Logo
  • मुख्य समाचार
  • समाचार
  • फिचर स्टोरी
  • समाज
  • पालिका न्युज
  • परदेश
  • आर्थिक
  • शिक्षा
  • स्वास्थ्य / जीवनशैली
  • खेलकुद
  • मनाेरञ्जन
  • कृषि
  • सूचना-प्रविधि
  • अन्तर्वार्ता
  • विचार/ब्लग
  • विश्व
  • साहित्य
  • स्थानीय
  • पत्रपत्रिका
  • हरप्रहर टि.भी.
  • जानकारी
  • विविध
२०८२ माघ ३, शनिबार

    ट्रेन्डीङ्ग

Logo
  • गृह
  • समाचार
  • समाज
  • पालिका न्युज
  • परदेश
  • आर्थिक
  • विश्व
  • खेलकुद
  • हरप्रहर टि.भी.
  • अन्य
    • फिचर स्टोरी
    • विचार/ब्लग
    • साहित्य
    • कृषि
    • शिक्षा
    • मनाेरञ्जन
    • अन्तर्वार्ता
    • स्थानीय
    • विविध
    • सूचना-प्रविधि
    • स्वास्थ्य / जीवनशैली
    • जानकारी
    • पत्रपत्रिका
  • ताजा१२
  • रुचाईएका

ताजा अपडेट

१

कांग्रेसभित्रको विद्रोही आत्मा र पुस्तान्तरणको लागि गगन थापाको सन्देश

४ दिन अघि
२

विशेष महाधिवेशनले नेतृत्व परिवर्तन गर्न सक्दैन, पार्टी फुट्न दिन्न : डा.कोइराला

४ दिन अघि
३

कांग्रेस विशेष महाधिवेशनः ९ बजे सम्म १० प्रतिशत प्रतिनिधिले गराए नाम दर्ता

५ दिन अघि
४

चर्चित गायक प्रशान्त तामाङको निधन

५ दिन अघि
५

कोरियायी राजधानी सउलको यात्रा तथा सिकाइ …

२ हफ्ता अघि
६

काे हुन् एमाले महाधिवेशनमा सचिवका उम्मेद्वार ठाकुर गैरे ?

१ महिना अघि
७

जब ९८ वर्षीय नन्दबहादुरले टोपी झिकेर पुललाई ढोगे…

१ महिना अघि
८

सम्पदा प्रवर्द्धन सम्बन्धी फिचर लेखन तालिम सम्पन्न

१ महिना अघि
९

केपी ओलीले एमालेलाई बदनाम गराए : अरबिन्द्र सिंह

१ महिना अघि
१०

‘केपी ओलीलाई महिलाहरुमाथि अपमान गर्ने अधिकार कसले दियो ?’

१ महिना अघि
११

कांग्रेस १५ औँ महाधिवेशनको सम्पूर्ण प्रक्रिया द्रुत गतिमा अघि बढ्छ : डा.महत

१ महिना अघि
१२

दक्षिण कोरियामा ट्रम्प–सी वार्ता : व्यापार समझदारीतर्फ सकरात्मक संकेत

२ महिना अघि

धेरै पढिएका

१

कोरियायी राजधानी सउलको यात्रा तथा सिकाइ …

२ हफ्ता अघि
२

चर्चित गायक प्रशान्त तामाङको निधन

५ दिन अघि
३

कांग्रेस विशेष महाधिवेशनः ९ बजे सम्म १० प्रतिशत प्रतिनिधिले गराए नाम दर्ता

५ दिन अघि
४

कांग्रेसभित्रको विद्रोही आत्मा र पुस्तान्तरणको लागि गगन थापाको सन्देश

४ दिन अघि
५

विशेष महाधिवेशनले नेतृत्व परिवर्तन गर्न सक्दैन, पार्टी फुट्न दिन्न : डा.कोइराला

४ दिन अघि

भक्तपुरमा खसी–बोका र च्याङ्ग्राको व्यापार : ग्राहक कम भएपनि व्यापारी उत्साहित

हरप्रहर डेस्क काठमाडौँ प्रकाशित मिति: २०८२ आश्विन १०, शुक्रबार (३ महिना अघि)

  • २०४ पटक पढिएको
  • सबिता नयाँजू , भक्तपुर । दशैं नजिकिएसँगै भक्तपुरको सिर्जनानगरस्थित खुल्ला मैदानमा खसी, बोका र च्याङ्ग्राको व्यापार चहलपहल सुरु भएको छ ।

    घटस्थापनाको दिनदेखि नै किसान तथा व्यापारीले विभिन्न स्थानबाट ल्याइएका खसी–बोका र च्याङ्ग्रा बिक्रीका लागि राखेका छन् ।

    मुस्ताङको लोमान्थाङ गाउँपालिकाबाट च्याङ्ग्रा ल्याएका व्यापारी सौगात श्रेष्ठका अनुसार यसपटक करिब पाँच सय च्याङ्ग्रा ल्याइएको छ भने अझै तीन–चार सय ल्याउने तयारी भइरहेको छ ।

    उनले भने, ‘हामीले घटस्थापनाको दुई दिन अघिदेखि नै व्यापार सुरु गरेका हौं । ग्राहक भने फुलपातीतिरै बढ्छन् । अहिले फाट्टफुट्ट मात्र बिक्री भइरहेको छ ।’

    श्रेष्ठले ल्याएको च्याङ्ग्राको खुद्रा मूल्य प्रतिकिलो १ हजार २५० तोकिएको छ । गतवर्ष १ हजार ३५० सम्ममा बिक्री भएको भए पनि यसपटक मूल्य केही घटेको उनले बताए । ‘लगानी अहिलेसम्मै दुई करोड पुगेको छ । अझै थपिँदै जाँदा तीन–चार करोड पुग्छ होला,’ उनले भने

    यसैगरी, धादिङबाट खसी ल्याएर व्यापार सुरु गरेका युवराज कार्की पहिलोपटक व्यवसायमा होमिएका हुन् । उनले हालसम्म २२ वटा खसी बिक्री गरिसकेका छन् । कार्कीका अनुसार गाउँमा किसानसँग प्रतिकिलो ५६० मा किनिएको खसी काठमाडौं आइपुग्दा तौल घट्ने भएकाले घाटा बेहोर्नुपरेको छ ।

    ‘यहाँ ७५० मा बिक्री गर्ने गर्छौं तर पहिलोपटक भएकाले खासै फाइदा भएको छैन,‘ उनले भने । साथै, सिर्जनानगरमा कर तिर्नुपर्ने भएपनि नगरपालिका पक्षबाट आधारभूत सुविधा नपाएको गुनासोसमेत उनले सुनाए । ‘न त खोरको व्यवस्था छ, न त शौचालय । बाहिरबाट पशु ल्याउँदा गाडी भाडा पनि महँगो पर्छ,’ कार्कीको भनाइ छ ।

    उता, जोमसोमबाट करिब ६० वटा च्याङ्ग्रा ल्याएका व्यापारी ध्रुव सिलवालले भने दशैंको मुख्य दिनतिर व्यापार तात्ने विश्वास व्यक्त गरे । ‘फुलपातीदेखि अष्टमीसम्म च्याङ्ग्रा सटेज नै हुन्छ । अहिले त व्यापार हुने अवस्था छैन ।’ उनका अनुसार अहिले प्रतिकिलो १ हजार २५० मा बिक्री भइरहेको च्याङ्ग्राको मूल्य मागअनुसार १ हजार ४ सयसम्म पुग्ने सम्भावना छ ।

    ४० वर्षदेखि च्याङ्ग्रा व्यवसाय गर्दै आएका सिलवालले यसपटक दुई करोड भन्दा बढी लगानी गरेको बताए । ‘खाद्यान्नमा खसी पनि छैन, भेडा–च्याङ्ग्रा पनि छैन । त्यसैले यो पटक व्यापार सटेज हुने देखिन्छ,’ उनले भने ।

    दशैं नजिकिँदै जाँदा भक्तपुरमा पशु बजारमा चहलपहल बढ्दै गएको छ । व्यापारीहरूका लागि यो समय जोखिमपूर्ण भए पनि अवसरले भरिएको मानिन्छ । ग्राहकतर्फ भने प्रारम्भिक दिनमा शिथिलता देखिए पनि फुलपाती नजिकिँदै जाँदा बजार थप रौनकिलो हुने अपेक्षा गरिएको छ ।

    प्रतिक्रिया दिनुहोस
    आर्थिक सम्बन्धि थप
  • कांग्रेसभित्रको विद्रोही आत्मा र पुस्तान्तरणको लागि गगन थापाको सन्देश
    हरप्रहर

    कांग्रेसभित्रको विद्रोही आत्मा र पुस्तान्तरणको लागि गगन थापाको सन्देश

  • विशेष महाधिवेशनले नेतृत्व परिवर्तन गर्न सक्दैन, पार्टी फुट्न दिन्न : डा.कोइराला
    हरप्रहर

    विशेष महाधिवेशनले नेतृत्व परिवर्तन गर्न सक्दैन, पार्टी फुट्न दिन्न : डा.कोइराला

  • कांग्रेस विशेष महाधिवेशनः ९ बजे सम्म १० प्रतिशत प्रतिनिधिले गराए नाम दर्ता
    हरप्रहर

    कांग्रेस विशेष महाधिवेशनः ९ बजे सम्म १० प्रतिशत प्रतिनिधिले गराए नाम दर्ता

  • ‘केपी ओलीलाई महिलाहरुमाथि अपमान गर्ने अधिकार कसले दियो ?’
    हरप्रहर

    ‘केपी ओलीलाई महिलाहरुमाथि अपमान गर्ने अधिकार कसले दियो ?’

  • ताजा खबर
  • १

    कांग्रेसभित्रको विद्रोही आत्मा र पुस्तान्तरणको लागि गगन थापाको सन्देश
    ४ दिन अघि

  • २

    विशेष महाधिवेशनले नेतृत्व परिवर्तन गर्न सक्दैन, पार्टी फुट्न दिन्न : डा.कोइराला
    ४ दिन अघि

  • ३

    कांग्रेस विशेष महाधिवेशनः ९ बजे सम्म १० प्रतिशत प्रतिनिधिले गराए नाम दर्ता
    ५ दिन अघि

  • ४

    चर्चित गायक प्रशान्त तामाङको निधन
    ५ दिन अघि

  • ५

    कोरियायी राजधानी सउलको यात्रा तथा सिकाइ …
    २ हफ्ता अघि

  • Logo

    www.harprahar.com
    हरप्रहर – निष्पक्ष खबर

    मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित

    सम्पादक : सुभद्रा लम्साल

    सातदोबाटो, ललितपुर, बागमती प्रदेश

    [email protected]

    ९८५११६८१२२

    सूचना विभाग दर्ता नम्बर: १९९२

    प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७

    सूचना-लेख-रचनाका लागि :

    [email protected]

    हाम्रो टीम  ||  हाम्रो बारे

    फेसबुक

    © २०७८ हरप्रहर मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution