Logo
  • मुख्य समाचार
  • समाचार
  • फिचर स्टोरी
  • समाज
  • पालिका न्युज
  • परदेश
  • आर्थिक
  • शिक्षा
  • स्वास्थ्य / जीवनशैली
  • खेलकुद
  • मनाेरञ्जन
  • कृषि
  • सूचना-प्रविधि
  • अन्तर्वार्ता
  • विचार/ब्लग
  • विश्व
  • साहित्य
  • स्थानीय
  • पत्रपत्रिका
  • हरप्रहर टि.भी.
  • जानकारी
  • विविध
२०८२ माघ ३, शनिबार

    ट्रेन्डीङ्ग

Logo
  • गृह
  • समाचार
  • समाज
  • पालिका न्युज
  • परदेश
  • आर्थिक
  • विश्व
  • खेलकुद
  • हरप्रहर टि.भी.
  • अन्य
    • फिचर स्टोरी
    • विचार/ब्लग
    • साहित्य
    • कृषि
    • शिक्षा
    • मनाेरञ्जन
    • अन्तर्वार्ता
    • स्थानीय
    • विविध
    • सूचना-प्रविधि
    • स्वास्थ्य / जीवनशैली
    • जानकारी
    • पत्रपत्रिका
  • ताजा१२
  • रुचाईएका

ताजा अपडेट

१

कांग्रेसभित्रको विद्रोही आत्मा र पुस्तान्तरणको लागि गगन थापाको सन्देश

४ दिन अघि
२

विशेष महाधिवेशनले नेतृत्व परिवर्तन गर्न सक्दैन, पार्टी फुट्न दिन्न : डा.कोइराला

४ दिन अघि
३

कांग्रेस विशेष महाधिवेशनः ९ बजे सम्म १० प्रतिशत प्रतिनिधिले गराए नाम दर्ता

५ दिन अघि
४

चर्चित गायक प्रशान्त तामाङको निधन

५ दिन अघि
५

कोरियायी राजधानी सउलको यात्रा तथा सिकाइ …

२ हफ्ता अघि
६

काे हुन् एमाले महाधिवेशनमा सचिवका उम्मेद्वार ठाकुर गैरे ?

१ महिना अघि
७

जब ९८ वर्षीय नन्दबहादुरले टोपी झिकेर पुललाई ढोगे…

१ महिना अघि
८

सम्पदा प्रवर्द्धन सम्बन्धी फिचर लेखन तालिम सम्पन्न

१ महिना अघि
९

केपी ओलीले एमालेलाई बदनाम गराए : अरबिन्द्र सिंह

१ महिना अघि
१०

‘केपी ओलीलाई महिलाहरुमाथि अपमान गर्ने अधिकार कसले दियो ?’

१ महिना अघि
११

कांग्रेस १५ औँ महाधिवेशनको सम्पूर्ण प्रक्रिया द्रुत गतिमा अघि बढ्छ : डा.महत

१ महिना अघि
१२

दक्षिण कोरियामा ट्रम्प–सी वार्ता : व्यापार समझदारीतर्फ सकरात्मक संकेत

२ महिना अघि

धेरै पढिएका

१

कोरियायी राजधानी सउलको यात्रा तथा सिकाइ …

२ हफ्ता अघि
२

चर्चित गायक प्रशान्त तामाङको निधन

५ दिन अघि
३

कांग्रेस विशेष महाधिवेशनः ९ बजे सम्म १० प्रतिशत प्रतिनिधिले गराए नाम दर्ता

५ दिन अघि
४

कांग्रेसभित्रको विद्रोही आत्मा र पुस्तान्तरणको लागि गगन थापाको सन्देश

४ दिन अघि
५

विशेष महाधिवेशनले नेतृत्व परिवर्तन गर्न सक्दैन, पार्टी फुट्न दिन्न : डा.कोइराला

४ दिन अघि

पत्रकारितामा वैकल्पिक आयाम बोकेको ‘रचनात्मक पत्रकारिता’ पुस्तक प्रकाशित

हरप्रहर डेस्क ललितपुर प्रकाशित मिति: २०८२ भाद्र १०, मंगलबार (४ महिना अघि)

  • ३६२ पटक पढिएको
  • रचनात्मक पत्रकारिताबारे पहिलो नेपाली पुस्तक पाठकका लागि उपलब्ध भएको छ । पत्रकार तथा अध्येता टुमराज कोइरालालिखित पुस्तक सोमबारबाट सार्वजनिक गरिएको प्रकाशक सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेशले जानकारी दिएको छ ।

    सञ्चार रजिष्ट्रार रेवती प्रसाद सापकोटाका अनुसार समाजमा फैलिरहेको निराशा र नकारात्मकता न्यूनीकरण गर्न विश्व पत्रकारितामा भइरहेको नवीन अभ्यासको आधारभूत जानकारी नेपालीमा दिने उद्देश्यले पुस्तक प्रकाशन गरिएको हो । प्रविधिको तीव्र विकाससँगै नकारात्मक समाचारको व्यापक फैलावटका कारण पत्रकारिताप्रति खस्किरहेको विश्वासलाई रचनात्मक पत्रकारिताले पुनस्थापित गर्ने अपेक्षाका साथ विश्वका विभिन्न देशमा यसको अभ्यास बढिरहेको सापकोटाले जानकारी दिए । पुस्तकले उक्त अभ्यास अवलम्बन गर्न र अध्ययन गर्न चाहनेहरूलाई मार्गदर्शन गर्ने अपेक्षा लिएको उनले बताए ।

    त्रिभुवन विश्वविद्यालय, पत्रकारिता तथा आमसञ्चार केन्द्रीय विभागका प्रमुख डा. कुन्दन अर्यालले रचनात्मक पत्रकारिता अभ्यासका लागि पुस्तकले नेपाली पत्रकारहरूलाई झकझक्याउने विश्वास व्यक्त गरेका छन् । भोलिका दिनमा समाचार कक्षलाई हाँक्ने पत्रकारिताका विद्यार्थीहरूले नेपाली पत्रकारितालाई नयाँ गतिका साथ रचनात्मक दिशामा अघि बढाउन पुस्तकलाई उपयोगी ठानिने निष्कर्ष उनले पुस्तकको भूमिकामा उल्लेख गरेका हुन् ।

    पुस्तकमा रचनात्मक पत्रकारिता अभ्यासको नेतृत्व गरिरहेका अन्तराष्ट्रिय संस्थाका नेतृत्वहरूले पनि भूमिका लेखेका छन् । समाधान पत्रकारिता नाम दिएर पत्रकारिताको रचनात्मक अभ्यास प्रवर्धन गरिरहेको ‘सोलुसन जर्नालिज्म नेटवर्क’की सह–संस्थापक तथा पुलित्जर पुरस्कार प्राप्त पत्रकार टिना रोजेनबर्गको पुस्तकबारे भनाइ छ, ‘नेपालका पत्रकार, पत्रकारितासम्बद्ध सङ्घ–संस्था र नीतिनिर्माताहरूको सक्रिय पहलकदमीसँगै समाधान पत्रकारिता अब केवल अवधारणामा मात्रै सीमित छैन, अभ्यासको चरणमा प्रवेश गरिसकेको छ । सोलुसन्स जर्नालिज्म नेटवर्कद्वारा मान्यताप्राप्त प्रशिक्षकद्वारा तयार गरिएको यो पुस्तक पनि त्यसैको उपज हो ।’

    त्यसैगरि डेनमार्कको आह्रुस विश्वविद्यालयस्थित कन्स्ट्रक्टिभ इन्स्टिच्युटका संस्थापक तथा प्रमुख कार्यकारी अधिकृत उल्रिक हागरुपले भूमिकामा लेखेका छन्, ‘यस पुस्तकले नेपालको लोकतन्त्रप्रतिको प्रतिबद्धता र पत्रकारिताको भूमिका पुनर्विचार गर्ने साहसलाई अभिलेखन गरेको छ । पुस्तकले स्पष्ट पार्छ– यदि पत्रकारिता बिग्रियो भने लोकतन्त्र पनि संकटमा पर्छ भन्ने हामी सबैको साझा बुझाइ हो ।’

    इन्स्टिच्युटकी एसिया–प्रशान्त निर्देशक तथा अष्ट्रेलियास्थित मोनाश विश्वविद्यालयमा रचनात्मक पत्रकारिताकी प्राध्यापक केट टोर्नीले पुस्तकको भूमिकामा भनेकी छिन्, ‘अब समय आएको छ– पत्रकारितामा यस्तो परिवर्तन ल्याउने, जसले नागरिकहरूलाई प्रेरणा दिन्छ, जानकारी दिन्छ र उनीहरूलाई सशक्त बनाउँछ । र, त्यो परिवर्तन रचनात्मक पत्रकारिताबाट सुरु हुन्छ ।’

    त्रिभुवन विश्वविद्यालयबाट पत्रकारितामा एमफिल–पिएचडी शोध गरिरहेका लेखक कोइरालाले रचनात्मक पत्रकारिताबारे विश्वमा भइरहेका अभ्यास र चलिरहेका अभियानको आँखीझ्याल स्वरूपमा पुस्तक तयार पारिएको बताएका छन् । उनी भन्छन्, ‘शोधका लागि अध्ययन गर्ने क्रममा रचनात्मक पत्रकारिताको अभ्यास नेपाली सन्दर्भमा पनि अपरिहार्य रहेको बोध भयो । त्यसैले प्राप्त ज्ञानलाई बाँड्दै जाने उद्देश्यका साथ पुस्तकको स्वरूपमा काम गरिएको हो ।’

    कान्तिपुर पब्लिकेसन्स, अन्नपूर्ण मिडिया नेटवर्क, नयाँ प्रकाशन, रेडियो नेपाललगायत विभिन्न मिडियामा डेढ दशकभन्दा बढी विभिन्न भूमिकामा पत्रकारिता अभ्यास गरेका कोइराला पत्रकारिता अध्यापनमा समेत संलग्न छन् । समाधान पत्रकारिताका लागि सोलुसन्स जर्नालिज्म नेटवर्कबाट मान्यताप्राप्त प्रशिक्षक उनले यसअघि लेखनमा ‘कला अनुरागी’ नाम प्रयोग गर्दै आएका थिए ।

    उनका अनुसार ‘रचनात्मक पत्रकारिताः हाते पुस्तक’ बागमती प्रदेश सञ्चार रजिष्ट्रारको कार्यालय, हेटौँडा र जावलाखेलबाट प्राप्त गर्न सकिनेछ ।

    प्रतिक्रिया दिनुहोस
    समाज सम्बन्धि थप
  • सिराहामा १५ वर्षीय किशोरको अपहरणपछि हत्या, क्षतविक्षत अवस्थामा शव फेला
    हरप्रहर

    सिराहामा १५ वर्षीय किशोरको अपहरणपछि हत्या, क्षतविक्षत अवस्थामा शव फेला

  • फोनिज काठमाडौंको अन्तरसंवाद : पहिचानका सवालमा खोज पत्रकारिता गर्न सुझाव
    हरप्रहर

    फोनिज काठमाडौंको अन्तरसंवाद : पहिचानका सवालमा खोज पत्रकारिता गर्न सुझाव

  • गुडिरहेको जीपमा विजुलीको तार खस्दा चालकसहित ४ जनाको मृत्यु
    हरप्रहर

    गुडिरहेको जीपमा विजुलीको तार खस्दा चालकसहित ४ जनाको मृत्यु

  • जनकपुरबाट लहान जाँदै गरेको यात्रुबाहक बस दुर्घटना, २० जना बढी घाइते
    हरप्रहर

    जनकपुरबाट लहान जाँदै गरेको यात्रुबाहक बस दुर्घटना, २० जना बढी घाइते

  • ताजा खबर
  • १

    कांग्रेसभित्रको विद्रोही आत्मा र पुस्तान्तरणको लागि गगन थापाको सन्देश
    ४ दिन अघि

  • २

    विशेष महाधिवेशनले नेतृत्व परिवर्तन गर्न सक्दैन, पार्टी फुट्न दिन्न : डा.कोइराला
    ४ दिन अघि

  • ३

    कांग्रेस विशेष महाधिवेशनः ९ बजे सम्म १० प्रतिशत प्रतिनिधिले गराए नाम दर्ता
    ५ दिन अघि

  • ४

    चर्चित गायक प्रशान्त तामाङको निधन
    ५ दिन अघि

  • ५

    कोरियायी राजधानी सउलको यात्रा तथा सिकाइ …
    २ हफ्ता अघि

  • Logo

    www.harprahar.com
    हरप्रहर – निष्पक्ष खबर

    मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित

    सम्पादक : सुभद्रा लम्साल

    सातदोबाटो, ललितपुर, बागमती प्रदेश

    [email protected]

    ९८५११६८१२२

    सूचना विभाग दर्ता नम्बर: १९९२

    प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७

    सूचना-लेख-रचनाका लागि :

    [email protected]

    हाम्रो टीम  ||  हाम्रो बारे

    फेसबुक

    © २०७८ हरप्रहर मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution