काठमाडौं – पछिल्लो समय कोरोना भाइरसका संक्रमितको संख्या बढेसँगै बीमा गर्नेहरुको संख्या पनि बढ्दै गएको छ । कोरोना भाइरसको जोखिम बढेपछि सबै बीमा कम्पनीहरु मिलेर सामूहिक रुपमा जोखिम बहन गर्ने शुरु गरिएको बीमाको आकर्षण बढ्दो रहेको छ ।
बीमा समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलका अनुसार कोरोना बीमा गर्नेहरूको संख्या १४ लाख नाघेको जानकारी दिए । जसमध्ये हालसम्म ८ हजार ७ जनाको दाबी परेको छ । १ हजार १ सय दाबीको भुक्तानी भइसकेको बीमा समितिले जनाएको छ ।
बीमा सतितिका अनुसार प्रिमियम संकलन गरेको ८३ करोड रहेको बीमक संघले जनाएको छ । बीमितलाई प्रतिव्यक्ति १ लाख रुपैयाँको दरले दाबी भुक्तानी १ खर्ब ४० अर्ब रुपैयाँभन्दा बढी दाबी भुक्तानी गर्नुपर्नेछ ।
पोलिसी परिवर्तन हुनुअघि साढे ३ अर्बको दायित्व सृजना भएको थियो, यस्तो रकममध्ये साढे १ अर्ब बीमा कम्पनीहरुले, १ अर्ब रुपैयाँ पुनर्बीमा कम्पनी र १ अर्ब रुपैयाँ बीमा समितिले व्यहोर्नुपर्ने व्यवस्था छ ।
गत भदौ २९ गते संशोधन कोरोना बीमा सम्बन्धी कार्यविधीका कारण केही समस्या आएको दाबी भूक्तानी अहिले निर्वाध रुपमा भइरहेको सतितिले जनाएको छ ।
२० वटा निर्जीवन बीमा कम्पनीहरुले कोरोना बीमाको दाबी भुक्तानी पुल मार्फत गर्ने गरेका छन् । अजोड, राष्ट्रिय बीमा कम्पनी, एभरेष्ट, सानिमा, शिखर, सिद्धार्थ जनरल, हिमालयन, नेको, नेपाल, एनएलजी, ओरियन्टल, प्रभु, प्रिमियर, प्रुडेन्सियल, आइएमई जनरल, लुम्बिनी, नेसनल, सगरमाथा तथा युनाइटेड इन्स्योरेन्सका जुनसुकै शाखाबाट बीमा गर्न सकिने व्यवस्था छ । कोरोना बीमा गर्दा आफ्नो नागरिकता र त्यसको प्रतिलिपि बीमा कम्पनीलाई पेश गराउनुपर्छ । परिवारका सदस्यको गर्दा पनि सबैको नागरिकता प्रतिलिपि नै बुझाउनुपर्छ ।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सौगात मिश्र
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
०१५१५११९३, ९८५११६८१२३
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७
सूचना-लेख-रचनाका लागि :
विज्ञापनका लागि : ०१-५१५११९३, ९८०१०६८१२३