Logo
  • मुख्य समाचार
  • समाचार
  • फिचर स्टोरी
  • समाज
  • पालिका न्युज
  • परदेश
  • आर्थिक
  • शिक्षा
  • स्वास्थ्य / जीवनशैली
  • खेलकुद
  • मनाेरञ्जन
  • कृषि
  • सूचना-प्रविधि
  • अन्तर्वार्ता
  • विचार/ब्लग
  • विश्व
  • साहित्य
  • स्थानीय
  • पत्रपत्रिका
  • हरप्रहर टि.भी.
  • जानकारी
  • विविध
२०८२ जेष्ठ २, बिहिबार

    ट्रेन्डीङ्ग

Logo
  • गृह
  • समाचार
  • समाज
  • पालिका न्युज
  • परदेश
  • आर्थिक
  • विश्व
  • खेलकुद
  • हरप्रहर टि.भी.
  • अन्य
    • फिचर स्टोरी
    • विचार/ब्लग
    • साहित्य
    • कृषि
    • शिक्षा
    • मनाेरञ्जन
    • अन्तर्वार्ता
    • स्थानीय
    • विविध
    • सूचना-प्रविधि
    • स्वास्थ्य / जीवनशैली
    • जानकारी
    • पत्रपत्रिका
  • ताजा१२
  • रुचाईएका

ताजा अपडेट

१

कांग्रेस र एमालेले दुई जना गभर्नर नियुक्त गरोस : हरि ढकाल

११ घण्टा अघि
२

सुनचाँदीको मूल्य घट्यो

१२ घण्टा अघि
३

सरकार पूरा अवधि टिक्छ, फोन र भेटघाटले गठबन्धन तलमाथि हुँदैन् : गृहमन्त्री लेखक

२ दिन अघि
४

विद्युतको शुल्क बुझाउने विषयमा विवाद आउनु लज्जास्पद : मन्त्री खड्का

१ हफ्ता अघि
५

आज १३६औँ अन्तरराष्ट्रिय श्रमिक दिवस

२ हफ्ता अघि
६

समयसँगै बदलिँदो पत्रकारिता : प्रविधि, पोस्ट ट्रुथ र नागरिक पत्रकारिता

२ हफ्ता अघि
७

एमाले सिध्याउँछु भन्नेहरुकै अगाडि एमाले देशकै लोकप्रिय बन्यो : ओली

३ हफ्ता अघि
८

सुनको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार

३ हफ्ता अघि
९

गुडिरहेको जीपमा विजुलीको तार खस्दा चालकसहित ४ जनाको मृत्यु

३ हफ्ता अघि
१०

अध्यक्ष लिङदेनसहित तीन सांसद प्रहरी नियन्त्रणमा

३ हफ्ता अघि
११

‘देश खत्तम छ’ भन्ने भाष्य नेताहरुले नै निर्माण गरे : डा.आरजु राणा

४ हफ्ता अघि
१२

घट्यो पेट्रोलियम पदार्थको मुल्य, यस्तो छ मुल्य सूचि

४ हफ्ता अघि

धेरै पढिएका

१

सुनको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार

३ हफ्ता अघि
२

समयसँगै बदलिँदो पत्रकारिता : प्रविधि, पोस्ट ट्रुथ र नागरिक पत्रकारिता

२ हफ्ता अघि
३

गुडिरहेको जीपमा विजुलीको तार खस्दा चालकसहित ४ जनाको मृत्यु

३ हफ्ता अघि
४

घट्यो पेट्रोलियम पदार्थको मुल्य, यस्तो छ मुल्य सूचि

४ हफ्ता अघि
५

अध्यक्ष लिङदेनसहित तीन सांसद प्रहरी नियन्त्रणमा

३ हफ्ता अघि
६

एमाले सिध्याउँछु भन्नेहरुकै अगाडि एमाले देशकै लोकप्रिय बन्यो : ओली

३ हफ्ता अघि
७

‘देश खत्तम छ’ भन्ने भाष्य नेताहरुले नै निर्माण गरे : डा.आरजु राणा

४ हफ्ता अघि
८

करेन्ट, गुट्खा, भोला, खैनी र जीत खैनीको बिक्री वितरणमा रोक्का

४ हफ्ता अघि
९

विद्युतको शुल्क बुझाउने विषयमा विवाद आउनु लज्जास्पद : मन्त्री खड्का

१ हफ्ता अघि
१०

आज १३६औँ अन्तरराष्ट्रिय श्रमिक दिवस

२ हफ्ता अघि
११

सरकार पूरा अवधि टिक्छ, फोन र भेटघाटले गठबन्धन तलमाथि हुँदैन् : गृहमन्त्री लेखक

२ दिन अघि
१२

सुनचाँदीको मूल्य घट्यो

१२ घण्टा अघि

ठग्नकै लागि लोक सेवाको नक्कली परीक्षा सञ्चालन, ६ जना पक्राउ

प्रकाशित मिति: २०७७ आश्विन १५, बिहिबार (४ साल अघि)

  • ४५५ पटक पढिएको
  • वीरगञ्ज – असोज १४ गते वीरगञ्ज–१६ स्थित देव पार्टी प्यालेसमा परीक्षा चल्दै थियो । लोक सेवा आयोगको परीक्षा भनेर प्रवेश पत्र, प्रश्न पत्र, उत्तर पुस्तिका बाँडिएको थियो । लोक सेवा आयोगबाट हुने प्रहरी सहायक निरीक्षक, राष्ट्रिय अनुसन्धान विभागको सहायक सूचक र खरिदारको लिखित परीक्षा भनी परीक्षा चलाइएको रहेछ । मध्यान्ह १२ बजेतिर प्रहरी पुग्दा बारा, पर्सा र सर्लाही समेतका २१ जना परीक्षार्थी परीक्षा दिइरहेका थिए ।

    लोक सेवा आयोगले कुनै परीक्षा गरिरहेको जानकारी जिल्ला प्रहरी कार्यालय पर्सासँग थिएन । जिल्ला प्रहरी कार्यालय तथा प्रहरी कार्यालय विर्ताबाट प्रहरीको टोली पुगेर सोधपुछ ग¥योे । त्यसपछि भयो षडयन्त्रको पर्दाफास ।

    परीक्षार्थीहरुसँग नेपाल प्रहरीको सहायक निरीक्षक, राष्ट्रिय अनुसन्धान विभागको सहायक सूचक र निजामति खरिदारमा समेत जागिर लगाइदिन्छु भनिएको रहेछ । परीक्षा सञ्चालनमा सहयोग गर्ने प्रयोजनका लागि विभिन्न व्यक्तिहरुलाई फोन गरी बोलाएको रहेछ । नक्कली परीक्षाका लागि ९ महिनादेखि तयारी भइरहेको रहेछ ।

    जिल्ला प्रहरी कार्यालय पर्साका निमित्त प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक मनोजीत कुँवरका अनुसार सम्पूर्ण हिसाबले सक्कली परीक्षा जस्तै तयरी गरिएको थियो । ‘परीक्षार्थीहरु मास्क लगाएर बसेका थिए, प्रश्न पत्र र उत्तर पुस्तिका बाँडिएको थियो, उनीहरुलाई कतिपयलाई प्रहरी सहायक त कतिपयलाई के को जागिर दिलाइदिने आश्वासन दिइएको रहेछ ।’ उनले भने ‘ परीक्षामा सहयोग गर्ने व्यक्तिहरु समेत थिए ।’

    प्रहरीले नक्कली लोकसेवा परीक्षा सञ्चालनको योजनाकार बारा जितपुर सिमरा उपमहानगरपालिका– ७ चौधरी टोल बस्ने २९ वर्षीय अजयकुमार रायलाई प्रहरी निरीक्षकको पोशाकमै नियन्त्रणमा लिएको छ ।उनको साथबाट नक्कली प्रहरी सहायक निरीक्षकको प्रवेश पत्र २ थान, राष्ट्रिय अनुसन्धान विभागको सहायक सूचक पदको प्रवेश पत्र २१ थान, प्रश्न पत्र २६ थान र खरिदारको प्रवेश पत्र १ थान बरामद गरेको छ ।

    उनले प्रहरी चौकी परवानीपुर, इलाका प्रहरी कार्यालय नगवा पर्सामा सादा पोशाकमा गई ‘म प्रहरी निरीक्षक हुँ’ भनी परिचय समेत दिँदै हिडेको पाइएको डीएसपी कुँवर बताउँछन् । रायले २०७२ सालमा सरकारी छाप दस्तखत किर्ते मुद्दामा पूर्पक्षका लागि १ सय १० दिन वीरगञ्ज कारागारमा कैद सजाय भुक्तान गरिसकेको प्रहरीले जनाएको छ ।

    परीक्षा हलबाटै प्रहरीले जितपुर सिमरा–५ बस्ने ५७ वर्षीय हिरालाल महतो, २८ वर्षीय बसन्त चौधरी, वीरगञ्ज–१६ बस्ने २१ वर्षीय रविकुमार चौरसिया, पर्साको पकाहामैनपुर गाउँपालिका– ५ सबैठवा बस्ने ४७ वर्षीय शिव नारायण चौरसिया, वीरगञ्ज–रानीघाट बस्ने २५ वर्षीय रामजी चौरसियालाई समेत पक्राउ गरेको छ । उनीहरुको के–कुन भूमिका रहेको छ भन्ने कुरा बारे थप अनुसन्धान कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

    रायले परीक्षार्थीहरुलाई जागिर दिने प्रलोभनमा पारेर ठगेको बुझिएको छ । त्यसका लागि उनले परीक्षार्थीहरुसँग रकम समेत लिएका छन् । १३ जनासँग ३ लाख ६१ हजार रुपैयाँ लिएको प्रहरीको प्रारम्भिक अुनसन्धानबाट खुलेको छ । १२ जनासँग १ हजारदेखि ३५ हजारसम्म रकम लिएको र १ जनासँग परीक्षामा उतिर्ण भएपछि १ लाख ५० हजार रुपैयाँ लिने तय भएको प्रहरीले जनाएको छ ।

     

    प्रतिक्रिया दिनुहोस
    खेलकुद सम्बन्धि थप
  • कांग्रेस र एमालेले दुई जना गभर्नर नियुक्त गरोस : हरि ढकाल
    हरप्रहर

    कांग्रेस र एमालेले दुई जना गभर्नर नियुक्त गरोस : हरि ढकाल

  • सरकार पूरा अवधि टिक्छ, फोन र भेटघाटले गठबन्धन तलमाथि हुँदैन् : गृहमन्त्री लेखक
    हरप्रहर

    सरकार पूरा अवधि टिक्छ, फोन र भेटघाटले गठबन्धन तलमाथि हुँदैन् : गृहमन्त्री लेखक

  • विद्युतको शुल्क बुझाउने विषयमा विवाद आउनु लज्जास्पद : मन्त्री खड्का
    हरप्रहर

    विद्युतको शुल्क बुझाउने विषयमा विवाद आउनु लज्जास्पद : मन्त्री खड्का

  • एमाले सिध्याउँछु भन्नेहरुकै अगाडि एमाले देशकै लोकप्रिय बन्यो : ओली
    हरप्रहर

    एमाले सिध्याउँछु भन्नेहरुकै अगाडि एमाले देशकै लोकप्रिय बन्यो : ओली

  • ताजा खबर
  • १

    कांग्रेस र एमालेले दुई जना गभर्नर नियुक्त गरोस : हरि ढकाल
    ११ घण्टा अघि

  • २

    सुनचाँदीको मूल्य घट्यो
    १२ घण्टा अघि

  • ३

    सरकार पूरा अवधि टिक्छ, फोन र भेटघाटले गठबन्धन तलमाथि हुँदैन् : गृहमन्त्री लेखक
    २ दिन अघि

  • ४

    विद्युतको शुल्क बुझाउने विषयमा विवाद आउनु लज्जास्पद : मन्त्री खड्का
    १ हफ्ता अघि

  • ५

    आज १३६औँ अन्तरराष्ट्रिय श्रमिक दिवस
    २ हफ्ता अघि

  • Logo

    www.harprahar.com
    हरप्रहर – निष्पक्ष खबर

    मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित

    सम्पादक : सुभद्रा लम्साल

    सातदोबाटो, ललितपुर, बागमती प्रदेश

    [email protected]

    ९८५११६८१२२

    सूचना विभाग दर्ता नम्बर: १९९२

    प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७

    सूचना-लेख-रचनाका लागि :

    [email protected]

    हाम्रो टीम  ||  हाम्रो बारे

    फेसबुक

    © २०७८ हरप्रहर मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution