‘बलात्कारी संगठन’का १९ वर्षीय एक व्यक्ति पक्राउ

काठमाडौँ – फेसबुकमा खोलिएको बलात्कारी संगठनको ग्रुपका एक व्यक्ति पक्राउ परेका छन्।

नेपाल प्रहरीको साइबर ब्युरोले पूर्वी नवलपरासीबाट आन्दाजी १९ वर्षीय पुरूषलाई पक्राउ गरेको हो।

ब्युरोका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक एसएसपी नविन्द अर्यालका अनुसार नविन बस्नेत भन्ने युवकलाई शुक्रबार पक्राउ गरिएको हो।

‘बलात्कारी संगठनको समूहको एक जना, जो म महिलाहरूलाई बलात्कार गर्दैछु भन्ने अभिव्यक्ति दिने व्यक्ति पक्राउ परेको छ,’उनले भने,’हाम्रो टोलीले पूर्वी नवलपरासीबाट पक्राउ गरेको हो।’

उनीविरूद्ध विभिन्न उजुरीहरू आएपछि उनलाई पक्राउ गरेको हो।

यसअघि पनि उनले आफ्नो फेसबुकमा ठूला व्यक्तित्वहरूलाई मार्दिन्छु भन्दै लेख्ने गरेको पाएको एसएसपी अर्यालले जानकारी दिए।

उनलाई काठमाडौं ल्याएर अनुसन्धान गर्ने तयारी गरिरहेको छ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार