Logo
  • मुख्य समाचार
  • समाचार
  • फिचर स्टोरी
  • समाज
  • पालिका न्युज
  • परदेश
  • आर्थिक
  • शिक्षा
  • स्वास्थ्य / जीवनशैली
  • खेलकुद
  • मनाेरञ्जन
  • कृषि
  • सूचना-प्रविधि
  • अन्तर्वार्ता
  • विचार/ब्लग
  • विश्व
  • साहित्य
  • स्थानीय
  • पत्रपत्रिका
  • हरप्रहर टि.भी.
  • जानकारी
  • विविध
२०८२ माघ २, शुक्रबार

    ट्रेन्डीङ्ग

Logo
  • गृह
  • समाचार
  • समाज
  • पालिका न्युज
  • परदेश
  • आर्थिक
  • विश्व
  • खेलकुद
  • हरप्रहर टि.भी.
  • अन्य
    • फिचर स्टोरी
    • विचार/ब्लग
    • साहित्य
    • कृषि
    • शिक्षा
    • मनाेरञ्जन
    • अन्तर्वार्ता
    • स्थानीय
    • विविध
    • सूचना-प्रविधि
    • स्वास्थ्य / जीवनशैली
    • जानकारी
    • पत्रपत्रिका
  • ताजा१२
  • रुचाईएका

ताजा अपडेट

१

कांग्रेसभित्रको विद्रोही आत्मा र पुस्तान्तरणको लागि गगन थापाको सन्देश

४ दिन अघि
२

विशेष महाधिवेशनले नेतृत्व परिवर्तन गर्न सक्दैन, पार्टी फुट्न दिन्न : डा.कोइराला

४ दिन अघि
३

कांग्रेस विशेष महाधिवेशनः ९ बजे सम्म १० प्रतिशत प्रतिनिधिले गराए नाम दर्ता

५ दिन अघि
४

चर्चित गायक प्रशान्त तामाङको निधन

५ दिन अघि
५

कोरियायी राजधानी सउलको यात्रा तथा सिकाइ …

२ हफ्ता अघि
६

काे हुन् एमाले महाधिवेशनमा सचिवका उम्मेद्वार ठाकुर गैरे ?

१ महिना अघि
७

जब ९८ वर्षीय नन्दबहादुरले टोपी झिकेर पुललाई ढोगे…

१ महिना अघि
८

सम्पदा प्रवर्द्धन सम्बन्धी फिचर लेखन तालिम सम्पन्न

१ महिना अघि
९

केपी ओलीले एमालेलाई बदनाम गराए : अरबिन्द्र सिंह

१ महिना अघि
१०

‘केपी ओलीलाई महिलाहरुमाथि अपमान गर्ने अधिकार कसले दियो ?’

१ महिना अघि
११

कांग्रेस १५ औँ महाधिवेशनको सम्पूर्ण प्रक्रिया द्रुत गतिमा अघि बढ्छ : डा.महत

१ महिना अघि
१२

दक्षिण कोरियामा ट्रम्प–सी वार्ता : व्यापार समझदारीतर्फ सकरात्मक संकेत

२ महिना अघि

धेरै पढिएका

१

कोरियायी राजधानी सउलको यात्रा तथा सिकाइ …

२ हफ्ता अघि
२

चर्चित गायक प्रशान्त तामाङको निधन

५ दिन अघि
३

कांग्रेस विशेष महाधिवेशनः ९ बजे सम्म १० प्रतिशत प्रतिनिधिले गराए नाम दर्ता

५ दिन अघि
४

कांग्रेसभित्रको विद्रोही आत्मा र पुस्तान्तरणको लागि गगन थापाको सन्देश

४ दिन अघि
५

विशेष महाधिवेशनले नेतृत्व परिवर्तन गर्न सक्दैन, पार्टी फुट्न दिन्न : डा.कोइराला

४ दिन अघि

कोरियायी राजधानी सउलको यात्रा तथा सिकाइ …

डा. रामबहादुर राउत काठमाडौँ प्रकाशित मिति: २०८२ पौष १३, आईतबार (२ हफ्ता अघि)

  • १२० पटक पढिएको
  • विश्वका महानगरहरुलाइ विभिन्न संस्थाले फरक फरक मापदण्ड बनाएर त्यसका आधारमा बर्गिकृत गरेको पाइन्छ । त्यसका मापदण्डमा खास गरेर अर्थतन्त्र, संस्कृति, यातायात, नवप्रवर्तन, जीवनस्तर लगायतका कुराहरु मुख्य सूचकमा राखेर गरेको अध्ययनमा न्यूयोर्क विश्वको पहिलो नम्बरको विकसित र व्यवस्थित शहर हो भने लण्डन त्यस पछिको दोश्रो नम्बरको शहर हो । त्यसै गरि पेरिस, टोकियो, सिंगापुर, हङकङ गर्दै विश्व वरियतामा दक्षिण कोरियाको राजधानी शहर १२ औ नम्बरमा पर्ने व्यवस्थित शहर हो ।

    महानरगरहरुको अन्तरराष्ट्रिय प्रशिक्षण प्रतिष्ठानको एक अभिन्न अंगकोरुपमा कृयाशिल संस्था सउल मानवश्रोत विकास प्रशिक्षण केन्द्र सउलले विभिन्न विषयमा सन २०१८ देखि जनशक्ती उत्पादन गरिआएको छ । पहिलो पटक २०१८ मा यस प्रकारको जनशक्ती विकास तालिम सञ्चालन गरिएकोमा २०१९ को कोभिडको महामारीले गर्दा यो कार्य रोकिएको थियो । सन २०२५ दोश्रो चरणको तालिम सञ्चालन गरियो । जसमा आकर्षक शहर निर्माण प्रकृयामा उपेक्षित वर्गलाइ कसरी समावेश गर्ने ? आकर्षक शहरको निर्माणमा कुन कुन पक्षलाइ ध्यान दिने ? सउलको सिकाइ के छ ? भन्ने विषयमा तालिमको लागि २०२५को जनवरी मै १ महिनाको समय राखेर आवेदन माग गरेको थियो । आवेदन उपर छानविन पश्चात विश्वभरका ८३ जना सहभागीलाइ पहिलो चरणको अनलाइन मार्फत तालिम प्रदान गरियो । त्यसबाट सफल सहभागी ३२ जनालाइ अन्तरवार्ताको विधीबाट पुन छनौट गरि १४ जना सहभागीहरुलाइ नोभेम्बरको २४ देखि २८ मा सउल महानगरको सउल मानवश्रोत विकास केन्द्रमा प्रत्यक्ष तालिमको आयोजना गरेर त्यहाँ बोलाइएको थियो ।

    यो तालिममा चारवटा विषयमा प्रशिक्षण तथा ९ वटा विषयमा स्थलगत अध्ययन गराइएको थियो । यो आलेखको केन्द्र तालिमका स्थलगत अध्ययनका विषयहरु रहनेछन । आकर्षक शहर निर्माणमा ध्यान दिन पर्ने विषयहरु क्रमागत रुपमा फरक फरक शिर्षकमा पछि पस्किने छ ।

    २७ जुलाइ १९५३ मा उत्तर र दक्षिण कोरियायी युध्द रोकिए पश्चात कोरियायी प्रायदीप मरुभूमितुल्य थियो । सबैतिर त्रासदीपूर्ण वातावरण, बम, गोला बारुदले छियैछिया पारेको भूभाग गरिबीले गाँजेको समाज, परिवारहरु बिखण्डनमा परेको हुनाले भारी मन लिएर अन्नको साटो विभिन्न वनस्पतिका पात बोक्रा खाएर प्राण धानेका कोरीयाली जनता । नेपाल लगायतका देशहरुले अन्न सहायता गरेर बाँचेका कोरियाली जनताहरु अहिले पनि नेपाल लगायतका देशप्रति आभारी देखिन्छन् ।

    रोजगारीका लागि सउदी अरेबिया लगायतका देशलाइ श्रम गन्तव्य बनाएर रोजगारी गरेका कोरियालीहरु ऐले नेपाल लगायतका देशबाट वर्षमा लाखौ मानिसलाइ रोजगारी दिइरहेका छन् । मरुभूमितुल्य जमिन हाल कृषिमा आत्मनिर्भर छ । मैले सानो छदाँ पढेको उत्तर कोरियाको म्यागेजिनमा भएको लेखमा महिनौ लगाएर एउटा लरी निर्माण गरेको र त्यसको उद्घाटन राष्ट्रपती मि इल सुङले गरेको भन्ने कुरा थियो । हाल कोरियाली प्रविधीले विश्वलाइ चकित पारिरहेको छ । सउलको चंगेज नदी हालको बागमती जस्तै गुहुको ढल आज म्युजियम बनेको देखिन्छ भने सउलका गरिवहरुको फुसका झोपडीले आज १-२-३ तल्ला उक्लेर र ५५५ मिटर अग्लिदै Lotte world Tower को नामले गगन चुम्न तयार भएको देखिन्छ ।

    सउलको बिचबाट बग्ने हाननदी कुनैबेला सउलको दुखको रुपमा थियो । बाढी आएर कहिले गरिबका बस्ती बगाउथ्यो त कहिले तमाम गरिबहरुलाइ वारपार गर्न खोज्दा निल्थ्यो तर आज कोरियाको बरदान बनेको छ । यसमाथी बनेका सयौ पुलहरु यसमा बग्ने रात्रीकालिन क्रुजहरुले लाखौं विदेशीलाइ तानिरहेको छ । लाखौ कोरियालीहरुलाइ रोजगारी सृजना गरेर प्रफुल्लित पारिरहेको छ । आज यसले नत कुनै गरिवको बस्ती डुवाइरहेको छ, नत कसैलाइ निलिरहेकोछ । यो आज सउलको भाग्य बनेर चम्किरहेको छ ।

    हिँजोकोे फोहरको थुप्रो नान्जिडो ल्याण्डफिल साइड काठमाण्डौको फोहर फाल्ने ओखरपौवा जस्तै आज विश्व ओलम्पिक स्टेडियम बनेको छ जसमा एकसाथ ६५ हजार दर्शक अटाउछन । त्यसैसंग जोडिएको ओलम्पिक पार्कले फोहरलाइ मोहर बनाएको उदाहरण सउलले प्रस्तुत गरेको छ । फोहरलाइ जमिनमुनी व्यवस्थित गरि त्यसबाट ग्याँस संकलन गरेर घरघरमा पुर्याइएको छ । स्टेडियम मात्रै होइन सुन्दरपार्कहरु हरियाली क्षेत्रको रुपमा यसलाइ विकसित गरिएको छ ।

    सउल महानगरको कार्यालय जमिनमाथी भन्दा धेरै तल्लाहरु जमिन मुनी बनाइएको छ । सिटीहल, सउलको इतिहास, हरेक नगरप्रमुख र तिनले निर्वाह गरेकामुख्य जिम्मेवारी उनिहरुबाट गरिएको परिवर्तन सबैले देखिने गरि सजाइएको छ । भित्तामा नाम लेखाउन होइन केही गरेर काम देखाउन नगर प्रमुख भएका नगरप्रमुख मात्रै होइन राष्ट्रप्रमुखमा समेत निर्वाचित भएको इतिहास सजाइएको छ ।

    आज सउलमा कुनै पनि मेट्रोरेलहरु जमिनमा गुडदैनन । नत त्यसलाइ मानिसले नै गुडाउछन । सउलका करिव ८० प्रतिशत जनताहरु सउलका यिनै मेट्रोरेल चढछन । यी रेलहरु जमिनमुनी गुडछन र कृतिम बौद्धिकताको प्रयोगबाट यसलाइ सञ्चालन गरिएको छ । यी रेलहरुमा मानिस पैसाको प्रयोग गर्दैनन त्यहाँको नगरले क्लाइमेट कार्डको व्यवस्था गरेको छ । त्यसबाट उनिहरु यात्राको भाडा तिर्छन । भाडादरहरु पनि फरक फरक छ । युवाहरुका लागि यस्ता रेलहरुमा केही प्रतिशत छुट छ किनभने युवाहरु कमाउन धेरै यात्रा गर्नपर्ने हुन्छ । उनिहरुले कमाउदा मात्र देश समृद्ध हुन्छ । जमिनमा गुडने आनन्ददायी बसहरुमा पनि चालकहरु कमै छन । बसहरु स्वचालित कारहरु सकेसम्म उडन सक्ने गरि सउल महानगरले डिजाइन गरिरहेको छ । यातायात व्यवस्थापन तथा ट्राफिक कन्ट्रोल सेन्टरबाट सिस्टमले गर्छ मानव होइन मानव निर्मित मसिनको प्रयोगमा कोरीयालीहरुले बढि विश्वास गरेको देखिन्छ ।

    कोरियामा जाडोमा निकै जाडो अहिले माइनस १२ डिग्री सम्म पुगेको जानकारी छ तर गर्मीयाममा निकै गर्मी ३८ देखी ४० डिग्रीसम्म पुग्ने हुनाले यहाँ उर्जाको अत्यान्तै आवश्यक पर्दछ । जाडोमा भुइहरु विस्ताराहरु तताउन तथा गर्मीमा चिस्याउन अत्याधिक उर्जाको प्रयोग नेपालमा नेपालीहरुले औसतमा वार्षिक रुपमा २० देखि २५ गिगाजुल उर्जाको प्रयोग गर्दछन् (दाउरा, बिजुली,ग्याँस) आदि । तर कोरियनहरु बार्षिक २४० देखि २५० गिगाजुल उर्जाको प्रयोग गर्दछन् । जसमा २० देखी ३० प्रतिशत भूतापीय उर्जाको प्रयोग हुन्छ । नेपालमा तातोपानीका श्रोतहरु, विभिन्न स्थानमा सदीयौं देखि ग्याँस बलिरहेको छन । हामी त्यसलाइ दैवीशक्ती भनेर पुजीरहेका छौं । कोरियनहरु प्रविधीको प्रयोग गर्दै भूतापीय उर्जालाइ प्रयोग गरिरहेका छन् ।

    हामी हाम्रो देशको समृद्धिको प्रमुख आधार पर्यटनलाइ मानिरहेका छौं । हाम्रो देशमा बार्षिक रुपमा १० देखि २० लाख पर्यटकहरु भित्राउने लक्षका साथ पर्यटन वर्ष घोषणा गर्दछौं । सउलले २०१७ मा मात्रै १ करोड ७५ लाख ७ सय ५६ पर्यटक भित्राएको तथ्यांक देखिन्छ । कोभिड-१९ को उच्च जोखिमको बेला २०२१ मा पनि ९ लाख ६७ हजार पर्यटक सउलले भित्राएको छ । २०२४ को तथ्यांक हेर्दा १ करोड ६३ लाख ६९ हजार पर्यटक सउलमा भ्रमण गरेका छन् ।

    कला संस्कृतिको संरक्षणको उदाहरणका लागि राखिएका संरक्षण केन्द्रको उदाहरणको रुपमा रहेको हानुक भिलेजले त्यहाँको कला संस्कृतिको संरक्षण गरिरहेको देखिन्छ । कोरियन खाना विश्वमा स्वादिष्ट खाना तथा महंगो खानाको रुपमा मानिन्छ । एकरातमा एकजनाले गरेको डिनर (रात्रीकालिन खाना) को मुल्य ५ देखि ६ लाख वन अर्थात कोरियन मुद्रा पर्दछ भने नेपालीमा ५० देखि ६० हजारको सेरोफेरो हुन आउँछ ।

    सउलको योजनाबद्ध विकासलाइ सिकाइको आधार बनाएर विश्वमा आकर्षक, मानवको स्वास्थ अनुकुल, सफा सुन्दर, सबैको साझा शहर निर्माणका आधारहरु स्थलगत अध्ययनबाट सिकाउने कार्य मानवश्रोत विकास केन्द्रले गर्यो ।

    आकर्षक शहरको रणनीतिक योजना निर्माणका पक्ष, यसको दीर्घकालिन लक्ष, यसका सर्वागिंर्ण विकासका पक्ष, मानव अनुकुल, प्रकृतिमैत्री समाजमा उपेक्षित वर्गको समावेशीकरणको पक्ष, यातायात व्यवस्थापन, ट्राफिक व्यवस्थापन, सरसफाइ, पर्यटन प्रवद्र्धन, तथ्यांकको सुरक्षा तथा व्यवस्थापन, देशको कला संस्कृतिको संरक्षण, सम्बर्धन र विस्तार, शहरको साजसज्जा र सजावट, शहरको मौलिक पक्षको जगेर्ना र विकास ध्यान दिने विषयहरु रहेकाछन् । विकास प्रकृतिलाइ विनाश गरेर होइन जस्ताको तस्तै राखेर गर्न सकिन्छ भन्ने उदाहरण सउल बनेको छ ।

    आकर्षक शहर निर्माण योजना निर्माणका पक्ष तथा यसका आयामहरु आगामी दिनमा पस्किनेछ । जीवन सिकाइ हो । केही सीप हासिल भएका छन् । राष्ट्र निर्माणका चरणमा सीपको प्रयोग गरिनेछ । भ्रमणका क्रममा कोरियाका लागि नेपाली राजदुत महामहिम डा. शिवमाया तुम्बाहाम्फेसंगको भेटघाट, नमस्ते पाल्पाली समाजका सल्लाहकार राजु रसाइली, मनोज थापा, मेरो प्यारो भतिज ओमप्रकाश पाण्डेको न्यानो आतिथ्यताका लागि हार्दिक आभार व्यक्त गर्दछु ।

    धन्यवाद !

    प्रतिक्रिया दिनुहोस
    विचार/ब्लग सम्बन्धि थप
  • समयसँगै बदलिँदो पत्रकारिता : प्रविधि, पोस्ट ट्रुथ र नागरिक पत्रकारिता
    हरप्रहर

    समयसँगै बदलिँदो पत्रकारिता : प्रविधि, पोस्ट ट्रुथ र नागरिक पत्रकारिता

  • नेपालमा गलत सूचना र भ्रामक सूचनाको अवस्था : चुनौती र समाधानहरू
    हरप्रहर

    नेपालमा गलत सूचना र भ्रामक सूचनाको अवस्था : चुनौती र समाधानहरू

  • कालापत्थर आरोहण र पग्लिरहेका हिमाल
    हरप्रहर

    कालापत्थर आरोहण र पग्लिरहेका हिमाल

  • जनमानसको बुझाइमा अल्मलिएको पत्रकारिता
    हरप्रहर

    जनमानसको बुझाइमा अल्मलिएको पत्रकारिता

  • ताजा खबर
  • १

    कांग्रेसभित्रको विद्रोही आत्मा र पुस्तान्तरणको लागि गगन थापाको सन्देश
    ४ दिन अघि

  • २

    विशेष महाधिवेशनले नेतृत्व परिवर्तन गर्न सक्दैन, पार्टी फुट्न दिन्न : डा.कोइराला
    ४ दिन अघि

  • ३

    कांग्रेस विशेष महाधिवेशनः ९ बजे सम्म १० प्रतिशत प्रतिनिधिले गराए नाम दर्ता
    ५ दिन अघि

  • ४

    चर्चित गायक प्रशान्त तामाङको निधन
    ५ दिन अघि

  • ५

    कोरियायी राजधानी सउलको यात्रा तथा सिकाइ …
    २ हफ्ता अघि

  • Logo

    www.harprahar.com
    हरप्रहर – निष्पक्ष खबर

    मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित

    सम्पादक : सुभद्रा लम्साल

    सातदोबाटो, ललितपुर, बागमती प्रदेश

    [email protected]

    ९८५११६८१२२

    सूचना विभाग दर्ता नम्बर: १९९२

    प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७

    सूचना-लेख-रचनाका लागि :

    [email protected]

    हाम्रो टीम  ||  हाम्रो बारे

    फेसबुक

    © २०७८ हरप्रहर मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution