काठमाडौँ – ओखलढुंगाका एकजना वडाअध्यक्ष पक्राउ परेका छन् । नेपाली काँग्रेसका नेता तथा मानेभञ्ज्याङ गाउँपालिका–३ का वडाध्यक्ष मेडल राई पक्राउ परेको प्रहरीले जनाएको छ ।
मध्यरातमा रक्सीले मातेर स्थानीय महिलाको ओछ्यानमा पुगेपछि वडाध्यक्ष राईलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाका प्रमुख डीएसपी रुपेश खड्काले जानकारी दिए ।
वडाध्यक्ष राईले स्थानीय महिलाको घरमा गएर बलात्कारको प्रयास गरेको डीएसपी खड्काको भनाइ छ । बलात्कारको प्रयास गरेपछि राईविरुद्ध पीडित महिलाले प्रहरीमा पुगेर लिखित रूपमै उजुरी दिएपछि पक्राउ गरेका हुन् ।
पक्राउ परेका राईमाथि जिल्ला अदालत ओखलढुंगाबाट ५ दिनको म्याद थप भइ अनुसन्धान भइरहेको खड्काले बताए ।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सुभद्रा लम्साल
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
९८५११६८१२२
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७