Logo
  • मुख्य समाचार
  • समाचार
  • फिचर स्टोरी
  • समाज
  • पालिका न्युज
  • परदेश
  • आर्थिक
  • शिक्षा
  • स्वास्थ्य / जीवनशैली
  • खेलकुद
  • मनाेरञ्जन
  • कृषि
  • सूचना-प्रविधि
  • अन्तर्वार्ता
  • विचार/ब्लग
  • विश्व
  • साहित्य
  • स्थानीय
  • पत्रपत्रिका
  • हरप्रहर टि.भी.
  • जानकारी
  • विविध
२०८२ माघ ३, शनिबार

    ट्रेन्डीङ्ग

Logo
  • गृह
  • समाचार
  • समाज
  • पालिका न्युज
  • परदेश
  • आर्थिक
  • विश्व
  • खेलकुद
  • हरप्रहर टि.भी.
  • अन्य
    • फिचर स्टोरी
    • विचार/ब्लग
    • साहित्य
    • कृषि
    • शिक्षा
    • मनाेरञ्जन
    • अन्तर्वार्ता
    • स्थानीय
    • विविध
    • सूचना-प्रविधि
    • स्वास्थ्य / जीवनशैली
    • जानकारी
    • पत्रपत्रिका
  • ताजा१२
  • रुचाईएका

ताजा अपडेट

१

कांग्रेसभित्रको विद्रोही आत्मा र पुस्तान्तरणको लागि गगन थापाको सन्देश

४ दिन अघि
२

विशेष महाधिवेशनले नेतृत्व परिवर्तन गर्न सक्दैन, पार्टी फुट्न दिन्न : डा.कोइराला

४ दिन अघि
३

कांग्रेस विशेष महाधिवेशनः ९ बजे सम्म १० प्रतिशत प्रतिनिधिले गराए नाम दर्ता

५ दिन अघि
४

चर्चित गायक प्रशान्त तामाङको निधन

५ दिन अघि
५

कोरियायी राजधानी सउलको यात्रा तथा सिकाइ …

२ हफ्ता अघि
६

काे हुन् एमाले महाधिवेशनमा सचिवका उम्मेद्वार ठाकुर गैरे ?

१ महिना अघि
७

जब ९८ वर्षीय नन्दबहादुरले टोपी झिकेर पुललाई ढोगे…

१ महिना अघि
८

सम्पदा प्रवर्द्धन सम्बन्धी फिचर लेखन तालिम सम्पन्न

१ महिना अघि
९

केपी ओलीले एमालेलाई बदनाम गराए : अरबिन्द्र सिंह

१ महिना अघि
१०

‘केपी ओलीलाई महिलाहरुमाथि अपमान गर्ने अधिकार कसले दियो ?’

१ महिना अघि
११

कांग्रेस १५ औँ महाधिवेशनको सम्पूर्ण प्रक्रिया द्रुत गतिमा अघि बढ्छ : डा.महत

१ महिना अघि
१२

दक्षिण कोरियामा ट्रम्प–सी वार्ता : व्यापार समझदारीतर्फ सकरात्मक संकेत

२ महिना अघि

धेरै पढिएका

१

कोरियायी राजधानी सउलको यात्रा तथा सिकाइ …

२ हफ्ता अघि
२

चर्चित गायक प्रशान्त तामाङको निधन

५ दिन अघि
३

कांग्रेस विशेष महाधिवेशनः ९ बजे सम्म १० प्रतिशत प्रतिनिधिले गराए नाम दर्ता

५ दिन अघि
४

कांग्रेसभित्रको विद्रोही आत्मा र पुस्तान्तरणको लागि गगन थापाको सन्देश

४ दिन अघि
५

विशेष महाधिवेशनले नेतृत्व परिवर्तन गर्न सक्दैन, पार्टी फुट्न दिन्न : डा.कोइराला

४ दिन अघि

जब ९८ वर्षीय नन्दबहादुरले टोपी झिकेर पुललाई ढोगे…

हरप्रहर डेस्क मुगु प्रकाशित मिति: २०८२ मंसिर २८, आईतबार (१ महिना अघि)

  • ४९ पटक पढिएको
  • मुगु । मुगु जिल्ला सोरु गाउँपालिका वडा नम्बर २ जवलधाराका ९८ बर्षिय नन्द बहादुर शाहीले कर्णाली करिडोर अन्तर्गत हुम्ला–मुगु जोड्ने पीपलमोडामा निर्माण भएको बेलिब्रिज पुलको बिच भागमा ढोगेर पुलको यात्रा गरेको छन् । पुल माथि गाडी गुडेको दृश्यले शाही पुलको बीच भागमा उभिएर श्रद्धाले ढोग गर्दै पुल नबन्दा पाएका दुःख सम्झेर आँखाभरी आँशु रसाएका थिए ।

    ‘नदीमाथि गाडी गुडेको देख्ने इच्छा धेरै थियो, बल्ल पूरा भयो बिगतमा आफ्ना पुस्ताहरुले तुइन तर्दा ज्यान गुमाएको, टाढाको बोटो हिडेका पीडा पछिल्ला सन्ततीहरुलाई सहज भएको छ,’ उनले भने । सोरु–२ का नन्दबहादुर शाही मात्र होइन यही सोही पालिकाका जवलधारा, नाथर्पु, भुईमेला, धताडी, धुपी, सोरुकोटलगायतका बस्तीहरुका नागरिकहरुलाई पुल बन्दा सहज भएको छ ।

    २०३३ सालअघि सम्म यस स्थानमा मानिसहरू बाबियोको लठ्ठाको सहाराले नदी वारपार गर्थे । ०३३ सालमा झोलुंगे पुल बनेपछि केही सहजता त भयो तर जोखिम टरेको थिएन । नन्दबहादुरका अनुसार, उनीसहित अन्य घर परिवारको जग्गा हुम्लाको तुम्च भन्ने स्थानमा थियो । त्यहाँँ पुग्न हुम्ला कर्णाली पार गर्नुपर्दथ्यो । वर्षायाममा नदी उर्लिंदा मान्छेको मन पनि उर्लिंन्थ्यो गने गरेको थियो ।

    आज त्यही नदीमाथि बेलिब्रिज बनेर मान्छेलगायत गाडी आफ्नै घर आँगनसम्म पुग्न थालेपछि पुल उनका लागि भौतिक संरचना मात्र होइन–आफ्नो पुस्ताले भोगेको पीडाको अन्त्य पनि भएको बताउँछन् । ‘म बाँचुञ्जेल यस्तो दृश्य देख्न पाइँदैन कि भन्ने डर थियो,’ उनी भन्छन्, ‘तर आज आफ्नै आँखाले सपना पूरा भएको देखेँ ।’ हुम्ला र मुगु जोड्ने यो बेलिब्रिजले केवल दूरी घटाएको छैन मान्छेको जीवनको आयु समेत बढाएको बताउँछन् ।

    अधिकांशले कर्णाली करिडोर प्रयोग गर्न थालेका छन् । यसको प्रत्यक्ष प्रभाव स्थानीय अर्थतन्त्रमा देखिएको छ । पुल निर्माणपछिको एक वर्षमै स्थानीय व्यापारीहरूले कृषकका घरमै पुगेर ६५ मेट्रिक टन रैथाने अन्नबाली खरिद गरी अन्यत्र ढुवानी गरेका छन् । यसले कृषकलाई रैथाने बालिको खेती र संरक्षणतर्फ थप प्रेरित गरेको स्थानीय बताउँछन् ।

    पहिले बिरामी परे सदरमुकाम गमगढी पुग्नैपर्दथ्यो । जिल्ला अस्पतालमा उपचार सम्भव नभए रारा विमानस्थल हुँदै नेपालगन्ज वा काठमाडौंं जानुपर्ने थियो । जहाज कुर्दाकुर्दै धेरैले ज्यान गुमाएका पीडादायी घटना पनि कम छैनन् । अहिले भने एम्बुलेन्स र जिप मार्फत एक दिनमै सुर्खेत वा नेपालगन्ज पुग्न सकिने भएको छ ।

    ‘हामीले पाएका दुःख सुनाउने हो भने अहिलेको पुस्ताले पत्याउँदैन, सोही वडाका नन्द बहादुर शाहीले । पुललाई ढोग्नुको कारण हाम्रो पुस्ताले भोगेको पीडालाई बिर्साउने विकासप्रति सम्मान गर्नु पनि रहेको बताए । ३ करोड ३७ लाख ९४ हजार ४ सय ३७ रुपैयाँ लागतमा निर्माण गरिएको ४८ मिटर लामो यो बेलिब्रिजले सोरु गाउँपालिकालाई कर्णाली करिडोरसँग जोडेको छ । यससँगै यातायात, स्वास्थ्य, व्यापार कृषिमात्र नभै सोरुगाँउपालिकाको जिबन सुधार सहजताको लागी यो पालिकाको ठूलो उपलब्धी रहेको सोरुगाँउपालिकाका अध्क्षय धर्म बहादुर शाहीले बताए ।

    प्रतिक्रिया दिनुहोस
    फिचर स्टोरी सम्बन्धि थप
  • काठमाडौंका व्यापारिक ‘हब’मा छैन् चहलपहल, स्टक क्लियर गराउन ‘सेल’को भर
    हरप्रहर

    काठमाडौंका व्यापारिक ‘हब’मा छैन् चहलपहल, स्टक क्लियर गराउन ‘सेल’को भर

  • खुवा व्यवसायबाट मासिक एक लाख रुपैंयाँ आम्दानी
    हरप्रहर

    खुवा व्यवसायबाट मासिक एक लाख रुपैंयाँ आम्दानी

  • अजरबैजानको राजधानी बाकुको प्रसिद्ध ‘निजामी सडक’ (फोटो फिचर)
    हरप्रहर

    अजरबैजानको राजधानी बाकुको प्रसिद्ध ‘निजामी सडक’ (फोटो फिचर)

  • गुन्डुबासी मखमली टिप्न र माला उन्न व्यस्त, मूल्यमा बिचौलियाको रजगज
    हरप्रहर

    गुन्डुबासी मखमली टिप्न र माला उन्न व्यस्त, मूल्यमा बिचौलियाको रजगज

  • ताजा खबर
  • १

    कांग्रेसभित्रको विद्रोही आत्मा र पुस्तान्तरणको लागि गगन थापाको सन्देश
    ४ दिन अघि

  • २

    विशेष महाधिवेशनले नेतृत्व परिवर्तन गर्न सक्दैन, पार्टी फुट्न दिन्न : डा.कोइराला
    ४ दिन अघि

  • ३

    कांग्रेस विशेष महाधिवेशनः ९ बजे सम्म १० प्रतिशत प्रतिनिधिले गराए नाम दर्ता
    ५ दिन अघि

  • ४

    चर्चित गायक प्रशान्त तामाङको निधन
    ५ दिन अघि

  • ५

    कोरियायी राजधानी सउलको यात्रा तथा सिकाइ …
    २ हफ्ता अघि

  • Logo

    www.harprahar.com
    हरप्रहर – निष्पक्ष खबर

    मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित

    सम्पादक : सुभद्रा लम्साल

    सातदोबाटो, ललितपुर, बागमती प्रदेश

    [email protected]

    ९८५११६८१२२

    सूचना विभाग दर्ता नम्बर: १९९२

    प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७

    सूचना-लेख-रचनाका लागि :

    [email protected]

    हाम्रो टीम  ||  हाम्रो बारे

    फेसबुक

    © २०७८ हरप्रहर मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution