

नेकपा एमालेको ११ औ राष्ट्रिय महाधिवेशनमा ठाकुर गैरेले सचिव पदमा उम्मेद्वारी दिएका छन् ।
ठाकुर गैरे नेकपा एमालेको दशौं राष्ट्रिय महाधिवेशनबाट केन्द्रीय कमिटी सदस्य निर्वाचित भई हाल पार्टीको पोलिटब्यूरो सदस्य तथा पाल्पा जिल्ला इन्चार्जको जिम्मेवारी समाल्दै आएका छन् ।
गैरे नेकपा एमालेको पहिलो पटक आठौं राष्ट्रिय महाधिवेशनबाट केन्द्रिय कमिटी सदस्यमा निर्वाचित भई पाल्पा र गुल्मी जिल्लाको इन्चार्जको रुपमा समेत काम गरेका थिए । नवौ राष्ट्रिय महाधिवेशनबाट पुन केन्द्रिय कमिटी सदस्यमा निर्वाचित भई कृषि तथा भुमिसुधार विभागको प्रमुखको जिम्मेवारी सम्हालेका थिए ।
राजनैतिक यात्राको सुरुवातः
बिद्यार्थी राजनिति : गैरे बाल्यकालदेखि नै सामाजिक र सांगठनिक काममा अभिरुची राख्ने भएकाले विद्यालय तहमै नेपाल रेडक्रस सोसाईटी, स्काउट, परोपकार संघ, चारपात संघ, गाउँले युवा क्लब जस्ता संस्थामा आबद्ध भई सामाजिक परिवर्तन र सामाजिक सेवाका लागि काम गरेका थिए ।
एस.एल.सी. उत्तिर्ण भएपछि गैरे उच्च शिक्षा हासिल गर्नका लागि पाल्पाको शैक्षिक धरोहरको रुपमा रहेको त्रिभुवन बहुमुखी क्याम्पसमा भर्ना भए । उनको विद्यार्थी राजनीति अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियू) बाट सुरु भएको हो । गैरे अनेरास्ववियको जिल्ला कमिटी सदस्य, लुम्बिनी अञ्चल कमिटी, केन्द्रिय कमिटी, केन्द्रीय कमिटी सचिब, केन्द्रिय कमिटी महासचिव हुँदै २०६३ मा पहिलो निर्वाचित केन्द्रीय कमिटी अध्यक्ष भएका थिए ।
बिद्यार्थी राजनितीमा गैरेको महत्वपूर्ण भूमिकाः
शैक्षिक आन्दोलनः गैरेको नेतृत्वमा बिद्यार्थीहरुका लागि गाडी भाडा सहुलियत गराउने नीति ल्याई सार्वजनिक यातायातमा ३३ प्रतिशत भाडा छुट गराउन सफल भएका थिए । सरकारी र नीजि शिक्षामा समान हैसियत सबैले शैक्षिक अबसर प्राप्त गर्न लागि निशुल्क शिक्षा र स्वास्थ हुनुपर्ने अभियान, सीप युक्त प्राविधिक शिक्षा प्रदान गरी स्वदेश मै दक्ष जनशक्ति गर्ने अभियान चलाउँदै आएका थिए । गायक प्रविण गुरुङको हत्यापछि न्यायको लागि अनेरास्ववियुले ५ लाख २३ हजार हस्ताक्षर संकलन गरी ज्ञापनपत्र राजा बिरेन्द्रलाई बुझाए पछि राजाले पहिलो पटक अनेरास्ववियूलाई चिठी मार्फत सम्बोधन गरेका थिए । नेपालको संस्कृत विश्वविद्यालय बाल्मिकी क्याम्पस काठमाडौंमा महिला तथा दलित जनजातिहरुले पनि पढ्न पाउने ब्यवस्था ल्याउन उनले महत्तवपूर्ण भूमिका खेलेका थिए ।
नेपालको सिमा रक्षाको लागि पहिलो पटक काठमाडौंदेखि कालापानीसम्म कालापानी मार्चको नेतृत्व गरेका थिए । यस्तै सुस्ता नेपालको हो भन्दै सुस्ता बचाउ आन्दोलन, तिलाठी नेपाल, महेशपुर बचाउ अभियानमा महत्वपूर्ण भुमिका खेलेका थिए । यस्तै भष्ट्राचार विरोधी, राष्ट्रियता, लोकतन्त्र, जातिय छुवाछुत विरुद्ध जस्ता आन्दोलनको नेतृव्वदायी भुमिका गर्दै आएका छन् ।
राजनैतिक आन्दोलन : वि.स.२०४६ सालको बहुदलीय व्यवस्थाका लागि भएको प्रजातन्त्रको आन्दोलन स्थापित गर्नका लागि उनले सक्रिय भूमिका निर्वाह गरेका थिए । २०६२/०६३ को जनआन्दोलनमा नेतृव्यदायी भूमिका निर्वाह गरेका गरेका थिए । उनी त्यस आन्दोलनमा पटक पटक जेल परेका थिए । देशमा जब तत्कालिन राजा ज्ञानेन्द्रले निरुङकुश शासनको घोषणा गरेपछि दलहरुमाथि प्रतिबन्ध लाएको अवस्थामा काठमांडौको रत्नपार्कमा कर्फू तोडने कार्यमा नेतृत्व गरेका थिए । यस्तै भारतीय नाकाबन्दी विरुद्धको आन्दोलन, एनसेल करछली प्रकरण विरुद्ध समेत सशक्त आवाज उठान गरेका थिए । गैरेले भष्ट्राचार विरोधी आन्दोलनको नेतृत्व गर्दै आएका छन् ।


www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सुभद्रा लम्साल
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
९८५११६८१२२
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७