काठमाडौं – काठमाडौं उपत्यकामा थप १ सय ७१ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ।
शनिबार स्वास्थ्य मन्त्रालयले दिएको जानकारीअनुसार पछिल्लो २४ घण्टामा थप १ सय ७१ जना संक्रमित थपिएको हो। तीमध्ये काठमाडौंका १ सय ५० जना, ललितपुरका १६ जना र भक्तपुरका ५ जना छन्।
त्यस्तै, पछिल्लो २४ घण्टामा नेपालमा १ हजार २ सय २ जना संक्रमित थपिएका छन्। योसँगै नेपालमा कोरोनाभाइरस संक्रमितको संख्या ५३ हजार १ सय २० पुगेको छ।
त्यस्तै, पछिल्लो २४ घण्टामा यसको संक्रमणबाट थप १४ जनाको मृत्यु भएको छ।
अहिलेसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या ३ सय ३६ पुगेको छ।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सौगात मिश्र
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
०१५१५११९३, ९८५११६८१२३
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७
सूचना-लेख-रचनाका लागि :
विज्ञापनका लागि : ०१-५१५११९३, ९८०१०६८१२३