Logo
  • मुख्य समाचार
  • समाचार
  • फिचर स्टोरी
  • समाज
  • पालिका न्युज
  • परदेश
  • आर्थिक
  • शिक्षा
  • स्वास्थ्य / जीवनशैली
  • खेलकुद
  • मनाेरञ्जन
  • कृषि
  • सूचना-प्रविधि
  • अन्तर्वार्ता
  • विचार/ब्लग
  • विश्व
  • साहित्य
  • स्थानीय
  • पत्रपत्रिका
  • हरप्रहर टि.भी.
  • जानकारी
  • विविध
२०८२ माघ ३, शनिबार

    ट्रेन्डीङ्ग

Logo
  • गृह
  • समाचार
  • समाज
  • पालिका न्युज
  • परदेश
  • आर्थिक
  • विश्व
  • खेलकुद
  • हरप्रहर टि.भी.
  • अन्य
    • फिचर स्टोरी
    • विचार/ब्लग
    • साहित्य
    • कृषि
    • शिक्षा
    • मनाेरञ्जन
    • अन्तर्वार्ता
    • स्थानीय
    • विविध
    • सूचना-प्रविधि
    • स्वास्थ्य / जीवनशैली
    • जानकारी
    • पत्रपत्रिका
  • ताजा१२
  • रुचाईएका

ताजा अपडेट

१

कांग्रेसभित्रको विद्रोही आत्मा र पुस्तान्तरणको लागि गगन थापाको सन्देश

४ दिन अघि
२

विशेष महाधिवेशनले नेतृत्व परिवर्तन गर्न सक्दैन, पार्टी फुट्न दिन्न : डा.कोइराला

४ दिन अघि
३

कांग्रेस विशेष महाधिवेशनः ९ बजे सम्म १० प्रतिशत प्रतिनिधिले गराए नाम दर्ता

५ दिन अघि
४

चर्चित गायक प्रशान्त तामाङको निधन

५ दिन अघि
५

कोरियायी राजधानी सउलको यात्रा तथा सिकाइ …

२ हफ्ता अघि
६

काे हुन् एमाले महाधिवेशनमा सचिवका उम्मेद्वार ठाकुर गैरे ?

१ महिना अघि
७

जब ९८ वर्षीय नन्दबहादुरले टोपी झिकेर पुललाई ढोगे…

१ महिना अघि
८

सम्पदा प्रवर्द्धन सम्बन्धी फिचर लेखन तालिम सम्पन्न

१ महिना अघि
९

केपी ओलीले एमालेलाई बदनाम गराए : अरबिन्द्र सिंह

१ महिना अघि
१०

‘केपी ओलीलाई महिलाहरुमाथि अपमान गर्ने अधिकार कसले दियो ?’

१ महिना अघि
११

कांग्रेस १५ औँ महाधिवेशनको सम्पूर्ण प्रक्रिया द्रुत गतिमा अघि बढ्छ : डा.महत

१ महिना अघि
१२

दक्षिण कोरियामा ट्रम्प–सी वार्ता : व्यापार समझदारीतर्फ सकरात्मक संकेत

२ महिना अघि

धेरै पढिएका

१

कोरियायी राजधानी सउलको यात्रा तथा सिकाइ …

२ हफ्ता अघि
२

चर्चित गायक प्रशान्त तामाङको निधन

५ दिन अघि
३

कांग्रेस विशेष महाधिवेशनः ९ बजे सम्म १० प्रतिशत प्रतिनिधिले गराए नाम दर्ता

५ दिन अघि
४

कांग्रेसभित्रको विद्रोही आत्मा र पुस्तान्तरणको लागि गगन थापाको सन्देश

४ दिन अघि
५

विशेष महाधिवेशनले नेतृत्व परिवर्तन गर्न सक्दैन, पार्टी फुट्न दिन्न : डा.कोइराला

४ दिन अघि

फोनिज काठमाडौंको अन्तरसंवाद : पहिचानका सवालमा खोज पत्रकारिता गर्न सुझाव

हरप्रहर डेस्क काठमाडौँ प्रकाशित मिति: २०८२ श्रावण २५, आईतबार (५ महिना अघि)

  • २८३ पटक पढिएको
  • नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) काठमाडौं कार्यसमितिले ‘अधिकार र पहिचानका लागि जनजाति पत्रकारको भूमिका’ विषयक अन्तरसंवाद गरेका छन्  ।

    फोनिजको २६ औं स्थापना दिवसको अवसर पारेर शनिबार काठमाडौं आयोजित सो कार्यक्रममा बोल्ने अतिथी वक्तहरुले जनजाति पत्रकारहरुले खोज पत्रकारितामार्फत आफ्नो इतिहास, पहिचान र अधिकारको विषयहरू बाहिर ल्याउन सुझाव दिएका छन् । कार्यक्रममा काठमाडौंबाट निर्वाचित  स्थानीय सरकारका प्रतिनिधिहरूले मिडियालाई सही र सत्य समाचार प्रकाशन गरेर मुलुकलाई समृद्ध बनाउने अभियानमा सहयोग गर्न आग्रह गरेका छन् ।

    आदिवासी जनजाति पत्रकारको सवालमा बजेट विनियोजन गर्न प्रस्तावसहितको विषयमा सहकार्य गर्न सकिने अतिथिहरूले प्रतिबद्धता जनाए । बुढानिलकण्ठ नगरपालिकाका उपप्रमुख अनिता लामाले उपमेयरलाई अधिकार नै कम दिएको र आदिवासीको सवालमा काम गर्न खोज्दा अवरोध र विभेद हुने गरेको बताइन् । आदिवासी जनजाति पत्रकारहरू समाचारको विषयलाई लिएर नगरपालिकासँग समन्वय र सहकार्य गर्न सुझाव दिइन् । उपप्रमुख लामाले  सबै विषय र सूचना पत्रकारलाई बोलाएर दिन सम्भव नहुने हुनाले कतिपय सूचनाहरू पत्रकार स्वयम्ले खोज्नुपर्ने बताइन् ।

    शङ्खरापुर नगरपालिकाका उपप्रमुख समिता श्रेष्ठले आदिवासी र गैर आदिवासी पत्रकारसँग नगरपालिकाले समन्वय गरिरहेको बताइन्  । कोही पत्रकार आर्थिक सहयोगका लागि नगरपालिका धाउने गरे पनि प्रस्तावसहित सहकार्य गर्न आएमा सहयोग गर्न सहज हुने उनले सुझाव दिइन् । आदिवासी पत्रकारको हकहितका लागि आगामी दिनमा सक्दो सहयोग गर्ने उहाँले प्रतिबद्धता जनाइन्  ।

    गोकर्णेश्वर नगरपालिकाका उपप्रमुख सान्नानी लामाले नगरपालिकाले गरेको गतिविधिलाई जनतामाझ लगेर प्रचार प्रसार गर्ने काम पत्रकारले गरिरहनुभएको र त्यसका लागि नगरपालिकाले सहकार्य जारी राखेको बताइन् । कहिलेकाँही गलत सूचनाहरू समाचार बन्दा नगरपालिकालाई काम गर्न समस्या हुने गरेको उनले सुनाइन् । नगरपालिका र वडाको सामुहिक निर्णयबाट गरिएको कामलाइ लिएर मेयर, उपमेयर र वडाध्यक्षले गरेको काम भन्दै व्यक्तिको प्रचार गर्नुभन्दा कमिकम्जोरी  औल्याउँदै सकारात्मक सुझाब सहित समाचार सम्प्रेषण गर्न  उपप्रमुख लामाले पत्रकारहरुलाइ सुझाव दिइन् ।

    त्यस्तै फोनिजका सङ्घीय अध्यक्ष लक्की चौधरीले पत्रकारितामा केही विकृति रहे पनि समग्र पत्रकारिता क्षेत्र जिम्मेवार रहेको बताए  । केही गलत समाचारका कारण पाठक र श्रोताहरू समस्यामा पर्ने गरेकाले पत्रकारहरू गल्ती सच्याउन जहिले तयार रहनुपर्ने बताए । फोनिजले समग्र पत्रकारिताको प्रवर्धनमा भूमिका खेल्दै आएको र पत्रकारको पेशागत सुरक्षा, व्यावसायिकता र क्षमता अभिवृद्धिको काममा काम गरिरहेको बताए ।

    बौद्ध धर्मगुरु कोशिस  लामाले पत्रकार जन्माउने काम मात्र नगरी पत्रकारको क्षमता अभिवृद्धिमा ध्यान दिनुपर्ने सुझाव दिए । पत्रकार सक्षम र दक्ष भएमा पत्रकारिता क्षेत्र पनि जिम्मेवार बन्ने उनले बताए ।

    कार्यक्रम नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) काठमाडौं जिल्ला कार्यसमितिका अध्यक्ष भीम बहादुर लामाले जनजाति समुदायको हक, अधिकार र पहिचानलाइ संस्थागत गर्दै अघि  बढाउनुपर्ने बताए ।  अझै पनि राज्यले जनजाति समुदायलाई विभेदपूर्ण व्यवहार गरेको उनले जिकिर गरे । संघीय राजधानी काठमाडौँमै जनजाति समुदायहरू हरेक सेवा सुविधाबाट पछाडि परिरहेको उल्लेख गर्दै कागेश्वरी नगरपालिकाको गागलफेदी र बुढानिलकण्ठको डाँडागाउँमा टेलिफोन सेवाको समस्या, गोकर्णेश्वर नगरपालिकाको ओख्रेनी र तारेभिरमा यातायातको समस्या अझै भइरहेकोले राज्य र सम्बन्धित निकायले त्यसतर्फ ध्यान पुर्‍याउनुपर्ने बताए ।  फोनिज काठमाडौँ अध्यक्ष लामाले पत्रकारितालाई पेशालाइ  मर्यादित बनाउदै तथ्य र प्रमाणमा आधारित पत्रकारिता गर्न सुझाव दिए ।

    अन्तरसंवादमा चर्चा भएको विषयहरू :

    १. स्थानीय तह र सञ्चारबीचको सम्बन्धबारे चर्चा

    २. समावेशी सञ्चार कार्यान्वयनको यथार्थ

    ३. जनजाति पत्रकारको आवाज

    ४. कार्यान्वयन नभएका योजनाबारे जिम्मेवारी प्रश्न

    ५. घोषणा/प्रतिबद्धताको लागि दबाबमूलक प्रश्न

    ६. पत्रकारका लागि अवसर सिर्जना सम्बन्धी प्रश्न

    ७. सरकारी कामकाजी भाषामा बागमती प्रदेश सरकारले सिफारिस गरेको नेपाल भाषा र तामाङ भाषा कार्यन्वयन र चुनौतीबारे चर्चा

     ८. नेपाल आदिवासी जनजाति पत्रकार महासंघको नजरमा स्थानीय तहहरूबाट अपेक्षित समर्थन र समावेशी सञ्चार नीति कत्तिको प्रभावकारी देखिएको छ? के थप आवश्यक छ?

    काठमाडौं अध्यक्ष भीम लामाको अध्यक्षतामा भएको कार्यक्रममा फोनिज बागमती प्रदेशका महासचिव राजु नापित लगायतले धारणा राखेका थिए । शाखाकी सहसचिव राधिका लो तामाङले सञ्चालन गरेकी कार्यक्रममा फोनिज बागमती प्रदेशका इन्चार्ज सुरेन्द्रभक्त श्रेष्ठ, फोनिज जिल्ला शाखाका पदाधिकारी तथा सदस्यहरूको सहभागिता थियो ।

    प्रतिक्रिया दिनुहोस
    समाज सम्बन्धि थप
  • सिराहामा १५ वर्षीय किशोरको अपहरणपछि हत्या, क्षतविक्षत अवस्थामा शव फेला
    हरप्रहर

    सिराहामा १५ वर्षीय किशोरको अपहरणपछि हत्या, क्षतविक्षत अवस्थामा शव फेला

  • पत्रकारितामा वैकल्पिक आयाम बोकेको ‘रचनात्मक पत्रकारिता’ पुस्तक प्रकाशित
    हरप्रहर

    पत्रकारितामा वैकल्पिक आयाम बोकेको ‘रचनात्मक पत्रकारिता’ पुस्तक प्रकाशित

  • गुडिरहेको जीपमा विजुलीको तार खस्दा चालकसहित ४ जनाको मृत्यु
    हरप्रहर

    गुडिरहेको जीपमा विजुलीको तार खस्दा चालकसहित ४ जनाको मृत्यु

  • जनकपुरबाट लहान जाँदै गरेको यात्रुबाहक बस दुर्घटना, २० जना बढी घाइते
    हरप्रहर

    जनकपुरबाट लहान जाँदै गरेको यात्रुबाहक बस दुर्घटना, २० जना बढी घाइते

  • ताजा खबर
  • १

    कांग्रेसभित्रको विद्रोही आत्मा र पुस्तान्तरणको लागि गगन थापाको सन्देश
    ४ दिन अघि

  • २

    विशेष महाधिवेशनले नेतृत्व परिवर्तन गर्न सक्दैन, पार्टी फुट्न दिन्न : डा.कोइराला
    ४ दिन अघि

  • ३

    कांग्रेस विशेष महाधिवेशनः ९ बजे सम्म १० प्रतिशत प्रतिनिधिले गराए नाम दर्ता
    ५ दिन अघि

  • ४

    चर्चित गायक प्रशान्त तामाङको निधन
    ५ दिन अघि

  • ५

    कोरियायी राजधानी सउलको यात्रा तथा सिकाइ …
    २ हफ्ता अघि

  • Logo

    www.harprahar.com
    हरप्रहर – निष्पक्ष खबर

    मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित

    सम्पादक : सुभद्रा लम्साल

    सातदोबाटो, ललितपुर, बागमती प्रदेश

    [email protected]

    ९८५११६८१२२

    सूचना विभाग दर्ता नम्बर: १९९२

    प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७

    सूचना-लेख-रचनाका लागि :

    [email protected]

    हाम्रो टीम  ||  हाम्रो बारे

    फेसबुक

    © २०७८ हरप्रहर मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution