महिना अघि)

  • २७४ पटक पढिएको
  • नेपाल पत्रकार महासंघ उपत्यका प्रदेश समितिको आयोजना तथा बुढानीलकण्ड नगरपालिकाको समन्वयमा स्थानीय सरकारको सञ्चार नीति सम्बन्धी ‘मेयरसँग पत्रकार महासंघ’ विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । नगरपालिकाको कार्यालय, हात्तिगौडा काठमाडौंमा सोमबार आयोजित कार्यक्रममा स्थानीय सरकारले सूचना र सञ्चार सम्बन्धी गरिरहेका अभ्यास, गर्नसक्ने विषयहरुको समिक्षा तथा संविधान र कानुनले दिएको अधिकार र त्यसको कार्यान्वयनका विविध विषयमा छलफल भएको हो ।

    कार्यक्रममा सम्बोधन गर्दै नगर प्रमुख मिठाराम अधिकारीले पत्रकारहरु आचारसंहिता अनुसार चल्नुपर्नेमा जोड दिए । उनले विगतको तुलनामा अहिले विकास निर्माणसहित विभिन्न क्षेत्रमा धेरै सुधार भएको जनाउँदै मिडियाले कलम चलाउँदा हिजोको परिवर्तन र अहिलेको परिवर्तनको तुलना गरेर समाजमा सकरात्मक सूचना प्रवाह गर्न आवश्यक रहेको बताए ।

    सञ्चार सम्बन्धी नीतिको छलफलप्रति उनले कार्यक्रम उपयोगी र प्रभावकारी भएको उल्लेख गर्दै सुरुवाती चरणमा नै यस्ता कार्यक्रम गर्न सकेको भए अझै प्रभावकारी हुने धारणा राखे । नेपाल पत्रकार महासंघका महासचिव राम प्रसाद दाहालले सञ्चार सम्बन्धी नीतिहरु बनाउँदा संविधानको मर्म र भावना विपरित हुने गरी बनाउन नहुने बताए । उनले कार्यक्रममा उठेका विषयलाई केन्द्रित हुँदै निक्कै महत्वपूर्ण विषयमा छलफल भएको र यस्ता कार्यक्रमहरुलाई अझै प्रभावकारी बनाउँदै लैजानुपर्ने बताए ।

    उपप्रमुख अनिता लामाले मिडियाले कसैलाई पनि देवत्वकरण नगरी सत्य कुरा मात्र सम्प्रेषण गर्नुपर्ने बताइन् । जनप्रतिनिधीहरु रातदिन नभनी सेवाग्राहीको लागी खटिरहेको भन्दै उनले पुल र त्रिशुल दुवै बनिदिन पत्रकारहरुलाई आग्रह समेत गरिन् । प्रमुख कार्यकारी अधिकृत अजय बर्तौलाले मिडियाले नकरात्मक विषयलाई मात्र उठाउने गरेको उल्लेख गर्दै सकरात्मक विषयलाई पनि प्राथमिकता दिनुपर्ने बताए ।

    बरिष्ठ पत्रकार तथा प्रेस काउन्सिल नेपालका पूर्व कार्यबाहक अध्यक्ष गोपाल बुढाथोकीले स्थानीय सरकारहरु पारदर्शी, सञ्चारमैत्री र विकासमैत्री हुन आवश्यक रहेको बताए । उनले नगरपालिकाले विकासका काममा गति दिएर र छिटो छरितो सेवा सुविधा प्रदान गरेर नगरबासीलाई नगरबासी भएको महसुस गराउन आवश्यक रहेको औंल्याए । कार्यक्रमका अध्यक्ष समेत गरिरहेका उपत्यका प्रदेश समितिका अध्यक्ष टेनिस रोकाले स्थानीय सरकारले नीति नै बनाएर भ्रामक सूचना सचेतना सम्बन्धी कार्यक्रम, सूचनाको हकको कार्यान्वयन लगायतका विषयहरु सञ्चालन गर्न सुझाव दिए ।

    उनले यस्ता कार्यक्रम विद्यालयमा लक्षित गर्नु आवश्यकता रहेको औंल्याए । कार्यक्रममा नगरपालिकाको प्रमुख अधिकारी, उपप्रमुख लामा, प्रमुख प्रशासकिय अधिकृत बर्तौला, नेपाल पत्रकार महासंघका महासचिव रामप्रसाद दाहाल, बरिष्ठ पत्रकार तथा प्रेस काउन्सिल नेपालका पूर्व कार्यबाहक अध्यक्षबुढाथोकी, प्रेस चौतारी नेपालका बरिष्ठ नेता विश्वमणी सुवेदी, नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य अर्जुन पन्त, प्रेस सेन्टर नेपालका केन्द्रिय सदस्य सागर पन्त, बरिष्ठ पत्रकार बालकुमार नेपाल, पत्रकार महासंघ उपत्यका प्रदेश र काठमाडौं शाखाका कार्यसमितिका पदाधिकारी तथा सदस्यहरु, नगर कार्यपालिका सदस्यहरु, स्थानीय मिडियाका सम्पादक लगायतको उपस्थिति रहेको थियो । कार्यक्रममा वडापालिका डकमकका प्रधानसम्पादक डिल्ली आचार्यले स्थानीय सरकारले मिडिया सम्बन्धी गरिरहेका अभ्यास र अब गर्नुपर्ने विषय समेटिएको एक कार्यपत्र प्रस्तुत गरेका थिए ।

    कार्यक्रमका सहभागीहरुले स्थानीय सरकारले मिडिया नीति बनाएर अघि बढ्नुपर्ने, नगरपालिकाको काम कारबाही पारदर्शी र सेवाग्राहीमुखी हुुनुपर्ने, सञ्चार नीति बनाउँदा स्थानीय मिडियालाई प्राथमिकता दिनुपर्ने लगायतका विषय उठाएका छन् ।

    प्रतिक्रिया दिनुहोस
    स्थानीय सम्बन्धि थप
  • रास्वपा तारकेश्वरले पदयात्रा तथा योग ध्यान कार्यक्रम आयोजना गर्दै
    हरप्रहर

    रास्वपा तारकेश्वरले पदयात्रा तथा योग ध्यान कार्यक्रम आयोजना गर्दै

  • पत्रकार महासंंघ ललितपुरको कार्यमूलक बैठक : हीरा–सिद्धि पत्रकारिता पुरस्कार स्थापना
    हरप्रहर

    पत्रकार महासंंघ ललितपुरको कार्यमूलक बैठक : हीरा–सिद्धि पत्रकारिता पुरस्कार स्थापना

  • ‘लागू औषध न्यूनीकरणमा पत्रकारको भूमिका’ विषयक अन्तरक्रिया सम्पन्न
    हरप्रहर

    ‘लागू औषध न्यूनीकरणमा पत्रकारको भूमिका’ विषयक अन्तरक्रिया सम्पन्न

  • संस्कृति पुस्तान्तरणको लागि मेलाको आयोजना हुँदै
    हरप्रहर

    संस्कृति पुस्तान्तरणको लागि मेलाको आयोजना हुँदै

  • ताजा खबर
  • १

    काे हुन् एमाले महाधिवेशनमा सचिवका उम्मेद्वार ठाकुर गैरे ?
    १ दिन अघि

  • २

    जब ९८ वर्षीय नन्दबहादुरले टोपी झिकेर पुललाई ढोगे…
    २ दिन अघि

  • ३

    सम्पदा प्रवर्द्धन सम्बन्धी फिचर लेखन तालिम सम्पन्न
    २ दिन अघि

  • ४

    केपी ओलीले एमालेलाई बदनाम गराए : अरबिन्द्र सिंह
    ६ दिन अघि

  • ५

    ‘केपी ओलीलाई महिलाहरुमाथि अपमान गर्ने अधिकार कसले दियो ?’
    १ हफ्ता अघि

  • Logo

    www.harprahar.com
    हरप्रहर – निष्पक्ष खबर

    मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित

    सम्पादक : सुभद्रा लम्साल

    सातदोबाटो, ललितपुर, बागमती प्रदेश

    [email protected]

    ९८५११६८१२२

    सूचना विभाग दर्ता नम्बर: १९९२

    प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७

    सूचना-लेख-रचनाका लागि :

    [email protected]

    हाम्रो टीम  ||  हाम्रो बारे

    फेसबुक

    © २०७८ हरप्रहर मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution