काठमाडौं । देशभर सक्रिय संक्रमितको संख्या २० हजार ३९६ पुगेको छ । मंगलबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेरशवर गौतमले सो जानकारी दिएका हुन् ।
उनका अनुसार पछिल्लो २४ घण्टामा देशभर १५१३ संक्रमित थपिएका छन् । यस्तै आज काठमाडौ उपत्यकामा ९३४ जनामा संक्रमण पुष्टि भएको छ ।यस्तै देशभर संस्थागत आइसोलेशनमा ९ हजार ६८९ जना रहेका छन् भने होम आइसोलेशन १० हजार ७०७ जना रहेकाछन् । यस्तै पछिल्लो २४ घण्टामा ७३१ जना डिस्चार्ज हुँदा निको हुनेको कुल संख्या ५५ हजार ३७१ पुगेको गौतमले बताए । यस्तै आज १० हजार ८९१ जनाको पीसीआर परीक्षण भएको पनि गौतमले बताए ।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सुभद्रा लम्साल
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
९८५११६८१२२
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७