काठमाडौं – सामाजिक सञ्जालमा कोरोना भाइरसको पीसीआर रिपोर्टसम्बन्धी अफवाह फैलाएको अभियोगमा कास्कीमा प्रहरीले २ जनालाई पक्राउ गरेको छ ।
पर्वतको मोदी गाउँपालिका-७ घर भई पोखरा महानगरपालिका-५ बस्ने २९ वर्षीय ईश्वर रिमाललाई बुधबार र चितवन भरतपुर महानगरपालिका-४ घर भई पोखरा नयाँबजार बस्ने २२ वर्षीय निरज लम्साललाई बिहीबार पक्राउ गरेको प्रहरीले जानकारी दिएको छ ।
गण्डकी प्रदेशको जनस्वास्थ्य प्रयोगशालाबाट कोभिड-१९ पीसीआर परीक्षण गरेको रिमालको रिपोर्टलाई उनीहरू दुवैजनाले उल्टोपाल्टो गरी सामाजिक सञ्जालमा पोष्ट गरी अफवाह फैलाएको प्रहरीको भनाइ छ ।
प्रहरीका अनुसार उनीहरुले नेगेटिभ रिपोर्टलाई पोजेटिभ भनी सामाजिक सञ्जालमा पोस्ट गरेका थिए । उनीहरु विरुद्ध झुट्टा अफवाह फैलाउन नहुने सम्बन्धी मुद्दामा म्याद थप गरी अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सौगात मिश्र
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
०१५१५११९३, ९८५११६८१२३
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७
सूचना-लेख-रचनाका लागि :
विज्ञापनका लागि : ०१-५१५११९३, ९८०१०६८१२३