Logo
  • मुख्य समाचार
  • समाचार
  • फिचर स्टोरी
  • समाज
  • पालिका न्युज
  • परदेश
  • आर्थिक
  • शिक्षा
  • स्वास्थ्य / जीवनशैली
  • खेलकुद
  • मनाेरञ्जन
  • कृषि
  • सूचना-प्रविधि
  • अन्तर्वार्ता
  • विचार/ब्लग
  • विश्व
  • साहित्य
  • स्थानीय
  • पत्रपत्रिका
  • हरप्रहर टि.भी.
  • जानकारी
  • विविध
२०८२ माघ २, शुक्रबार

    ट्रेन्डीङ्ग

Logo
  • गृह
  • समाचार
  • समाज
  • पालिका न्युज
  • परदेश
  • आर्थिक
  • विश्व
  • खेलकुद
  • हरप्रहर टि.भी.
  • अन्य
    • फिचर स्टोरी
    • विचार/ब्लग
    • साहित्य
    • कृषि
    • शिक्षा
    • मनाेरञ्जन
    • अन्तर्वार्ता
    • स्थानीय
    • विविध
    • सूचना-प्रविधि
    • स्वास्थ्य / जीवनशैली
    • जानकारी
    • पत्रपत्रिका
  • ताजा१२
  • रुचाईएका

ताजा अपडेट

१

कांग्रेसभित्रको विद्रोही आत्मा र पुस्तान्तरणको लागि गगन थापाको सन्देश

४ दिन अघि
२

विशेष महाधिवेशनले नेतृत्व परिवर्तन गर्न सक्दैन, पार्टी फुट्न दिन्न : डा.कोइराला

४ दिन अघि
३

कांग्रेस विशेष महाधिवेशनः ९ बजे सम्म १० प्रतिशत प्रतिनिधिले गराए नाम दर्ता

५ दिन अघि
४

चर्चित गायक प्रशान्त तामाङको निधन

५ दिन अघि
५

कोरियायी राजधानी सउलको यात्रा तथा सिकाइ …

२ हफ्ता अघि
६

काे हुन् एमाले महाधिवेशनमा सचिवका उम्मेद्वार ठाकुर गैरे ?

१ महिना अघि
७

जब ९८ वर्षीय नन्दबहादुरले टोपी झिकेर पुललाई ढोगे…

१ महिना अघि
८

सम्पदा प्रवर्द्धन सम्बन्धी फिचर लेखन तालिम सम्पन्न

१ महिना अघि
९

केपी ओलीले एमालेलाई बदनाम गराए : अरबिन्द्र सिंह

१ महिना अघि
१०

‘केपी ओलीलाई महिलाहरुमाथि अपमान गर्ने अधिकार कसले दियो ?’

१ महिना अघि
११

कांग्रेस १५ औँ महाधिवेशनको सम्पूर्ण प्रक्रिया द्रुत गतिमा अघि बढ्छ : डा.महत

१ महिना अघि
१२

दक्षिण कोरियामा ट्रम्प–सी वार्ता : व्यापार समझदारीतर्फ सकरात्मक संकेत

२ महिना अघि

धेरै पढिएका

१

कोरियायी राजधानी सउलको यात्रा तथा सिकाइ …

२ हफ्ता अघि
२

चर्चित गायक प्रशान्त तामाङको निधन

५ दिन अघि
३

कांग्रेस विशेष महाधिवेशनः ९ बजे सम्म १० प्रतिशत प्रतिनिधिले गराए नाम दर्ता

५ दिन अघि
४

कांग्रेसभित्रको विद्रोही आत्मा र पुस्तान्तरणको लागि गगन थापाको सन्देश

४ दिन अघि
५

विशेष महाधिवेशनले नेतृत्व परिवर्तन गर्न सक्दैन, पार्टी फुट्न दिन्न : डा.कोइराला

४ दिन अघि

‘केपी ओलीलाई महिलाहरुमाथि अपमान गर्ने अधिकार कसले दियो ?’

हरप्रहर डेस्क काठमाडौँ प्रकाशित मिति: २०८२ मंसिर २३, मंगलबार (१ महिना अघि)

  • ८४ पटक पढिएको
  • नेकपा एमालेकी उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले संघीय लोकतान्त्रिक गणतन्त्रका पटक–पटक प्रधानमन्त्री भइसकेका ओलीले महिलाहरुप्रति अपमान गर्ने गरेको बताएकी छन् ।

    मंगलबार नेकपा (एमाले) को ११ औँ राष्ट्रिय महाधिवेशनको सन्दर्भमा महिला नेतृहरुको अन्तर संवाद कार्यक्रममा बोल्दै ओलीले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीबारे प्रयोग गरेको शब्द चयन अनुचित भएको उनले बताएकी हुन् ।

    उनले भनिन्,‘संघीय लोकतान्त्रिक गणतन्त्रको पटक पटक प्रधानमन्त्री भएका हाम्रो अध्यक्ष केपी शर्मा ओलीले पूर्वराष्ट्रपति, देशको संरक्षक, संविधानको संरक्षक विद्यादेवी भण्डारीलाई गरेको सम्मान यही हो? धामी–झाँक्री भनेको के हो ? यस्तो अपमान गर्न पाइन्छ ?’ उनले अनुसार यस्तो अभिव्यक्ति पार्टी नेतृत्वबाट आउनु भनेको महिलाप्रति नकारात्मक दृष्टिकोणको अभिव्यक्ति हो । ‘महिलालाई अपमानित गर्ने व्यवहार नेतृत्वलाई सुहाउने कुरा होइन,’ उनले भनिन् ।

    उनले थप भनिन्, ‘एउटा सामान्य महिलालाई त पाइदैन भने पूर्वराष्ट्रपति भएको महिलालाई अपमान गर्न यो नेतृत्वलाई सुहाउँदैन । तर गर्नुहुन्छ कसले भने केपी कमरेडले गर्नुहुन्छ । किनभने उहाँमा सोच नै छैन । महिलाप्रति हेर्न दृष्किोण नै छैन । महिलालाई अपमान गरेको गर्यौ छ ।’

    पछिल्ला चार वर्षदेखि एमालेको केन्द्रिय सदस्यको रूपमा निरन्तर सक्रिय रहँदै आएकी उषाकिरण तिमल्सिनाले पार्टीभित्र अभिव्यक्ति तथा सहभागिताको मौलिक अधिकारमाथि प्रश्न उठाएकी छन् ।

    उनले केन्द्रिय समितिका बैठकहरु मात्र केही नेताहरुको मनपरी बोल्ने स्थान बनेको गम्भीर आरोप पनि लगाएकी हुन् । उनले भनिन्, ‘म विगत चार वर्ष केन्द्रिय सदस्य हुँदा पार्टीभित्र बोल्न पाएको समय जम्मा ६ मिनेट हो । दुई चोटीको बैठकमा एक पटक तीन मिनेट र अर्को पटक तीन मिनेट ।’

    उनले लोकतन्त्र र गणतन्त्रमा पार्टीभित्र बोल्ने ठाँउ नै नहुने भन्दै यसमा परिवर्तन गर्न जरुरी रहेको बताइन् । उनले थप अगाडि भनिन्,‘हामीले ल्याएको लोकतन्त्र, गणतन्त्र त्यो खालको होइन नी । पार्टीभित्र बोल्ने ठाँउ कहाँ छ त ? केन्द्रिय कमिटिको बैठक केही निश्चत नेताहरुको घण्टौ मनपरी बोल्ने ठाँउको रुपमा प्रयोग भएको छ । यसमा परिवर्तन गर्न जरुरी छ ।’

    उनका अनुसार अहिले निर्णय गर्ने र नेतृत्व निर्धारण गर्ने अधिकार सिमित मान्छेमा मात्रै केन्द्रित भएका छन् । कार्यक्रममा स्थायी कमिटी सदस्य डा.विन्दा पाण्डे, शर्मिला कार्की, रचना खड्का लगायतका नेतृहरूले आफ्नो धारणा राखे । उनीहरुले महाधिवेशनमार्फत एमालेको नेतृत्व परिवर्तन गर्न र पार्टीलाई लोकतान्त्रिक पद्धतिमा हिँडाउन आग्रह गरे ।

    प्रतिक्रिया दिनुहोस
    मुख्य समाचार सम्बन्धि थप
  • कांग्रेसभित्रको विद्रोही आत्मा र पुस्तान्तरणको लागि गगन थापाको सन्देश
    हरप्रहर

    कांग्रेसभित्रको विद्रोही आत्मा र पुस्तान्तरणको लागि गगन थापाको सन्देश

  • विशेष महाधिवेशनले नेतृत्व परिवर्तन गर्न सक्दैन, पार्टी फुट्न दिन्न : डा.कोइराला
    हरप्रहर

    विशेष महाधिवेशनले नेतृत्व परिवर्तन गर्न सक्दैन, पार्टी फुट्न दिन्न : डा.कोइराला

  • कांग्रेस विशेष महाधिवेशनः ९ बजे सम्म १० प्रतिशत प्रतिनिधिले गराए नाम दर्ता
    हरप्रहर

    कांग्रेस विशेष महाधिवेशनः ९ बजे सम्म १० प्रतिशत प्रतिनिधिले गराए नाम दर्ता

  • काे हुन् एमाले महाधिवेशनमा सचिवका उम्मेद्वार ठाकुर गैरे ?
    हरप्रहर

    काे हुन् एमाले महाधिवेशनमा सचिवका उम्मेद्वार ठाकुर गैरे ?

  • ताजा खबर
  • १

    कांग्रेसभित्रको विद्रोही आत्मा र पुस्तान्तरणको लागि गगन थापाको सन्देश
    ४ दिन अघि

  • २

    विशेष महाधिवेशनले नेतृत्व परिवर्तन गर्न सक्दैन, पार्टी फुट्न दिन्न : डा.कोइराला
    ४ दिन अघि

  • ३

    कांग्रेस विशेष महाधिवेशनः ९ बजे सम्म १० प्रतिशत प्रतिनिधिले गराए नाम दर्ता
    ५ दिन अघि

  • ४

    चर्चित गायक प्रशान्त तामाङको निधन
    ५ दिन अघि

  • ५

    कोरियायी राजधानी सउलको यात्रा तथा सिकाइ …
    २ हफ्ता अघि

  • Logo

    www.harprahar.com
    हरप्रहर – निष्पक्ष खबर

    मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित

    सम्पादक : सुभद्रा लम्साल

    सातदोबाटो, ललितपुर, बागमती प्रदेश

    [email protected]

    ९८५११६८१२२

    सूचना विभाग दर्ता नम्बर: १९९२

    प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७

    सूचना-लेख-रचनाका लागि :

    [email protected]

    हाम्रो टीम  ||  हाम्रो बारे

    फेसबुक

    © २०७८ हरप्रहर मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution